आठ हजार जनाको उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दिएका करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार स्थानिय तह निर्वाचनको लागि करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।

कुल परेको उम्मेद्वारी र फिर्ता लिइएको उम्मेदवारीको हिसाब अनुसार अब करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।कायम रहेको उम्मेदवारहरुलाई आयोगले आज निर्वाचन चिन्ह समेत प्रदान गरेको छ।

बुद्ध एयर जहाजको टायर पड्किंदा भैरहवा विमानस्थलकाे उडान र अवतरण प्रभावित

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुद्ध एयर जहाजको टायर पड्किंदा विमानस्थलकाे उडान र अवतरण प्रभावित बनेको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।
७० जना यात्रु बोकेर भैरहवाबाट काठमाडौँका लागि उडान भर्ने क्रममा धावन मार्गमै जहाजको टाएर पड्किएपछि अहिले सो विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध बनेको छ।

अहिले विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको छ ।

वडाध्यक्षका उम्मेदवारको निधनपछि बुद्धभूमि नगरपालिकामा निर्वाचनका कार्यक्रमहरु स्थगित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वडाध्यक्षका उम्मेदवारको निधन भएपछी स्थानीय तह निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको छ।

बुद्धभूमि नगरपालिका वडानम्बर ८ मा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका ओमप्रकाश तिवारीको मृत्यु भएको खबरसंगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

निर्वाचनको ७२ घण्टा अगाडि नेपाल–भारत सीमा नाका बन्द गरिने


स्थानीय तहको निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका बन्द गर्ने निर्णय भएको छ ।नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच भएको समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।

सो अवधिमा मानिसहरुको आवतजावत पनि पूर्ण रुपमा बन्द हुनेछ । निर्वाचनलाई लक्षित गरी सीमा नाकामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती पनि रहनेछ ।

बैठकमा नेपालका तीन जिल्ला र भारतका दुई जिल्लाका सुरक्षा अधिकारीहरुले निर्वाचनको सुरक्षाका विषयमा छलफल गर्नुका साथै कार्ययोजना समेत तयार पारेका थिए । निर्वाचनलाई लक्षित गरी दुई देशका सुरक्षा अधिकारीले सीमा नाकालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेका छन् ।

त्यसैगरी सीमा क्षेत्रमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइनेछ ।
सीमामा सुरक्षा चौकी स्थापना, तत्काल सूचना आदानप्रदान, लागुऔषध, मानव तस्करी तथा अवैध हातहतियारको तस्करी नियन्त्रण, अवैध मुद्राको व्यापार, सीमा क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सीमा निगरानी बढाउने लगायतको निर्णय भएको छ ।

अर्कोतर्फ भारतीय सुरक्षा अधिकारीले आचारसंहिता लागू गराउन भारततर्फ रहेका फ्लेक्स मेसिन र छापाखानामा आचारसंहिता विपरित छपाइको काम हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतले सीमा नाका मर्मत र व्यवस्थापन गर्न पनि सहमति जनाएको छ । सन् २००६ मा नेपाल र भारतको संयुक्त प्राविधिक सीमा समितिबीच संयुक्त सम्झौता भएको थियो ।उक्त सम्झौतामा बिजोर नम्बरको पिल्लर नेपालले र जोर नम्बरको पिल्लर भारतले मर्मत गर्ने सहमति भएको थियो ।

स्थानिय तह निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरिने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

स्थानीय तहको निर्वाचनका लागि आयोगमा दर्ता भएका दलले आ–आफ्नो निर्वाचन चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले नै निर्वाचन चिह्न प्रदान गर्नेछ ।

आयोगले उजुरीमाथि छानबिन गरी शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । सूचीमा परेका उम्मेदवारहरू मात्र स्थानीय तहको निर्वाचनका लागि योग्य हुनेछन् र उनीहरूले आजै निर्वाचन चिन्ह पाउनेछन्।

मौन अवधि सुरु नभएसम्म उम्मेदवारहरूले आफ्नो चुनाव चिन्ह पाएलगत्तै प्रचार प्रसार गर्न पाउनेछन्।

आज मातातीर्थ औंसी

आज आमाको मुख हेर्ने अर्थात मातातीर्थ औंसी। हरेक वर्षको वैशाख कृष्णपक्षका दिन मातातीर्थ औंसी मनाउने गरिन्छ।

छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउने गरेको पाइन्छ।आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् ।

आमा नहुनेहरू भने आजको दिन मातातीर्थमा रहेको कुण्डमा स्नान गरेर आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने गर्छन् ।

मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सो कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुख­सन्तोष पाउने जनविश्वास छ ।

तस्विर : ट्रेक्स बुकिङ्ग

भरतपुरको मेयरमा पौडेलको उम्मेद्वारी कायमै

भरतपुर महानगर यतिखेर चर्चाको केन्द्रविन्दु बनेको छ। कारण हो गठबन्धनबाट भरतपुरको मेयरका लागि साझा उम्मेदवारको रुपमा खडा गरिएको रेणु दाहालको विरुद्धमा परेको काँग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेद्वारी।

जगन्नाथ पौडेल पुर्व सांसद र चितवन काँग्रेसका वरिष्ठ नेता हुन् । काँग्रेस केन्द्रीय समितिले गरेको निर्णयको विरोध गर्दै चितवनमा काँग्रेस बचाउनको निम्ति स्वतन्त्र उम्मेद्वारी दिएको नेता पौडेल र उनका प्रस्तावक चितवन काँग्रेसका पुर्व पार्टी सभापति कृष्णलाल सापकोटाले बताउँदै आउनुभएको छ। त्यसो त पौडेलको उम्मेद्वारीलाई धेरैले पार्टीको निर्णय विपरितको बागी उम्मेद्वारी भनेर भन्दै गर्दा, पौडेल स्वयम् भने आफ्नो उम्मेद्वारी पार्टी विरुद्धको बागी उम्मेद्वारी नभएर स्वतन्त्र उम्मेद्वारी भएको बताउनुहुन्छ। आफ्नो उम्मेद्वारी नेपाली काँग्रेस पार्टीकै कुनै सदस्य विरुद्ध वा रुख चिन्हको विरुद्ध हुन्थ्यो भने आफुलाई बागी उम्मेदवार भन्न मिल्ने तर आफु काँग्रेस पार्टीकै कुनै उम्मेदवारको विरुद्ध नभएको र आफ्नो उम्मेद्वारी हँसिया हथौडा र अन्य दलको विरुद्ध भएकोले आफु बागी नभइ स्वतन्त्र उम्मेदवार भएको उनको दावी छ।

