काठमाडौं : नेपाली साहित्यका प्रथम कवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
आफ्नो प्रसिद्ध ‘रामायण’ मा अयोध्याका राजा रामको जीवनीलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर नेपाली घरघरमा सुमधुर लयमा सुनाइएका भानुभक्तलाई आज पनि निकै श्रद्दाभावका साथ् सम्झिने गरिन्छ । पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपालललाई भाषा, साहित्य र संस्कृतिका माध्यमबाट भानुभक्तले एकीकरण गरेका हुन् भनेर भन्ने गरिन्छ ।
१८७१ असार २१ गते तनहुँको चुंदि रम्घा गाउँमा जन्मेका भानुभक्तले एक जना घांसि बाट प्रेरित भएर नेपालीमा रामायण उल्था गरेका थिए । रामायण’ बाहेक उनका अन्य प्रसिद्ध कृतिहरूमा ‘बधुशिक्षा ‘, ‘प्रश्नोत्तर’, ‘भक्तमाला ‘, ‘राम गीता’ लगायत अन्य विभिन्न कृतिहरु रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्