माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

  • नेपाल राष्ट्रिय दैनिक
  • ४ भाद्र २०७९, शनिबार १५:००
dev gurung

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले देव गुरुङलाई महासचिवमा नियुक्त गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गुरुङसहित २१ पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरिएको छ। यस्तै उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव गरिएको छ।

यस्तै, सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, दिलाराम शर्मा र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरिएको छ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५