काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल अन्तर्गत एनकेएलको पहिलो च्याम्पियन बन्ने दौडमा आज जनकपुर नाइट्स र काठमाडौं म्याभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले पहिलो पटक फ़्र्नचाइज अवधारणामा नेपालमा सुरुवात गरेको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये जनकपुर नाइट्स र काठमाडौं म्याभरिक्स फाइनलमा पुग्न सफल भएका हुन्।
जनकपुर नाइट्स प्रतियोगिताकै एक मात्र अपराजित टिम हो भने लिग चरणमा जनकपुरले ४ खेल जित्दा १ खेल काठमाडौं म्याभरिक्ससँग बराबरीमा टुंग्याएको थियो । लिग चरणमा शीर्षस्थानमा रहेको जनकपुरले क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो। काठमाडौं म्याभरिक्सले लिगमा तीन जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्