जाइका नेपालका प्रमुख सवार गाडीमा आक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • September 14, 2023
jica

नेपालस्थित जापानी दूतावासले बुधबार जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबोलाई ढुङ्गाले हानेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

दूतावासले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अकिमित्सु ओकुबो घाइते भएको र उनको गाडीमा प्रदर्शनकारीहरूको समूहले ढुंगा प्रहार गर्दा क्षति पुगेको जनाएको छ। गत साता नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनाको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीहरुको समूहले गरेको प्रदर्शनको क्रममा उक्त घटना भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको पुष्टि गर्दै त्रिचन्द्र क्याम्पसको परिसरभित्रबाट ढुंगा प्रहार भएको थाहा हुन आएको र घटनाको अनुसन्धान हुने बताएको छ।

दूतावासले जारि गरेको विज्ञप्तिमा , “शान्तिपूर्ण प्रदर्शनमा संलग्न हुन पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो, लोकतन्त्रको मौलिक सिद्धान्त हो। तर, त्यस्ता प्रदर्शनहरू हिंसात्मक बन्दै गएमा त्यो फौजदारी अपराधबाहेक अरू केही नहुने बताएको छ।

दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई सतर्क रहन र यस्ता घटनाबाट बच्न सचेत गराउंदै, नेपाल विदेशीका लागि शान्त र आकर्षक गन्तव्य बन्ने आशा पनि व्यक्त गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५