काठमाडौं- नेपाली कांग्रेसको सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा पार्टीको उपस्थिति सशक्त रुपमा बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रवक्ता प्रकाशशरण महतले मन्त्रीज्यूहरु काम गर्न आफ्नो क्षमताअनुसार लागिराख्नु नै भएको छ र त्यसमा पदाधिकारीहरुले सल्लाह सुझाव दिनुभएको छ । प्रधानमन्त्रीलाई पनि कतिपय सुझावहरु आइरहेका छन् । पार्टीको सरकारमा सशक्त उपस्थिति हुनुपर्यो र सरकारी संयन्त्रहरुमा पनि पार्टीगत विषयलाई बढी सहभागी गराउनुपर्यो भन्ने धारणा बैठकमा आएको उनले बताएका छन्।
प्रवक्ता महतले सरकारको गति बढाउन प्रधानमन्त्रीले पनि लिड लिनुपर्ने कुरा बैठकमा उठेको बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्