काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको प्रगति र समृद्धिका लागि भारतको दीर्घकालीन समर्थनलाई दोहोर्याउँदै विकास र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको स्पष्ट पारे।
यसैबीच, प्रधानमन्त्री कार्कीले आगामी बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडियो वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।
EN