उम्मेद्वारी दर्ता गर्दा आवश्यक योग्यता,कागजात र प्रकृया के-के हुन् ?

  • नेपाल राष्ट्रिय दैनिक
  • October 1, 2022
nirwachan aayog

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचनको कार्यक्रम तालिका अनुसार आश्विन २३ गते सम्बन्धित निर्वाचन कार्यालयमा गएर उम्मेद्वारी मनोनयन दर्ता गर्न सकिने उल्लेख गरिएको छ। आयोगले निर्वाचनमा उम्मेद्वारी दर्ता गराउनको लागि आवश्यक योग्यता, कागजात र प्रक्रिया समेत निर्धारण गरेको छ।

आयोगले सार्वजनिक गरेको योग्यता अनुसार संघीय कानुनले अयोग्य नभएका २५ वर्ष उमेर पुगेका र कुनै पनि लाभको पदमा बहाल नरहेका नेपाली नागरिकले सम्बन्धित निर्वाचन कार्यालयमा गएर आफ्नो उम्मेद्वारी दर्ता गराउन सक्नेछन्।

त्यसैगरी, उम्मेद्वारी दर्ता गर्दा उम्मेदवारको नागरिकता र मतदाता परिचयपत्रको प्रतिलिपि,मतदाता नामावलीमा नाम भएको निस्सा, धरौटी रकम जम्मा गरेको रसिद, सम्पति विवरण,व्यक्तिगत विवरण र निर्वाच निर्देशिका २०७९ अनुसार भरेको अनुसूची फारम भरेर पेश गर्नुपर्ने आयोगले जनाएको छ।

उम्मेदवारी दर्ता गर्दाको बखत सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको दुई जना अलग व्यक्तिले उम्मेदवारलाई प्रस्तावक र समर्थकको रुपमा समर्थन गर्नुपर्ने हुन्छ।

aaaaa election requirement
aaaaa nomination requirement
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५