ऋषि सुनक: क्रिष्टियन राष्ट्रको पहिलो हिन्दू प्रधानमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • October 25, 2022
rishi sunak british pm

epa10263145 Former British Chancellor of the Exchequer Rishi Sunak leaves the Conservative Central Office after it was announced by the Chair of the 1922 Committee that he will become the new leader of the Conservative Party in London, Britain, 24 October 2022. Sunak will succeed Liz Truss as prime minister, after rival candidate Mordaunt withdrew from the party leadership contest. EPA-EFE/TOLGA AKMEN

कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन्। उनि क्रिष्टियन राष्ट्र बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री बनेका छन्।

४२ वर्षीय सुनक राजा चार्ल्सद्वारा नियुक्त हुने पहिलो प्रधानमन्त्री हुन् । सुनकलाई मंगलबार बेलायती राजा चार्ल्सले देशको प्रधानमन्त्री नियुक्त गरेका हुन्।

आफ्नो असफल आर्थिक नीति र सत्तारुढ कन्जरभेटिभ पार्टीमा आफ्ना सहकर्मीहरूबीचको बढ्दो असन्तुष्टिको पृष्ठभूमिमा अक्टोबर २० मा आफ्नो राजीनामाको घोषणा गर्ने लिज ट्रसको स्थान लिएका सुनक यस अघिको प्रधानमन्त्रीको दौडमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा ट्रससँग पराजित बनेका थिए।

कन्जरभेटिभ पार्टीको दुवै प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र हाउस अफ कमन्सका नेता पेनी मोर्डाउन्ट प्रधानमन्त्रीको दौडबाट पछि हटेपछिकन्सर्भेटिभ पार्टीबाट सुनक प्रधानमन्त्रीको एकल दाबेदार बनेका हुन् ।

सुनक तेस्रो पुस्ताका आप्रवासी हुन् जसको परिवार सन् १९६० को दशकमा केन्या र बेलायती तान्गानिका (आधुनिक तान्जानिया)बाट बेलायतको साउथह्याम्प्टनमा सरेका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५