तनहुँमा मतगणना जारी: चितवन र बारामा मतगणनाको लागि सर्वदलिय बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • April 24, 2023
matgadana

वैशाख ११ – उप निर्वाचन सम्पन्न भएको चितवन २, बारा २ र तनहुँ १ गरि ३ वटा निर्वाचन क्षेत्र मध्ये तनहुँको मतगणना मध्यरात देखि नै जारी छ भने, बारा र चितवनको मतगणनाको विषय टुङ्ग्याउन सर्वदलिय बैठक बस्दैछ ।

रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानका कारण गए राति स्थगित भएको चितवन २ को सर्वदलिय बैठक आज बस्ने तय भएको छ।

त्यसैगरी बारा क्षेत्र नम्बर २ मा पनि आज सर्वदलीय बैठक बस्दैछ। हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५