मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2023
pradhanmantri karyalay mantrparishad

काठमाडौं – पुर्व सभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि मन्त्रिपरिषदको आकस्मिक बैठक आहवान गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको हो । बैठकले स्वर्गीय सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिनेबारे निर्णय गर्ने तयारी गरेको बताइएको छ ।

नेम्वाङको हृदयघातबाट आज बिहान निधन भएको थियो। उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । त्यहाँबाट उनको शवलाई श्रद्धाञ्जलिको लागि एमाले पार्टी कार्यालयमा लगिनेछ।

अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५