नेता पौडेलले मेयरमा उम्मेद्वारी दिनुभन्दा अघि पनि काठमाडौँ पुगेर पार्टी सभापति लगायत केन्द्रीय समितिका नेताहरुलाई काँग्रेसले भरतपुरको मेयर कुनै पनि हालतमा नछोड्ने भन्दै जिल्ला सभापति सहितको प्रतिनिधिमण्डल गएर ध्यानाकर्षण पत्र बुझाएको थियो। आफुहरुले अग्रिम रुपमा सचेत गराउँदा गराउंदै पनि पार्टीलाई र चितवन काँग्रेसलाई नै कम्जोर पार्ने गरि केन्द्रले जबर्जस्ति निर्णय गरेपछि पौडेलले भरतपुरका अधिकांश वडा सभापति र जिल्ला तहका नेताहरुको सल्लाहमै मेयरको लागि उम्मेद्वारी दिएका हुन्।
पौडेलको उम्मेद्वारीकै विषयलाई लिएर चितवन काँग्रेस यतिखेर सैद्दन्तिक र राजनीतिक विवादमा फसेको छ। त्यसो त पार्टीको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्दै गर्दा अब चितवन काँग्रेसलाई रुखमै भोट हाल्ने वातावरण बनाउँछु भनेर सभापति बनेका राजेश्वर खनाल पनि काठमाडौँमा सभापति देउवालाई भेटेर आएपछि हँसिया हथौडामा भोट माग्न र भोट हाल्न तयार भएको देखिन्छन्। त्यति मात्रै नभएर उनले पार्टीको निर्देशन नमानेर स्वतन्त्र वा बागी उठे पार्टीले कारवाहि गर्ने भनेर निर्देशन समेत जारि गरे। जिल्ला सभापतिको कारवाही गर्ने धम्किले पनि केहि नलागेपछि पार्टी सभापति देउवाको दुत बनेर गृहमन्त्री खांड र राज्यमन्त्री उमेश श्रेष्ठ आएर पौडेललाई फकाउने प्रयास गरे। यो बीचमा काँग्रेस केन्द्रिय समितिले बागी उम्मेदवारलाई पार्टीको विधान अनुसार साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने भनेर विज्ञप्ति समेत जारि गर्यो। तर पौडेल आफ्नो अडानबाट कत्ति पनि विचलित भएनन्। उनले पार्टीले आफुलाई कारवाही गरेर आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने छुट पार्टीलाई छ तर आफुले चितवन काँग्रेसको पार्टीप्रतिको आस्था र भरोसालाई टुट्न नदिने र मेयरमा आफ्नो उम्मेद्वारी कायम रहने बताए। सभापति देउवाको दुत बनेर उनलाई फकाउन आएका गृहमन्त्री र राज्यमन्त्री श्रेष्ठ आजै मात्र फर्किएर काठमाडौँ पुगे, तर नेता पौडेलले उम्मेद्वारी फिर्ता गर्न नसकिने आफ्नो अडान कायमै राखे।

निर्वाचन आयोगले तोकेको उम्मेद्वारी फिर्ताको समय साँझ पांच बजेसम्म रहेकाले,यो बीचमा सबैलाई आजको पांच कतिबेला बज्ला भन्ने जस्तो भयो ? के पौडेलले आफ्नो उम्मेद्वारी साँझ सम्म फिर्ता गर्लान त भन्ने धेरै अड्कलबाजीहरु भए। कतिले राज्य संयन्त्र र पदको दुरुपयोग गर्दै आयोगले उम्मेद्वारी फिर्ताको समय बढाउन सक्ने पनि बताए। तर साँझको पांच पनि बज्यो। न त कसैले अड्कल गरेजस्तो आयोगले उम्मेद्वारी फिर्ताको समय थप गर्यो न त पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता नै गरे। हारजित आफ्नो ठाउँमा छ, तर पौडेलको उम्मेद्वारी र उनको अडानले चितवन काँग्रेसका कार्यकर्ताहरुलाई भने उत्साहित बनाएको छ।

राष्ट्र बैंकमा गभर्नर अधिकारीकै निरन्तरता

सर्वोच्च अदालतले आफ्नो अन्तरिम आदेशलाई निरन्तरता दिंदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नर अधिकारीलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश जारि गरेको थियो।

तिन दिन देखिको लामो सुनुवाइलाई टुङ्ग्याउंदै सर्वोच्चले पुरानै अन्तरिम आदेश लाई निरन्तरता दिएको हो। सर्वोच्चले अब नियमित रुपमा मूल मुद्दामाथि सुनुवाइ गर्नेछ । त्यतिञ्जेलसम्म गभर्नर अधिकारी आफ्नो पदमा बहाल रहने बाटो आजको आदेशले खुल्ला गरिदिएको छ।

उम्मेद्वारी फिर्ता गराउन धाक धम्की नदिन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारि गर्दै स्थानिय निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की लगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई निर्देशन दिएको छ।

