युक्रेनीहरुलाई बेलायतले सैन्य प्रशिक्षण दिने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 10, 2022
british army


बेलायतले आगामी महिनामा १०,००० युक्रेनी सैनिकहरूलाई तालिम दिने नयाँ सैन्य कार्यक्रम घोषणा गरेको छ।

एक विज्ञप्तिमा, बेलायतले युक्रेनी सहभागीहरूको पहिलो समूह बेलायत आइपुगेको बताएको छ।

बेलायती रक्षा सचिव बेन वालेसले,ब्रिटिश सेनाको विश्व स्तरीय विशेषज्ञता प्रयोग गरेर युक्रेनलाई आफ्नो सेनाको पुनर्निर्माण गर्न र आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो भविष्य आफैं रोज्ने अधिकारको रक्षा गर्नको लागि प्रतिरोध बढाउन मद्दत गर्ने बताएका छन्।

तालिमले सैन्य अनुभव नभएका स्वयंसेवकहरूलाई पनि फ्रन्ट-लाइन लडाईमा प्रभावकारी हुने सीप प्रदान गर्नेछ । बेलायतको आधारभूत सैनिक प्रशिक्षणमा आधारित तालिममा हतियार ह्यान्डलिङ, युद्धक्षेत्रको प्राथमिक उपचार, फिल्डक्राफ्ट, गस्ती रणनीति र सशस्त्र द्वन्द्वको नियम सिकाइनेछ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५