आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।
अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा २११ रन जोड्न सफल भएको थियो। २१२ रनको लक्ष्य पछ्याएको नेपाल १९८ रनमा नै अलआउट हुन पुगेको थियो ।
नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग प्रतिष्पर्धा गर्नेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्