सुन प्रकरणमा मुछिएका व्यवसायी मल्होत्राको स्पष्टीकरण:दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार छु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2023
dipak malhotra

श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले स्पष्टीकरण दिँदै विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको बताएका छन्।

पत्रकार सम्मेलन गर्दै उनले सुन आयातमा आफ्नो र आफ्नो परिवार आफु साझेदार कम्पनी पनि संलग्न नरहेको बताएका छन्।

उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको हुनसक्ने समेत बताएका छन्। उनले सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान समेत नरहेको दावी गरेका छन्।

मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन्। त्रिभुवन विमानस्थलबाट विमानस्थलमा पक्राउ परेको सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनको दावी छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५