काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्।
स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा तयार पारिएको बिमा सुधार कार्ययोजना अब मन्त्रिपरिषद्बाट निर्णय हुने र संघीय संसद्को हिउँदे अधिवेशनमार्फत स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीलाई बुझाइएको बिमा सुधारका लागि गर्नुपर्ने ८ वटा विषय मुख्यगरी समेटिएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
उक्त कार्ययोजनामा यसअघी डा. शम्भु आचार्य कार्यदलले दिएको पहिलाको सबै सुझाव कसरी लागू गर्न सकिन्छ भन्ने विषय उल्लेख गरिएको छ भने आगामी ६ वर्षभित्र सबै बिमितले पाँच लाख बराबरको उपचार सेवा पाउने गरी व्यवस्था गर्ने तर अहिले सुरुमा बिमितमध्ये मिर्गौलाका विरामीले मात्र पाँच लाख बराबरको सेवा पाउनेबाट सुरु गर्ने विषय समेटिएको छ।
त्यसैगरी सरकारी सेवामा आबद्ध सबै कर्मचारी अनिवार्य रूपमा स्वास्थ्य बिमामा समेटिनुपर्ने,बढी कर तिर्ने नागरिकले बढी प्रिमियम तिर्नुपर्ने, सुर्तीजन्य, मिठाई र मिठाईजन्य करबाट आउन्र पैसा सिधै बीमामा छुट्याउनुपर्ने, प्रयोगशाला परीक्षणभन्दा उपचार र औषधिमा बढी सेवा पाउने जस्ता विषय स्वास्थ्य बिमा सुधार कार्ययोजनामा समेटिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्