प्रधानमन्त्री अस्वस्थ: राजधानी बाहिरका सबै उद्घाटन कार्यक्रम भर्चुअल माध्यमबाटै गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ माघ २०८१, शुक्रबार १२:२१
116186685 kp oli

काठमाडौं – दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।

बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् ।

त्यस्तै दिउँसो सवा १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम तय भएको छ । सो शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाटै शिलान्यास गरिने भएको छ ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५