युरोपमा डढेलोले हजारौँ मानिस विस्थापित : तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च

  • नेपाल राष्ट्रिय दैनिक
  • July 19, 2022
wildfire in europe

फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिसलाई आफ्नो घर छाड्न बाध्य पारेको छ ।

स्पेनको उत्तर-पश्चिमी जामोरा क्षेत्रको जंगलमा लागेको डढेलोबाट दुई जनाको मृत्यु भएको छ भने रेल्वे ट्र्याक नजिकैको आगलागीका कारण त्यहाँका रेल सेवाहरु अवरुद्द हुन पुगेको छ। जङ्गली डढेलोले ३०,००० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।
आगलागीको कारण फ्रान्सको दक्षिण-पश्चिमको लोकप्रिय पर्यटकीय क्षेत्र गिरोन्डे विशेष गरी नराम्रोसँग प्रभावित भएको छ। फ्रान्सभरका अग्निनियन्त्रकहरूले गत हप्तामा १९,३०० हेक्टर जमिन नष्ट गरेको दुईवटा आगो नियन्त्रण गर्न संघर्ष गरिरहेका छन्। हावाले दिशा बदलेपछि बोर्डो सहर मंगलबार बिहानै धुवाँले ढाकेको थियो ।

उत्तरी पोर्चुगलको मुर्का क्षेत्रमा आगो फैलिएपछि धेरै गाउँहरू खाली गरिएको छ भने स्पेनमा कम्तिमा २० वटा आगो नियन्त्रण बाहिर गएको छ।

europe temperature

तापक्रम रेकर्ड अहिलेसम्मकै उच्च:
मौसमविद्हरूले बेल्जियमको सुदूर दक्षिणका साथै पश्चिमी र दक्षिणपश्चिम जर्मनीमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान गर्दै गर्मीको लहर उत्तरतर्फ गइरहेको बताएका छन्। उत्तरतर्फ सर्दै गरेको गर्मीको कारण पश्चिमी युरोपले मङ्गलबार थप बढ्दो तापक्रमको सामना गर्नुपरेको छ।

युकेमा अहिलेसम्मकै उच्च ३९.१ डिग्री सेल्सियस तापक्रमको मापन गरिएको र तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ।
सोमबार, नेदरल्यान्ड्सले वर्षको सबैभन्दा तातो दिन ३३ .६ डिग्री सेल्सियस तापक्रम मापन गरेको छ।

पोर्चुगलमा जुन जुलाईको रेकर्ड अनुसार तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ। स्पेन र पोर्चुगलमा हालैका दिनहरूमा गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ ।

फ्रान्सको पश्चिमी सहर नान्टेसको तापक्रम ४२ डिग्री सेल्सियस रहेको फ्रान्सको राष्ट्रिय मौसम कार्यालयले जनाएको छ।

मानव-प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहर लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने अनुमान गरिएको छ। उद्योग स्थापना भएदेखि नै विश्वको तापक्रम १.१ डिग्री सेल्सियसले बढ्दै गएको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५