काठमाडौं – नेपाल सूचना-प्रविधि समाजको अगुवाइमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
नेपालीहरुको भविष्य समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए ।
उनीहरुले सबै नेपाली एक भएर राष्ट्रिय परिचयपत्रको विरुद्ध बोल्ने बेला आएको भन्दै उनीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबर स्पेस सार्वभौमसत्ता कायम गर, प्रतिक्रियावादी व्यवस्था मुर्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्