उडान सुरक्षालाई मध्यनजर गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थल र जहाज उड्ने रुट ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने निर्णय गरेको छ ।
तारा एयरको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । तारा एयरको जहाज दुर्घटनामा पनि प्रतिकुल मौसम मूख्यका कारण रहेको प्रारम्भिक अनुमानले देखाएको छ।
यसघि प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको भएपनि अब भने जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने प्राधिकरणले जानेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्