सभामुख घिमिरे र सत्तापक्षका मुख्य सचेतकबीच छलफल

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2025
sabhamukh devraj ghimire mukhya sachetak meeting

काठमाडौं : सभामुख देवराज घिमिरे र सत्तापक्षका मुख्य सचेतकर र प्रमुख सचेतकबीच छलफल चलेको छ।

सभामुखको कार्यकक्षमा संसदको आगामी हिउँदे अधिवेशनका बारेमा सत्तापक्षका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार त्यसपश्चात दिउँसो २ बजे सभामुख घिमिरेले प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ।

यसैगरी मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको सभामुखका प्रेस सल्लाहकार अधिकारीले बताए। विधेयक विचाराधीन रहेका संसदीय समितिका सभापतिसँग अलग-अलग संवाद पनि गरिरहेछन्। संसद् अधिवेशन माघ १८ गतेका लागि आह्वान भएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५