प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • September 5, 2022
manoj pandey and prabhuram sharma

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेका पाण्डेले आज जङ्गीअड्डामा प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस प्रकारको भेटले दुई देशका सेनाबीचको आपसी सम्बन्धलाई मजबुत बनाउने बताइएको छ । सो अवसरमा पाण्डेले जङ्गी अड्डाको मुख्य भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको हैसियतले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५