काठमाडौँ- मन्त्रिपरिषदको बैठकले काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले द्रुत मार्गको डीपीआर परिवर्तन भएसँगै करिब २ अर्ब लागत घट्ने र एकदेखि डेढ किलोमिटर लम्बाइ समेत कम हुने बताएको छ। यधपी, संशोधित डीपीआर अनुसार सुरुङको संख्या भने बढ्ने भएको छ ।
७२.५ किलोमिटर लम्बाई रहेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ६ वर्ष पूरा भैसक्दा समेत भौतिक प्रगति भने २५.५४ प्रतिशत मात्रै भएको छ ।
फास्ट ट्रयाक निर्माणको ६ वर्षमा ५२ अर्ब ८९ करोड रुपैयाँ खर्च भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ३ अर्ब ६७ करोड र सेनाले निर्माण जिम्मा लिएपछि ४९ अर्ब २२ करोड रुपैयाँ खर्च भएको हो ।
२०८१ मंसिरसम्म काम सक्ने भनिएपनि उक्त समयभित्र काम नसकिने देखिएपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर २०८३ चैतसम्म आयोजनाको म्याद थप गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्