राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्नुपर्ने माओवादीको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • २९ असार २०७९, बुधबार ११:४५
NEPAL RASTRA BANK1634531623 1

माओवादी केन्द्रका सांसदहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्नुपर्ने माग राखेका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको विषय सार्वजनिक भएपछी माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग राखेका छन्। यधपी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका खोटांगका एम अधिकारी गभर्नर नै हुन् या अन्य कोहि हुन् भन्ने विषय भने स्पष्ट भैसकेको छैन।

माओवादी केन्द्रका सांसदहरुले गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आबद्ध हुन नपाउने राष्ट्र बैंकको ऐन र कर्मचारी नियमावली विपरीत एमालेको अर्थ तथा योजना विभागका सदस्य हुँदा उहाँले सरकारको नीति कार्यान्वयन गर्नुहुन्छ कि प्रतिपक्षको निति पालना गर्नुहुन्छ ? भन्ने प्रश्न समेत गरेका छन्। अर्थतन्त्रको बिग्रदो अवस्थामा राष्ट्र बैंकको प्रमुखले दलीय अनुशासनमा रहेर नियोजित ढंगले प्रमुख प्रतिपक्षलाई सहयोग गरेको बताउंदै गभर्नर अधिकारीमाथि छानविन गरेर कारवाही गर्नुपर्ने बताएका छन् .

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५