बेलायती राजा चार्ल्सलाई क्यान्सर

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2024
King charles III

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको छ, बकिङ्घम प्यालेसले एक विज्ञप्तिमा जनाएको छ । क्यान्सरको प्रकार अझै खुल्न सकेको छैन तर उनको भर्खरको प्रोस्टेटको उपचारको क्रममा क्यान्सर पत्ता लागेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस अवधिभरि, उनले राज्यको कामकाज र आधिकारिक कागजीकार्यहरू सामान्य रूपमा जारी राख्नुहुनेछ।”

सबै चिकित्सा मुद्दाहरूलाई निजी मामिलाको रूपमा मान्ने शाही परिवारले सामान्यतया रोगहरूको बारेमा विवरण साझा गर्दैन। तर चार्ल्सले ‘ विश्वभरि क्यान्सरबाट प्रभावित सबैलाई क्यान्सरबारेको सार्वजनिक बुझाइमा सहयोग गर्न’ आफ्नो विवरणहरू सार्वजनिक गर्न चाहेको बताइएको छ।

बकिङ्घम प्यालेसबाट यो घोषणा विश्व क्यान्सर दिवसको एक दिन पछि आएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५