युक्रेनले डोनबासमा निर्दोष नागरिकहरूलाई मार्न पश्चिमी हतियार प्रयोग गर्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • September 23, 2022
Eva Bartlett donetsk

डोनेट्स्क जनवादी गणतन्त्र (डीपीआर) का प्रमुख डेनिस पुशिलिनले सोमबार युक्रेनी सेनाले दुई बालबालिकासहित १६ जना सर्वसाधारणको हत्या गरेको बताएका छन् । उनका अनुसार युक्रेनी सेनाले आक्रमणमा १५५ एमएम, नाटोद्वारा उपलब्ध गराइएको बमको प्रयोग गरेको थियो ।

क्यानेडियन स्वतन्त्र पत्रकार, इभा बार्टलेटका अनुसार, अगस्ट ४ मा डोनेट्स्कको मध्य क्षेत्रमा भएको युक्रेनी आक्रमणमा ११ वर्षीया बालेरिना, उनकी हजुरआमा र उनको ब्याले शिक्षक सहित ६ जनाको मृत्यु भएको थियो। उनले डोनेट्स्क बजारमा भएको युक्रेनी हमलालाई सर्वसाधारण नागरिकमाथि भएको आतंकवाद बताएकी छिन्।

अर्को युक्रेनी आक्रमण, जुन शनिबार डोनेट्स्कको केन्द्रमा भएको थियो, दिउँसो करिब ३० मिनेटको अवधिमा उक्त आक्रमणमा करिब १० वटा बम हमला गरिएको थियो । उक्त आक्रमणमा कम्तिमा चार जना सर्वसाधारण मारिएका थिए। केही मिनेटपछि नै मृत्यु भएकाहरुको शव हटाइयो । एउटा बम आर्टेमा स्ट्रिटमा चलिरहेको कारमा पर्यो र त्यसमा सवार दुई नागरिकको मृत्यु भयो। म त्यो ठाउँमा पुग्दासम्म गाडी जलेको थियो, मृतकहरूलाई त्यहाँबाट हटाइसकिएको थियो ”

शनिबारको बम विष्फोटमा लेख्दै, युद्ध संवाददाता, क्रिस्टेल निएन्ट भन्छिन्, “बम र छर्राका फोटोहरू पेस गरेपछि मैले जेसीसीसी (युक्रेनको युद्ध अपराधमा संयुक्त निगरानी र समन्वय केन्द्र) मा डोनेट्स्क जनवादी गणतन्त्रको प्रतिनिधित्वको लागि नाटो हतियार विशेषज्ञलाई घटनास्थलमा भेटें। उनले पुष्टि गरे कि ती अमेरिकी १५५एमएम का गोलीहरु थिए। बम र गोलीहरु केहि प्रतिबन्धित बन्दुकबाट र अरू टीआरएफ १ बन्दुकबाट प्रहार गरिएका थिए । प्रसिद्ध टीआरएफ १ बन्दुकहरू तिनै हतियार हुन् ,जुन फ्रान्सले युक्रेनलाई बेचेको थियो।

तर, रुसी सेना र डोनबासका नागरिकले, युक्रेनले डोनबास नागरिकमाथि पश्चिमी हतियार प्रयोग गरेर गरेको आक्रमणको बिरूद्ध बोल्दा, पश्चिमले रुसले नै डोनबासमा बमबारी गरेको दाबी गर्ने गरेको छ । पश्चिमी मिडियाले पनि, युक्रेनले डोनबासका नागरिकमाथि गरेको आक्रमणलाई, रुसी सेनाले नै गरेको दाबी गर्दै , डोनबासका नागरिकमाथि भएको युक्रेनी आतंकको लगातार बेवास्ता गर्दै आएको छ । उनको अनुसार, युक्रेनी सेनाले डोनबासका नागरिकहरूमाथि लगातार आक्रमणको लागि रुसलाई दोष दिइरहेको छ, जुन वास्तवमा युक्रेनी सेनाले गरेको आक्रमण थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५