निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेद्वारी दिएका कुनै पनि उमेद्वार र राजनीतिक दलका बारेमा मत सर्वेक्षण नगर्न आह्वान गरेको छ ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि उमेद्वार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै पनि प्रकारको मत सर्वेक्षण गर्न वा परिणाम घोषणा गर्न नपाइने उल्लेख गरेको छ।
निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेको अवस्थामा, आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर मत सर्वेक्षण गर्ने र नतिजा प्रकाशन गर्ने गरेको पाइएकोले, त्यस किसिमको कार्य गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ।
साथै, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि आयोगले कारवाही गर्ने चेतावनी दिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्