पछिल्लो समय चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र रुपमा मेयरको उम्मेद्वारी दिएका जगन्नाथ पौडेलको उम्मेद्वारी फिर्ता गराउन पद र राज्य संयन्त्रको दुरुपयोग गरि गृहमन्त्री लगायात राज्यमन्त्री उमेश श्रेष्ठ र अन्य व्यक्तिहरुले दवाव बढाएको घटनाप्रति इंगित गर्दै आयोगले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

nirwachanayog 2942022102648 1000x0 1
5

हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर सुन तस्करीको प्रयास: पांच जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको झण्डै साढे दुई किलो ३५० ग्राम तौल बराबरको सुनसहित ५ जनालाई पक्राउ गरेको छ।दुबईबाट काठमाडौं आएको हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर ल्याइएको सुन तस्करीको प्रयासमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजिएको तथ्य बाहिरिएको छ। सुन तस्करीको आरोपमा प्रहरीले हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरीलाई पक्राउ गरेको छ। उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन सहयोग गरेको देखिएको छ।
पक्राउ पर्नेमा उदयपुरको २८ वर्षीय राजेश राई र दोलखाका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा समेत रहेका छन्।

लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, र राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

पार्टीले आज जारि गरेको घोषणा पत्र पार्टीको एउटा निर्देशन मात्रै भएको र स्थानीय पालिकाले आफ्नो छुट्टै घोषणा पत्र सार्वजनिक गर्न सक्ने लोसपा नेताहरुले जानकारी दिनुभएको छ।

लोसपाले जारि गरेको घोषणापत्रको पूर्णपाठः

सत्ता गठबन्धनको शिर्ष नेताहरुको बैठकको ३ बुंदे निर्णय

सत्तारुढ पांच दलका शिर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ बुंदे निर्णय गरेको छ।


शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएको उम्मेद्वारी तत्काल फिर्ता गर्न लगाउने निर्णय गरेको छ। त्यसैगरि गठबन्धनका उम्मेदवार विरुद्ध परेको बागी र स्वतन्त्र उम्मेद्वारी फिर्ता गर्न लगाउने र फिर्ता नगरेको खण्डमा कारवाही गर्ने निर्णय गरेको छ।

five party meeting baluwatar CCbF1YnAXN

कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकको सदस्यता खारेज गर्ने

नेपाली कांग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी दर्ता गराएकालाई आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सबै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन र पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउन निर्देशन दिनुभएको छ ।

उम्मेदवारले तोकिएको मिति र समयभित्र मनोनयन फिर्ता नगरे नेपालि काँग्रेसको विधानको धारा ४ (१३) (ग) २०१७ (संशोधन सहित) बमोजिम बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता खारेज गरिने विज्ञप्तिमा उल्लेख छ ।

aaaaaaaaaaaaaaaaaaaaa

गभर्न अधिकारीको मुद्दामा आज सुनुवाइ हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाइ हुने भएको छ। बिहिबार सुनुवाई नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको गभर्नरको मुद्दामा आजका लागि पेशी तोकिएको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा रहेको मुद्दामा पेशीको लागि आजको समय तोकिएको छ। वैशाख ६ को सर्वोच्चको अन्तरिम आदेशसंगै पुन आफ्नो जिम्मेवारीमा फर्किएका गभर्नर अधिकारीलाई गत चैत २५ गते सरकारले निलम्बन गरेर उनि उपर छानविन समिति गठन गरेको थियो।

सर्वोच्चको अन्तरिम आदेशमा गभर्नर अधिकारि काममा फर्किएका भएपनि आजको पेशीमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा सर्वोच्चले टुंगो लगाउनेछ। अन्तरिम आदेशलाई निरन्तरता दिएमा गभर्नर अधिकारी पदमा बहाल रहनेछन भने अन्तरिम आदेश खारेज गरेको खण्डमा उनीमाथि पुन छानविन प्रक्रिया अघि बढ्न सक्ने देखिन्छ।

साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै आयोगले उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गर्नेछ ।

स्थानीय तहको निर्वाचनका लागि देशभरबाट १ लाख ४१ हजारभन्दा बढी उम्मेदवारहरुले आफ्नो उम्म्द्वारी दर्ता गराएका थिए ।

आयोगले बिहीबार साँझ उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । आज साँझसम्म उम्मेदवारले नाम फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशित गर्नेछ ।

आयोगका अनुसार आज साँझसम्म अन्तिम नामावली प्रकाशन गरेपछि भोलि सम्पूर्ण उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आजको देशभरिको मौसमी विवरण

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार आजको देशभरिको मौसमी विवरण निम्नानुसार रहेको छ।

दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

रणनीतिक धम्कीको जवाफ दिने पुटिनको वाचा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी द्वन्द्वमा हस्तक्षेप नगर्न बाहिरी शक्तिहरूलाई चेतावनी दिएका छन्। उनले मस्कोको सबैभन्दा उन्नत हतियार प्रयोग गरेर त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने वाचा गरेका छन्।

बुधवार मस्कोमा सांसदहरूसँग कुरा गर्दै पुटिनले भने, “यदि कसैले बाहिरबाट चलिरहेको घटनाहरूमा हस्तक्षेप गर्ने र हामीलाई अस्वीकार्य रणनीतिक खतराहरू सिर्जना गर्ने निर्णय गर्छ भने, उनीहरूलाई थाहा हुनुपर्छ कि आउने प्रहारहरूप्रति हाम्रो प्रतिक्रिया द्रुत हुनेछ।”

“हामीसँग यो गर्नका लागि सबै उपकरणहरू छन्। उपकरणहरू जुन हामी बाहेक अरू कसैले घमण्ड गर्न सक्दैन। तर हामी घमण्ड गर्न जाँदैनौं। यदि यस्तो आवश्यकता पर्यो भने हामी तिनीहरूलाई प्रयोग गर्नेछौं।रूसी अधिकारीहरूले यस्तो प्रतिक्रियाको लागि तयारी गर्न सबै आवश्यक निर्णयहरू गरिसकेका छन्, उनले भने ।

गत हप्ता, मस्कोले आफ्नो अत्याधुनिक RS-28 Sarmat अन्तर-महादेशीय ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो। नयाँ आणविक-सक्षम हतियारले धेरै एभान्गार्ड हाइपरसोनिक ग्लाइडरहरू बोक्न सक्छ, जुन तिनीहरूको चरम गति र तिनीहरूको उडानको क्रममा निरन्तर चाल चलाउने क्षमताको कारणले कुनै पनि अवस्थित वायु सुरक्षालाई बाइपास गर्न सक्षम मानिन्छ।

