माइतीघरमा गुठी पीडित मोही किसानको धर्ना

  • नेपाल राष्ट्रिय दैनिक
  • २० माघ २०८१, आईतवार १४:५५
swargadwari guthi dharna maitighar pradarshan

काठमाडौँ — दाङको स्वर्गद्वारी गुठीका मोही किसानहरूले न्याय पाउनुपर्ने भन्दै काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर निश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङको संयोजनमा काठमाडौँ आएका गुठीपीडित किसानहरूले गुठीपीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने भन्दै हलो, कुटो कुदालोसहित कृषि कर्ममा प्रयोग गरिने औजार लिएर माइतीघरको सडकमा प्रदर्शन गरिरहेका छन् ।

स्वर्गद्वारी आश्रमका मोही किासनको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरूले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएको तर रकारले सुनुवाई नगरेपछि काठमाडौँ केन्द्रित धर्नामा उत्रिएको उनीहरुले बताएका छन् ।

स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौका (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनस‌ङ्ख्याको बसोबास छ भने कुल १ हजार ५०बिघा जमिन गुठीअन्तर्गत रहेको छ । किसानले खेतीपाती गर्दै बसोवाससमेत गर्दै आएको पुस्तौं बितेको उक्त जग्गा आफ्नै बाजे, जिजुबाजेले खेतीयोग्य बनाएको र आफुसंग मोहीयानी पुर्जा समेत रहेको तर स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन आफुहरुले प्रदर्शन गर्नुपरेको उनीहरुले बताएका छन् ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५