काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य परिमार्जन गर्दै पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरेको छ । यो समायोजनसँगै अहिले काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेलको मूल्य १५३ रुपैयाँ रहेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १२६ रुपैयाँ तोकेको जानकारी दिएका छन् । साथै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य (काठमाडौंका लागि) प्रति किलोलिटर १५ अमेरिकी डलरले घटाइएको छ ।
निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । तर, तरल पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य भने यथावत रहेको छ ।
नेपाललाई इन्धन आपूर्ति गर्ने इन्डियन आयल कर्पोरेसनको पछिल्लो मूल्यसूचीअनुसार सो मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्