रुससँगको द्वन्द्व सुरु भएदेखि नै पश्चिमी देशहरूले सक्रिय रूपमा कीभलाई एन्टी-ट्याङ्क र एन्टी-एयरक्राफ्ट मिसाइल प्रणाली, बख्तरबंद सवारीसाधनहरू लगायतका हतियारहरू आपूर्ति गर्दै आएका छन्। उनीहरूले रुसको सैन्य अभियानलाई आर्थिक सहयोग गर्ने क्षमतालाई कम गर्ने उद्देश्यले कडा प्रतिबन्धहरू पनि लगाएका छन्।

आन्तरिक बजारमा डिजिटल मुद्रा ल्याउने राष्ट्र बैंकको तयारी

सरकारले भर्चुअल मुद्राको प्रयोगलाई वैधानिकता दिन नसके पनि नेपाल राष्ट्र बैंकले आन्तरिक बजारमा डिजिटल मुद्रा ल्याउने तयारी गरेको छ ।

धेरै देशहरूले कम लेनदेन लागतको साथ मूल्यको निर्बाध स्थानान्तरणको सुविधाको लागि डिजिटल मुद्रा जारी गर्न थालेका छन्।बुधबार एक कार्यक्रममा बोल्दै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले भौतिक मुद्राको प्रयोगलाई भर्चुअल मुद्राले प्रतिस्थापन गर्न केन्द्रीय बैंक तयारी अवस्थामा रहेको बताए । भारतले मार्च २०२३ को अन्त्यसम्ममा आफ्नो मुद्राको डिजिटल संस्करण लन्च गर्ने तयारी गरेपछि नेपाल राष्ट्र बैंक डिजिटल मुद्रा ल्याउन इच्छुक देखिएको हो ।

राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा लागू गर्ने सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । डिजिटल मुद्राको प्रयोगका सम्बन्धमा आवश्यक सुझाव दिन डेपुटी गभर्नर मिश्रको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान सञ्चालान गरिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो परिक्षण उडान सञ्चालान गरिने भएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परिक्षण उडान गर्ने बताइएको छ।

परिक्षण उडानको लागि आज दिउँसो ३ बजे काठमाडाैंबाट नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले उडान भर्ने र ३ः४५ मा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।
उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित अन्य २६० जना रहनेछन् भने निगमको सोहि जहाज साँझ ५:४५ मा काठमाडौँ फर्किने जनाइएको छ। यसअघि विमानस्थलमा थाइल्याण्डको यरो थाई कम्पनीले १० दिनको यान्त्रिक परिक्षण उडान गरेको थियो।

जजिरा एयरलाइन्सले जेठ २ गतेदेखि विमानस्थलमा साताको ३ वटा उडान भर्नेगरि सहमति लिएको छ।

पोल्याण्ड र बुल्गेरियामा रुसी ग्यासको आपूर्ति बन्द

रुसको सरकारी स्वामित्वको ऊर्जा कम्पनी गाजप्रोमले युक्रेनलाई पश्चिमी सहायता हस्तान्तरण गर्ने देश पोल्याण्ड र बुल्गेरियामा रुसी ग्यासको आपूर्ति बन्द गर्ने जनाएको छ।

पोल्याण्ड र बुल्गेरिया ७० प्रतिशतको हाराहरीमा रुसी ग्यासमा निर्भर रहे पनि, निरन्तर रुपमा उक्रेनलाई शैन्य समर्थन गर्दै आएको र रूबलमा भुक्तानी गर्न आनाकानी गरेपछि रुसले ग्यासको आपूर्ति बन्द गरेको जनाएको छ।

क्रेमलिनले रुसी शत्रु राष्ट्रहरुले रुबलमा भुक्तान गर्नुपर्ने प्रावधान अघि सारेपछि अधिकांश युरोपी राष्ट्रहरुले रुसको सो कदमको विरोध गर्दै आएका थिए। यधपी रुसले आफूमाथि लगाइएको आर्थिक नाकाबन्दीको जवाफमा रुसी मुद्रा रुबलमा भुक्तानी गर्नुपर्ने प्रावधान अघि सारेको थियो।

रुसले आपूर्ति बन्द गरेपछि र रुसी उर्जाको खपत कम गर्ने युरोपेली राष्ट्र र अमेरिकाको सहकार्य पछि पछिलो समय अमेरिका र युरोपिले राष्ट्रहरुमा तेल र ग्यासको मूल्य ४० वर्ष यताकै उच्च भएको छ।

जेठ १ गतेदेखि शनिवार र आइतवार हप्तामा दुई दिन सार्वजनिक बिदा


सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार गरि हप्तामा दुई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गर्दै हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको थियो। मुलुकमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राखेर इन्धनको मूल्य आकासिएपछि सरकारले लागत घटाउने रणनीतिले यस्तो निर्णय गरेको बताइएको छ।

आइतबार र शनिबार दुई दिन बिदा दिएमा अर्बौं रुपैयाँको इन्धन खर्च घट्ने सरकारको तर्क रहेको छ । यसअघि नेपाल आयल निगमले पनि शनिबार र आइतबार दुई दिन सरकारी बिदा दिन सरकार समक्ष प्रस्ताव गरेको थियो ।

काँग्रेसभित्रै साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भएको छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आज एक विज्ञप्ति जारि गर्दै काँग्रेसभित्रै साथीहरुको राजनीतिक जीवन समाप्त पार्न भएको षडयन्त्र र स्थानिय तह निर्वाचनका लागि भएको उम्मेदवारको छनौट र टिकट वितरण प्रक्रिया प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।


