अमेरिकामा टिकटक एपमा प्रतिबन्ध लगाउँदै अमेरिकी सरकारले टिकटक सञ्चालनमा रोक लगाएको छ।
“अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ। दुर्भाग्यवश, यसको अर्थ तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न,” सूचनामा उल्लेख छ। एप स्टोरमा खोज परिणामहरूमा पनि यो सेवा प्रदर्शित गरिएको छैन।
टिकटक छोटो भिडियो सिर्जना र हेर्ने सेवाले आफ्ना अमेरिकी प्रयोगकर्ताहरूलाई सूचना पठाएको छ कि अमेरिकी अधिकारीहरूको प्रतिबन्धका कारण प्लेटफर्मले त्यो देशमा आफ्नो सञ्चालन निलम्बन गरेको छ।
अमेरिकामा उक्त एप डाउनलोड गर्न खोज्दा चेतावनी मेसेज समेत देखा पर्दछ। टिकटकले आफ्ना प्रयोगकर्ताहरुलाई पठाएको अन्तिम मेसेजमा लेखिएको छ, “हामीलाई खेद छ कि टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानून जनवरी १९ मा लागू हुनेछ र हामीलाई हाम्रा सेवाहरू अस्थायी रूपमा बन्द गराउन बाध्य पार्नेछ” । “हामी अमेरिकामा हाम्रा सेवाहरू सकेसम्म चाँडो पुनर्स्थापित गर्न काम गरिरहेका छौं र हामी तपाईंको समर्थनको कदर गर्छौं” ।
आफ्नो प्रतिक्रिया दिनुहोस्