१५ वर्षदेखि जेल जीवन बिताइरहेका नेपालीलाई साउदीमा मृत्युदण्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • November 2, 2022
death sentence mrityudanda

१५ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिइएको छ ।

फेब्रुअरी २, २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका दाहाललाई अदालतले विष्टको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । दाहालले सँगै काम गर्ने विष्ट र सुडानी नागरिकलाई सुतिरहेका बेला हत्याको प्रयास गरेका थिए। विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिक घाइते भएका थिए।

दाहालको परिवारले पीडित राजेन्द्र विष्टको परिवारलाई ब्लडमनीबापत रकम दिएपछि सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको भएपनि उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएका कारण उनलाई अदालतले माफी नदिएको बताइएको छ ।

आम माफीको विषयमा नेपालको तर्फबाट उच्च तहमा पटकपटक पहल गरेपनि सुनुवाइ नभएको नेपाली दुतावासले जनाएको छ। रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको जुवेल जेल प्रशासनले नेपाली दूतावासलाई जानकारी नदिई दाहाललाई मृत्युदण्ड दिएको हो। जेल प्रशासनले एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरेको र ४८ घण्टापछि मात्रै सूचना दिएको दुतावासले जनाएको छ।

मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा नै जमिनमा गाडिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५