पार्टीको केन्द्रिय समिति र कार्यसम्पादन समितिले आफुहरुको कुरा वेवास्ता गरेको र टिकट वितरणमा अन्याय गरेको बताउनुभएको छ। टिकट वितरण प्रक्रियामा पैसाको चलखेल र अनियमितता भएको खबर प्रति चिन्ता व्यक्त गर्दै टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अप्नाइएको हो, ति कुराहरुको अध्ययन अनुसन्धान र समीक्षा गरिने पनि उहाँले बताउनुभएको छ।


साथै,आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको र राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र भएको कुरापनि डा कोइरालाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

shekhar

विदेशी मुद्रा सञ्चिति घटेपछि १० वस्तुको आयातमा प्रतिबन्ध

आर्थिक संकटका बेला विदेशी मुद्रा सञ्चिति तीव्र रुपमा घटेपछि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुरकुरे चिप्स, मदिरा, टिभी, मोबाइल र मोटरसाइकल लगायत १० वस्तु र अन्य विलासिताका वस्तुको आयातमा रोक लगाएको सूचना जारी गरेको छ ।

प्रतिबन्धित वस्तुहरूमा कुरकुरे, लेज र यस्तै अन्य उत्पादनहरू, सबै प्रकारका तयार मदिरा, चुरोट र सुर्तीजन्य पदार्थ (कच्चा पदार्थ बाहेक) ,हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथि), जीप, कार र भ्यान, २५० सीसीभन्दा बढी क्षमताको मोटरसाइकल, सबै किसिमका खेलौना र तास लगायातका वस्तुहरु रहेका छन्।

वैशाख १३ गते अघि बुकिङ गरिसकिएको समानको हकमा भने यो व्यवस्था लागू हुने पनि जनाइएको छ । त्यसैगरी नेपालस्थित कूटनीतिक नियोगहरूले पनि आफ्नो प्रयोजनका लागि यी वस्तुहरू आयात गर्न सक्नेछन्।

सत्ता र स्वार्थ केन्द्रित राजनीतिमा इमान्दार नेता- कार्यकर्तामाथि गठबन्धनको कारवाही

उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा घरदैलो कार्यक्रममा हिंडीसकेको भएपनि सत्ता गठबन्धन दलका शिर्ष नेताहरु भने गठबन्धनको उम्मेदवार विरुद्ध बागी र स्वतन्त्र लड्ने उम्मेदवारहरुलाई फकाएर उम्मेद्वारी फिर्ता गराउनमै व्यस्त देखिएको छ।

सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवार उठाउने तयारि गरेको भएपनि कतिपय जिल्लाहरुमा भने गठबन्धनभित्रकै दलले एक्ला एक्लै प्रतिस्पर्धा गर्ने गरि उम्मेद्वारी दर्ता गराएका छन्। त्यसो त गठबन्धनले साझा उम्मेदवार उठाएकै ठाउँहरुमा पनि पार्टीको केन्द्रिय निर्णयप्रति असन्तुष्टि जनाउँदै गठबन्धनकै उम्मेदवारहरु विरुद्ध बागी र स्वतन्त्र उम्मेद्वारी दिएका छन्।

गठबन्धनभित्रकै दलहरुले कतिपय स्थानमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धा गर्नेगरि उम्मेद्वारी दिनु र गठबन्धन भएकै ठाउँमा पनि गठबन्धनकै उम्मेदवार विरुद्द परेको बागी उम्मेद्वारीले गठबन्धन दलका शिर्ष नेताहरुलाई अप्ठेरोमा पारेको छ। यहि अप्ठेरो परिस्थितिबीच गठबन्धन दलका शिर्ष नेताहरुले बागी र स्वतन्त्र उम्मेद्वारी दिएका आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरेको छ भने, उम्मेद्वारी फिर्ता नलिएको खण्डमा पार्टीले अनुशासनको कारवाही गर्ने पनि बताएको छ।
त्यसो त काँग्रेस सभापति देउवाकै गृह जिल्ला डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बीपी) बाट एमालेसंग चुनावी तालमेल गरेर अलग्गै चुनावमा होमिएपछि उनलाई अनुशासनको कारवाही गर्दै पार्टीबाटै निष्काशन समेत गरिएको छ। अन्य जिल्लाहरुको हकमा पनि गठबन्धनले कुन कुन स्थानमा बागी उम्मेद्वारी परेको छ भनि तथ्याङ्क सङ्कलन सुरु गरेको छ। सोहि अनुसार बागी उम्मेदवारहरुलाई सम्झाएर उम्मेद्वारी फिर्ता गर्न लगाउने र उम्मेद्वारी फिर्ता नगरेको खण्डमा अनुशासनको कारवाही गर्ने रणनितिमा गठबन्धन दलका शिर्ष नेताहरु रहेका छन्।

सत्ताधारीको चुनावी तालमेल:एमालेलाई आँप गठबन्धनलाई झटारो

आसन्न स्थानिय निर्वाचनमा सत्ता साझेदार पांच दलिय गठबन्धनले साझा उमेद्द्वार बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको छ। तर पार्टीका शिर्ष नेताहरुले केन्द्रमा बसेर गरेको यो निर्णयले तल्लो तहका आम कार्यकर्ताहरुलाई भने निराश बनाएको छ । पार्टीको निर्णयको विरोध गर्दै देशभर बाटै बागी र स्वतन्त्र उम्मेद्वारी दिनेको संख्या विगतका निर्वाचनहरुको तुलनामा यसपाली उच्च रहेको छ। त्यसो त पार्टीको निर्णयको विरोध गर्दै स्थानिय तहमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिने र पार्टी परित्याग गर्नेको संख्या पनि उत्तिकै बढेको छ। तर पनि नेता कार्यकर्तालाई सम्झाउनु र बुझाउनुको सट्टा कारवाही गर्ने पार्टीको धम्किले झनै बलेको आगोमा घिउ थप्ने काम गरेको छ।

महानगरपालिकाको मेयरको विषयलाई लिएर गठबन्धन दलका नेताहरुबीच सुरु भएको पदिय भागवण्डाको विवाद अहिले गाउँपालिकासम्म फैलिएको छ। उम्मेद्वारी दिएर उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा घरदैलोमा निस्किँदासम्म पनि सत्ता गठबन्धनका शिर्ष नेताहरु पार्टी बाट बागी र स्वतन्त्र उम्मेद्वारी दिएका नेता कार्यकर्ताहरुलाई कारवाहीको धम्कि दिएर उम्मेद्वारी फिर्ता गराउन लागि परेका छन्।

