सुन तस्करी प्रकरणमा छानबिन समिति गठन :जाँचपासमा संलग्न भन्सार अधिकृत निलम्बन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2023
gold 1

Gold bars, illustration.

श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करीब १०० केजी सुन अवैध रूपमा भित्रिएको घटनालाई लिएर ,जाँचपासमा संलग्न कर्मचारी,जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको छ । सुनको भन्सार पासमा संलग्न देखिएकाले उनीहरुलाई निलम्बन गरिएको विभागले जनाएको छ।

भन्सार विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानविन समिति समेत गठन गरेको छ। समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।विभागले जाँचपासमा संलग्नबाहेक आवश्यकता अनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने बताएका छन्। ठूलो परिमाणको सुन भन्सारबाट छुट्नुपछाडि भन्सार अधिकृत र प्रहरीको पनि तस्करसँग मिलेमतो भएको खुलेको छ।

मंगलबार विमानस्थल भन्सार कार्यालय अगाडिबाट बा.२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुराकीका आधारमा विभागले चलाएको गोप्य अप्रेशनमा क्याथे प्यासिफिकको विमानबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको करिब एक अर्बभन्दा बढीको सुन विभागले बरामद गरेको थियो।

सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । मंगलबार बरामद गरिएको सुन ‘रेडी ट्रेडर्स प्रालि’ नामको नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका हुन् । पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५