उत्तर कोरियाली विदेश मन्त्री चो सन-हुईले G-7 मुट्ठीभर अहंकारी देशहरूको बन्द समूह मात्र हो जसले अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्दैन तर अमेरिकी आधिपत्य सुनिश्चित गर्न राजनीतिक उपकरणको रूपमा काम गर्दछ भन्ने अभिव्यक्ति दिएकी छन्।
उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणमा G-7 राष्ट्रहरुले गरेको निन्दाको जवाफ दिँदै, उनले भनिन् ,”अमेरिकी विश्व प्रभुत्वको राजनीतिक उपकरणको रूपमा G-7 राष्ट्रहरुले उत्तर कोरियाको सार्वभौमसत्ताको वैध अभ्यासलाई नराम्रो रूपमा निन्दा गरिरहे पनि प्योङयाङले आफ्नो आणविक हतियार कार्यक्रम छोड्ने छैन।”
G-7 राष्ट्रहरुले उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपणको निन्दा र यसको आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रहरूको “पूर्ण, प्रमाणित र अपरिवर्तनीय परित्याग” को लागि आह्वान गरेको एक विज्ञप्ति जारी गरेको तीन दिन पछि चोले उक्त अभिव्यक्ति दिएकि हुन्।
प्योङयाङले गत हप्ता आफ्नो नयाँ विकसित Hwasong-18 इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) को परीक्षण-प्रक्षेपण गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ-अनले नयाँ मिसाइलले देशको आणविक प्रतिरक्षा प्रणालीलाई ठूलो मात्रामा बढाउने दाबी समेत गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्