लेखांकन नभएका विदेशी लगानीलाई वैधानिक बनाउँदै सरकार

  • नेपाल राष्ट्रिय दैनिक
  • June 6, 2022
mantralaya ministry


नेपालमा आएर उद्योग व्यवसायमा लगानी भइसकेको तर लेखांकन नभएको विदेशी लगानीलाई सरकारले वैधानिक बनाउने निर्णय गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्यक्षतामा बसेको औद्योगिक प्रवर्द्धन बोर्डले लेखांकन नभएको लगानी रहेका उद्योगहरुलाई वैधानिक बनाउने र त्यस्ता लगानीमा सञ्चालित उद्योग व्यवसायबाट उठेको लाभांश नेपालबाट बाहिर लैजान दिने निर्णय समेत गरिएको छ।

केहि समय अघि मात्र सरकारले राष्ट्रिय महत्वका जलविधुत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग, सडक तथा रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग र पर्यटन सेवासँग सम्बन्धित उद्योगका क्षेत्रमा स्रोत नखुलेको पैसा लगानी गर्न पाउने र सरकारले लगानीको स्रोत नखोज्ने प्रावधान समेत जारि गरेको थियो।
बैठकले म्याद थप नभएका केही क्रसर उद्योगहरुलाई समेत अनुमति दिने निर्णय गरेको तर माइन्युट नभएकोले यो निर्णय आधिकारिक हुन बाँकी रहेको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५