वैशाख ४ , काठमाडौं – नेपाल वायुसेवा निगमले आन्तरिक उडानको लागि तीन वटा जहाज किन्ने भएको छ ।
वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा जहाज खरीद गर्न गठित उपसमितिले जाहाज खरिदको विषयमा तयार पारेको प्रतिवेदन समेत निगमको सञ्चालक समितिमा पेश गरिसकेको बताइएको छ ।
निगमले आफ्नो आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत जनाएको छ। खरिद गरिएको जहाजले नेपालको दुर्गम भेगमा उडान भर्ने पनि बताइएको छ।
नेपाल वायुसेवा निगमसँग यसअघि भएका जहाज भने व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र बढ्दै गएको भनेर करिब तीन वर्षदेखि थन्काएर राखिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्