आजदेखि स्वस्थानी व्रत कथा सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीले हरेक दिन घरघरमा श्री स्वस्थानी व्रतकथा भन्ने र सुन्ने गर्दछन ।
यसै अवसरमा काठमाडौंको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको भीड लागेको छ। माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ।
आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान,स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर देवीदेवताको पूजा आराधना गरी व्रत सुरू गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्