नेपाली काँग्रेसकै कुरा गर्ने हो भने काँग्रेस सभापति देउवाकै गृह जिल्ला डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बीपी) बाट एमालेसंग चुनावी तालमेल गरेर अलग्गै चुनावमा होमिएको छ। यता चितवन काँग्रेसमा पनि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादीबाट रेणु दाहालले मेयरमा उम्मेद्वारी दिए पनि चितवन काँग्रेसका प्रभावशाली नेता, पूर्व सांसद जगन्नाथ पौडेलले मेयर पदको लागि बागी उम्मेद्वारी दिएका छन्। पोखरा महानगर र कास्की जिल्लाका काँग्रेस नेताहरुले पोखरामा मेयर काँग्रेसले पाउनुपर्छ भनेर डेलिगेसन सहित सभापति देउवालाई भेटेर केन्द्रको निर्णयको विरोध गरेको थियो। तर अन्त्यमा पोखरामा एकीकृत समाजवादीले मेयरको भाग पायो र गठबन्धन भित्रै बाट काँग्रेसले पोखरामा पनि बागी उम्मेद्वारी दियो। केन्द्रको निर्णयको विरोध गर्दै देशभर विभिन्न जिल्लामा काँग्रेस नेता कार्यकर्ताहरुले स्थानिय तहका पार्टी कार्यालयहरुमा तालाबन्दी नै गरे। त्यस्तै एकीकृत समाजवादी र माओवादीका स्थानिय नेताकार्यकर्ताहरुले देशभरका विभिन्न जिल्लामा पार्टीको निर्णयको विरोध गरेका छन्।

गठबन्धनको यो चुनावी तालमेल केन्द्रका सिमित शिर्ष नेताहरुको आपसी समझदारी र सत्ता स्वार्थ मात्र भएको आम कार्यकर्ताको बुझाई रहेको छ। त्यसैले गठबन्धनको यो चुनावी तालमेल केन्द्रबाट स्थानिय तहसम्म आइपुग्दा नितान्त बेमेल बनेको छ। स्थानिय तहमा नेता कार्यकर्ताहरु पार्टीको निर्णयले असन्तुष्ट बनेका छन्। चितवनकै कुर गर्ने हो भने पनि चितवन काँग्रेसका जिल्ला तहका नेताहरुले नेता जगन्नाथ पौडेललाई बागी उम्मेद्वारीबाट पछि नहट्न आग्रह गरेका छन् भने अर्को तर्फ प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फ बाट मेयरको उम्मेदवार बनेका विजय सुबेदीलाई जितको अग्रिम शुभकामना भन्दै बधाई दिएर सामाजिक संजालहरुमा स्टाटस लेख्न थालेका छन्। त्यसैमा पनि केहि समय अगाडी गठबन्धनको विषयलाई लिएर प्रचण्डले “चितवनका काँग्रेसले भनेर केहि हुँदैन , गठबन्धन केन्द्रबाट हुन्छ”भनि दिएको अभिव्यक्ति प्रति चितवन काँग्रेसका नेताहरुले त्यसो भए डडेल्धुराबाट मान्छे बोलाएर मत हाल्न लगाउनु भनेर आक्रोश पोखेका थिए।

स्थानिय नेता कार्यकर्ताहरु आफ्नो पार्टीको चुनाव चिन्ह बेगर अन्य कुनै पनि पार्टीको चुनाव चिन्हमा मत नहाल्ने पक्षमा देखिन्छन। यो परिस्थिति हेर्दा गठबन्धनका उम्मेदवारहरुलाई गठबन्धन बाटै भोट नआउने अनुमान गर्न सकिन्छ। र अर्को कुरा सत्ता गठबन्धनकै उम्मेदवारहरुलाई गठबन्धन भित्रकै अर्को दलले आफुलाई भोट नहाल्ने भनेर खुल्लम खुल्ला अभिव्यक्ति बाहिरा आइरहँदा गठबन्धन भित्रै पनि अन्तरघात हुने सम्भावना बढेको छ। यो माहोलले गठबन्धन भित्रै पनि आफुले उम्मेद्वारी दिएको पद बाहेक अरुमा भोट नहाल्न आफ्ना नेता कार्यकर्ताहरुलाई आन्तरिक रुपमा व्हिप नै जारि गरेर चुनावी प्रतिस्पर्धामा जाने सम्भावनालाई बढाएको छ।

समग्रमा वैशाख ३० गतेको निर्वाचन सत्ता गठबन्धन भर्सेस प्रमुख प्रतिपक्ष एमाले हो। तर एमालेको एउटै उम्मेदवार भएको ठाउँमा गठबन्धनबाट एक भन्दा बढी उम्मेदवार हुनुले अन्त्यमा प्रमुख प्रतिपक्ष एमालेलाई नै फाइदा हुने देखिन्छ। गठबन्धनको झटारो बुमर्यांग भएर आफैँतिर आउने सक्ने देखिन्छ। “सौताको रिसले पोइको काखमा पिसाब फेर्ने “भन्ने नेपाली उखान गठबन्धनभित्रको अन्तर्घातले चरितार्थ नगर्ला भन्न सकिने अवस्था भने छैन।

