नेपालीले विश्वकप फुटबल हेर्न नपाउने सम्भावना

  • नेपाल राष्ट्रिय दैनिक
  • November 10, 2022
fifa worldcup 2022

कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपालमा पनि देखाउने सम्बन्धि विवाद झनै बढ्दै गएपछि, नेपालीले यसपटकको विश्वकप फुटबल हेर्न नपाउने सम्भावना बढ्दै गएको छ।

फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि नेपाली दर्शक विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाउने कि नपाउने भन्ने अन्यौलमा छन्।

नेपालमा अहिले भइरहेका कुनै पनि च्यानलमा विश्वकपको प्रत्यक्ष प्रसारण आउँदैन। त्यसको लागि मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएर विश्वकपकै लागि नयाँ च्यानल लन्च गर्ने र त्यसको लागि ग्राहकले थप शुल्क तिर्नुपर्ने कुरा उठेपछि यो विवाद सर्वोच्चमा पुगेर रोकिएको हो।

विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । यधपी,अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाइएको छ ।

नेपालभित्र कुनै पनि विदेशी च्यानलले कुनै पनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएको अवस्थामा, मिडिया हबले विश्वकप देखाउन नसकेमा नेपालभित्र अन्य कुनै पनि माध्यमबाट विश्वकप हेर्न पाउने अवस्था रहँदैन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५