पेट्रोलियम पदार्थमा कर घटाएर जनतालाई राहत दिने सरकराको निर्णय कार्यान्वयन भएन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 19, 2022
Petrol1613487100

देउवा सरकारले आफ्नो एक वर्षे उपलब्धि अन्तर्गत, बजारमा पेट्रोलियम पदार्थको मुल्य बढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मुल्य घटाउँदै मुल्यबृद्धि नियन्त्रणको प्रयास गरिएको भनेर उल्लेख गरेको कुरा हप्ता दिन नबित्दै झुट साबित भएको छ।

सरकारले असार ११ मा पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ कर समायोजन गर्ने निर्णय गरेको थियो। तर सरकारले गरेको निर्णय सरकारको उपलब्धि भनेर सार्वजनिक भैसक्दा पनि कार्यान्वयन भने हुन सकेको छैन। गत शनिबार भारतले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १५.७६ र डिजेलमा १६.५६ रुपैयाँ मूल्य घटेर आए पनि सरकारको निर्णय कार्यान्वयन हुन नसक्दा नेपाल आयल निगमले बढेको मूल्यमा नै उपभोक्तालाई पेट्रोलियम पदार्थको बिक्रि गरिरहेको छ।
यता आयल निगमले भने अर्थ मन्त्रालयले सरकारको निर्णय अनुसार कर घटाउन कुनै चासो नदिएको कारण, इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौताको रकम चुक्ता नभएसम्म आफुहरुले मूल्य घटाउन नसक्ने बताएको छ।निगमका अनुसार आईओसीबाट ११७ . ४२ रुपैयाँ मा किनिएको पेट्रोलमा ६३.३६ रुपैयाँ र १३७.३६ रुपैयाँमा खरिद भएको डिजेलमा ४७.३ रुपैयाँ सरकारी कर/राजस्व जोडिने गरेको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५