उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताउनुभएको छ।
उपराष्ट्रपति पुनले वक्तव्य जारी गर्दै, संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको बताउनुभएको छ।
पुनर्विचारका लागि राष्ट्रपतिले संसदमा फिर्ता गर्नुभएको नागरिकता विधेयक, गठबन्धन दलले हुबहु पारित गर्न दोस्रो पटक गरेको सिफारिस पनि राष्ट्रपतिले अस्विकार गरेर प्रमाणीकरण नगरेको घटनाप्रति इङ्गित गर्दै उपराष्ट्रपतिको वक्तव्य जारि भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस्