टर्कीको ग्रान्ड नेशनल एसेम्बली (संसद) ले स्वीडेनको नेटोमा प्रवेशको अनुमोदन गर्ने विधेयक पारित गरेको छ।
टर्कीको समर्थनसंगै हंगेरी एक मात्र नेटो देश बनेको छ, जसले स्वीडेनको सदस्यतालाई अझै अनुमोदन गरेको छैन।
मतदानमा करिब ३ सय ४६ सांसदले भाग लिएका थिए जसमध्ये २८७ जनाले विधेयकको पक्षमा र ५५ जनाले विपक्षमा मत दिएका थिए भने अन्य चार जनाले मतदान बहिष्कार गरेका थिए ।
फिनल्याण्ड र स्वीडेनले मे १८ २०२२ मा नेटो गठबन्धनमा सामेल हुनका लागि आफ्नो आवेदन पेश गरेका थिए भने फिनल्याण्ड आधिकारिक रूपमा अप्रिल ४ २०२३ मा नेटो गठबन्धनमा सामेल भएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्