लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

  • नेपाल राष्ट्रिय दैनिक
  • June 14, 2022
bimala oli 1 4GvoFvjBMA


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ बस्ने एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय बासिन्दाको घरमा छिरेर हातपात गरेको भन्दै स्थानीयले उनलाई कालो मोसो दल्न खोजेपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विगतमा पनि राज्यमन्त्री विमला विभिन्न विवादमा पर्दै आएकी छिन् । यसअघि पनि वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफू सँगै रहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछी पुरुषसँगको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै वलीले आपत्ती जनाएकी थिइन।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५