मतदान रोकेर सत्ता जोगाउने कसरतमा कोशी सरकार

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ असार २०८०, बिहीबार २१:०५
koshi pradesh sabha

असार १४ , विराटनगर – पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिन नसक्ने बताएपछि मतदान प्रकृया नै रोकेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रदेश सभा बैठक बाट बाहिरिएका छन्।

विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की अन्तत प्रदेश सभाको बैठकबाटै एकाएक गायब भए। कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव गरे । प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन दिन नसक्ने बताएपछि मुख्यमन्त्री कार्कीले जवाफ दिने र विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुपर्ने थियो । तर कार्यव्यवस्था परामर्श समितिकै बैठकमा मुख्यमन्त्री कार्कीले जवाफ तयार पार्न आफूलाई समय चाहिने बताएका कारण सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि बैठक स्थगित गरे । तर जवाफ तयार पार्न भन्दै प्रदेशसभाबाट निस्किएका मुख्यमन्त्री कार्की फर्किएनन् । त्यसको सत्ता उनले आफ्नो दल नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीमार्फत प्रदेशसभा बैठक भोलिसम्मका लागि सार्न सभामुखलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले सुरुमा आधा घण्टा‚ त्यसपछि १ घण्टा हुँदै शुक्रबार दिउँसोसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेको सभामुख गौतमले जानकारी दिए ।

यता कार्कीले प्रदेश सभा बैठक छाडेर हिँडेपछी एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर कोशीमा मिलेर जान सम्बाद अगाडी बढाएको काँग्रेस निकट नेताहरुले बताएका छन्। तर माओवादीलाई समर्थन फिर्ता लिन लगाएको कोशी प्रदेशमा काँग्रेसले समर्थन जनाउन नसक्ने र त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पनि सल्लाह गर्नुपर्ने काँग्रेस निकट स्रोतले बताएको छ।

कोशी सरकारको अङ्कगणित

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ, तर यो संख्या सत्तारुढ र विपक्षी दुबै गठबन्धनसँग छैन ।

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।

प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५