तस्विर : रिपब्लिका/ नागरिक नेटवर्क

हजारका नोटले करोडौंको भविष्य नबिग्रियोस: मन बदलौं मत बदलेर देखाउँ

आगामी वैशाख ३० गते देशमा स्थानिय तहको निर्वाचन हुँदैछ । निर्वाचन लोकतन्त्रको न्यूनतम आधार हो । तर लोकतन्त्रको नाममा देशको विधि- विधान विपरित उम्मेद्वारहरु पैसाको रवाफमा चुनावी प्रतिपर्धामा उत्रिने खराब प्रवृतिले लोकतन्त्रलाई नै खतरामा पारेको छ।  देश गम्भीर आर्थिक संकटको मोडमा आइपुग्दा केहि समय अघि अर्थमन्त्री शर्माले जनताले पैसा सिरानी मुनि राखेका छन् भन्ने अभिव्यक्ति दिए।  तर चुनावमा हुने आर्थिक  चलखेल हेर्दा यस्तो लाग्छ पैसा जनताको सिरानी मुनि होइन कि नेताको सिरानी मुनि रहेछ।  त्यसो त नेपालि काँग्रेसका नेता सशांक कोइरालाले २०७४ को  चुनाबमा आफुले ६ करोड खर्च गरेको खुलासा गरेका थिए।  लगत्तै निर्वाचन आयोगले उनिसंग स्पष्टिकरण पनि माग्यो तर उनको स्पष्टिकरण बारे आयोगले के वैधानिक प्रक्रिया अगाडी बढायो  कुनै जानकारी भएन। 

यस पृष्ठभूमिमा हेर्दा लोकतन्त्रमा संविधान तथा कानुनले निर्धारण गरे अनुसार योग्यता पुगेका नागरिक निर्वाचनमा  सहभागी हुने गरी सहज र सरल तरिकाले निर्वाचन सम्पन्न गरेर असल, योग्य र क्षमतावान विधि निर्माताको चयन गर्ने व्यवस्था गर्नु राज्यको दायित्व हो । तर  उम्मेदवारहरूको चुनावी खर्चको कुरा र पार्टीलाई गर्ने आर्थिक सहयोगको पाटोलाई  लिएर ६० को दशकसँगै नेपालमा पनि व्यावसायिक समूहका प्रभावशाली व्यक्तिहरूलाई धन-कुबेरको रूपमा आफ्नो दलमा भित्र्याउने र कतिपय अवस्थामा उम्मेदवार बनाउने र बन्ने प्रतिस्पर्धा तीव्र हुँदैगयो ।

कतिपय यस्ता व्यक्तिहरू एउटा निर्वाचनमा एउटा दलको सदस्य बनेर उम्मेदवार बन्दछन् भने अर्को निर्वाचनमा अर्कै दलमा पुग्दछन् । किनभने उनीहरूको राजनीति कुनै सिद्धान्त, आस्था, मूल्य र दर्शनमा अडेको हुँदैन । उनीहरूको प्रमुख ध्येय राजनीति र सत्तामा आफ्नो प्रभाव कसरी बढाउने तथा आफ्नो व्यवसायको विस्तार गरी बढीभन्दा बढी धन आर्जन कसरी गर्ने भन्ने  मात्र हुन्छ।  जे होस, करोडौं खर्च गर्न सक्ने आफ्नो योग्यता सहित दलको टिकट माग गर्न मुख्य पार्टीका नेताहरुको दैलो चहार्ने आकांक्षीको लस्कर भने कम भएको छैन । सुनिंदैछ, कतिपय उम्मेदवार त सहयोगका नाममा चन्दा असुली गरेर निर्वाचनलाई नै आय आर्जनको अवसरमा बदल्ने धुनमा व्यस्त छन्।  यस्तो अवस्थामा निर्वाचनमा अवैधानिक तरिकाले उम्मेदवारको चुनाव खर्चको लागत व्यहोर्ने पक्षहरूको दबदबा बढ्दछ । अनि नीति तथा कानुन निर्माणमा स्वार्थ समूह हावी हुन्छन्।  कुनै निश्चित समूह, व्यावसायिक समुदाय वा व्यक्तिको हितलाई मात्र केन्द्रबिन्दुमा राखेर कानुन बन्न थाल्दछन् । त्यसबाट देशको आर्थिक, राजनीतिक तथा सामाजिक व्यवस्थामा दूरगामी प्रतिकूल प्रभाव  पर्ने प्रस्ट  देखिन्छ। 

मतदाताले यतिखेर गएको पाँच वर्षमा जनप्रतिनिधिले गरेका कामको मूल्यांकन गर्दै सम्पूर्ण जनताले आ-आफ्ना स्थानीय तहहरूमा आसन्न निर्वाचन मार्फत सक्षम , निष्पक्ष र क्षमतावान जनप्रतिनिधि चुन्नु पर्ने समय आएको छ। उम्मेद्वारहरूको सम्बन्ध कस्ता-कस्ता व्यक्तिहरूसँग रहेको छ? त्यस्ता व्यक्तिहरूले समाजमा के-कस्तो प्रकृतिको काम गरिरहेका छन् र उनीहरू त्यो पोजिसनमा कसरी पुगे? यस्ता विषयहरूमा पनि विशेष ध्यान पुर्‍याउन आवश्यक छ। निर्वाचन जित्नका लागि कतिपय व्यक्तिहरूले कुनै स्वार्थ समूहको लगानीमा निर्वाचनमा प्रभाव पारी मतदाताहरूलाई प्रभावमा पार्न सक्छन् र निर्वाचित भइसकेपछि तिनै स्वार्थ समूहको इसारामा काम गर्ने गर्छन्। त्यसैले सम्पूर्ण मतदाताहरूले मतदानका समयमा विवेकपूर्ण निर्णय लिन आवश्यक छ। स्थानीय तहको निर्वाचन, प्रदेशसभा निर्वाचन र संसदीय निर्वाचनभन्दा नितान्त फरक छ। स्थानीय तहका जनप्रतिनिधिले आ-आफ्नो तहमा प्रत्यक्ष शासन संचालन गर्दछन् जसमा आफ्नो स्थानीय तहमा कार्यकारी तथा विधायकी अधिकार हुन्छ भने प्रदेश सांसद र संघीय संसदहरूले विधायकी अधिकार प्रयोग गर्ने गर्छन। त्यसैले स्थानीय तहमा कस्तो किसिमको जनप्रतिनिधि आवश्यक पर्छ, त्यस बारेमा मतदाता आफैले मननगरी मतदान गर्नुपर्ने देखिन्छ।

