नेपाल र चीनबीच ६ बुंदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपालको तर्फबाट सभामुख अग्नि सापकोटा र चीनको तर्फबाट चीनिया राष्ट्रिय जनकांग्रेसका प्रमुख ली हान्सुले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। बिआरआइको विषय समेत उठान गरिएको समझदारीपत्रमा,दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत रहने लगायतका विषयहरु समेटिएको छ।
सम्झौता पत्र :
आफ्नो प्रतिक्रिया दिनुहोस्