उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 17, 2023
vice president ram sahaya prasad yadav

जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी, रहेको कुल मतभार ५२ हजार ६२८ मा यादवले संघीय संसदतर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार गरि ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको हो।

उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गर्नुभएको छ भने,जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गर्नुभएको राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित यादव जसपाका संसदीय दलका नेता र बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५