साउदी युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्री नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • September 28, 2022
prince mohammad bin salman saudi pm

साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।

राजा सलमान बिन अब्दुलअजीजका ३७ वर्षीय छोरा,मोहम्मद बिन सलमान अब सरकारको प्रमुखको रूपमा पदमा रहनेछन्। उपप्रधानमन्त्री र रक्षामन्त्रीबाट बढुवाको घोषणा गर्ने शाही आदेशले उनलाई राज्यको मुख्य कार्यकारी निकायको जिम्मेवारी सुम्पिएको हो। शाही आदेशमा उनका अर्का छोरा युवराज खालिद बिन सलमानलाई नयाँ रक्षामन्त्रीमा नियुक्त गरिएको छ।

युवराज मोहम्मद बिन सलमानलाई सन् २०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा भएको साउदी पत्रकार खशोग्गीको हत्यामा संलग्न रहेको आरोप समेत लागेको थियो । यधपी उनले उक्त हत्यामा आफ्नो संलग्नता रहेको अस्वीकार गर्दै आएका छन् ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५