युक्रेन संकटको विषयमा जी ७ राष्ट्रका प्रमुख र युक्रेनी राष्ट्रपतिबीच छलफल हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 6, 2022
g7

G7 summit or meeting concept. Row from flags of members of G7 group of seven and list of countries, 3d illustration

विश्वका सात प्रमुख राष्ट्र (जी सेवेन देश)का नेताहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आगामी आइतबार युक्रेनको वर्तमान अवस्था र आवश्यकताबारे छलफल गर्ने भएका छन्।

हाल जी सेवेन देशको अध्यक्षता गरिरहेको जर्मनीले बैठकको संयोजन गर्ने बताइएको छ। यो एक वर्ष भित्र आयोजित तेस्रो भर्चुअल बैठक हुनेछ।बैठकको मुख्य विषय नै युक्रेन संकटको बारेमा हुनेछ र युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको वर्तमान अवस्था र आवश्यकताबारे जी सेवेन देशका नेताहरुलाई जानकारी दिनेछन्।

जी सेवेन देशका नेताहरूले युक्रेनलाई सहयोग गर्ने र रुसलाई आफ्नो आक्रमण अन्त्य गर्न दबाब दिंदै आएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५