निर्वाचन आयोगले विभिन्न राजनीतिक दलले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट ५५० जना उम्मेदवारहरुको नाम हटाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक निर्वाचन प्रणालीतर्फको अयोग्य उम्मेदवारहरुको नाम समानुपातिकको सूचीबाट हटाएको जनाएको छ। स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना,उमेर नपुगेका प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जना, दोहोरो उम्मेदवारीमा परेका ६६ जना,लैंगिक विवरण फरक परेका कारण ३७ जना,मतदाता नामावलीमा नाम नै नभएका कारण १८ जना,आयोगले मागेको कागजात पेश नगरेका कारण ६ जना र कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरु गरि कुल ५५० जनाको नाम हटाइएको आयोगले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्