जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायणप्रसाद अधिकारी विजयी हुनुभएको छ।
सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा ७/७ मत आएर बराबरी भएपछी अन्तिम नतिजाको लागि गोलाप्रथा गरिएको थियो। गठबन्धनका पूर्णबहादुर रानाभाट र एमालेका नारायणप्रसाद अधिकारीबीच भएको गोलाप्रथाबाट अधिकारी विजयी हुनुभएको हो।
उपप्रमुखमा एमालेको तर्फ़बाट कुनै उम्मेदवारी नपरेपछि गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्