अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध

  • नेपाल राष्ट्रिय दैनिक
  • June 16, 2022
partinidhi sava meeting sansad bhawan

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ।

बजेटमाथि उठेका प्रश्नको जवाफका लागि अर्थमन्त्री शर्मा रोस्टममा उक्लिएपछि एमालेका सांसदहरुले उठेर अवरोध गरेका छन्। विचौलियाको बिचमा बसेर बजेट तय गरेकोले शर्माको जवाफ आफुहरुलाई नचाहिने भन्दै संसदको बैठकबाट अर्थमन्त्रीको कार्यसूची नहटेसम्म संसद अवरोध गर्ने नेकपा एमालेले जनाएको छ।

यसअघि पनि बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरुद्ध गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५