असार २५ , काठमाडौं – बबरमहलस्थित काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आक्रोशीत भएका छन् ।
कानून व्यवसायीहरुले अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न दिनुपर्ने मागसहित ज्ञापनपत्र समेत बुझाएका छन् ।
अधिवक्ता यज्ञमणि न्यौपानेले, अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेको र पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताएका छन्। उनले, नक्सा पास बिनाको भवन बनाएर गैर कानूनी काम गरेको पनि उल्लेख गरेका छन् ।
अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको र पार्किङस्थललाई क्यान्टीनका लागि भाडा लगाएर असुली गरिरहेको कानुन व्यवसायीहरुले बताएका छन् ।
आक्रोशीत कानून व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्