तसर्थ आगामी निर्वाचनमा पैसाको पछि लागेर मतदान गर्दै गर्दा अर्को पांच बर्ष हामि फेरी तिनै शोषकहरुबाट शासित हुनुपर्नेछ।  हिजोकै नियति अर्को पांच बर्ष झेल्नुपर्नेछ।  त्यसैले यस पटकको निर्वाचनमा सबैले स्वविवेक प्रयोग गरेर मतदान गरौँ ।  अन्यथा अर्को पांच बर्ष दुख पाउने त तपाई हामि सर्वसाधारण जनताले नै हो।  कालो सिसा भएको गाडि भित्र बसेर अगाडी पछाडी जन्ती गए जसरि प्रहरीको लर्को लगाएर हिंड्ने ति तपाइका नेतालाई चुनाव पछि त भेट्न पनि मुश्किल हुनसक्छ।  त्यसैले तपाइको समस्यासंग जुधेर समाधान गर्न तपाइको घरदैलोसम्म आउने उम्मेद्वारलाई भोट गरौँ। चुनावमा नेताले दिएको हजारको नोटले करोडौं नेपालीको भविष्यमाथि खेलवाड नहोस।  हजारको नोटले तपाई हाम्रो स्वाभिमान र हाम्रो अधिकारलाई बन्दि बनाउने दुश्साहास नगरोस। सधैंको जस्तो नेतालाई मागी खाने कमण्डलु होइन,यो निर्वाचन  देश र जनताको सम्वृद्धिको मार्ग बनोस।  हाम्रो गाउँ टोल समाजको भविष्य बदल्ने अभिभारा तपाई हाम्रै काँधमा आएको छ।  आफ्नो अमुल्य मतको सदुपयोग गरौँ।  यो पटक मन बदलेर हेरौं, मत बदलेर हेरौं।  हाम्रो समाज अनि हाम्रो भविष्य कस्तो बनाउने हाम्रै हातमा छ । हाम्रालाई होइन राम्रालाई मतदान गरौँ।  

raj
राज अर्याल

स्थानीय तह निर्वाचनमा १ लाख ४१ हजार ४६८ जनाको उम्मेदवारी दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि १ लाख ४१ हजार ४६८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज बिहान सार्वजनिक गरेको मनोनयनको अन्तिम तथ्याङ्क अनुसार प्रदेश १ मा २२ हजार १९४ र मधेश प्रदेशमा ३६ हजार २ सय ७५ उम्मेदवार रहेका छन् । त्यसैगरी वाग्मती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८ सय ४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७ सय ६२ उम्मेदवार रहेका छन् ।

जसमध्ये गाउँपालिका र नगरपालिकामा अध्यक्ष/मेयर पदका लागि ३ हजार ३१८ र उपमेयर/उपाध्यक्ष पदका लागि २ हजार ३६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । त्यसैगरी गाउँपालिका अध्यक्षका लागि ३ हजार ३०६, उपाध्यक्षमा २ हजार ३ सय ४३ र वडाध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यका लागि २१ हजार ९७९ र सदस्यका लागि ५१ हजार ९२ जना रहेका छन् ।

त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षमा ७५३, वडा अध्यक्षमा ६ हजार ७ सय ४३, महिला सदस्य र दलित महिला सदस्य–३५ हजार २ सय २१ उम्मेदवारी परेका छन् ।

आयोगले आज उम्मेदवार विरुद्ध उजुरी परे उजुरी लिने दिन तोकेको छ ।

उजुरीहरूको छानबिन वैशाख १४ र १५ गते हुनेछ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम मिति वैशाख १६ रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र १७ गते चुनाव चिन्ह प्रदान गर्नेछ।

गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेश विषयमा छलफलका

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेश दिने–नदिने भन्ने विषयमा छलफलका लागि पेसी तोकेको छ।

चैत २५ गते निलम्बनमा परेका गभर्नर अधिकारीलाई वैशाख ७ गते न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्काएको थियो। सोहि अन्तरिम आदेशबारे छलफलका लागि न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा पेसी तोकिएको छ।

सरकारले व्यक्तिगत रिसरागका कारण आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आज जो कोही मतदाताले कुनै पनि उम्मेद्वार विरुद्ध दाबी-विरोध र उजुरी दिन पाउने

स्थानिय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता प्रक्रिया हिजो राति अबेर मात्र सकिएको छ। निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा गएर आज उम्मेद्वार विरुद्ध दाबी/विरोध र उजुरी दिन सक्नेछन ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ ले निर्धारण गरेको उम्मेदवारहरूको योग्यता र आयोगले तोकेको उजुरी दिन सकिने प्रावधानको आधारमा कुनै पनि उम्मेद्वार विरुद्ध उजुरी दिन सकिने व्यवस्था रहेको छ ।

कुनै पनि उजुरीको आधारमा वैशाख १४ र १५ गते उजुरीमाथि छानविन गरेर १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। त्यसैगरी १६ गते उम्मेद्वारी फिर्ता लिन सकिनेछ भने, १६ गते(अपराह्न) नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरि १७ गते सबै उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

देशभरबाट उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३७ हजार ४३

स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेको संख्यया १ लाख ३७ हजार ४३ पुगेको छ।

निर्वाचन आयोगले जारि गरेको तथ्यांकअनुसार विभिन्न पालिकाको प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि अध्यक्ष पदको लागि ३ हजार २६४ जना तथा उपाध्यक्ष पदको लागि २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगले जारि गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै उम्मेद्वारी मधेश प्रदेश अन्तर्गत ३४ हजार ७ सय ४७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने, सुदूर पश्चिम प्रदेश अन्तर्गत सबैभन्दा कम ११ हजार ९८जनाले उम्मेद्वारी दिएका छन्।

माओवादी केन्द्रले चुनावी घोषणापत्र जारी नगर्ने


माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि घोषणापत्र वा कुनै पनि प्रतिवद्धता पत्र जारी नगर्ने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले चैत्र २२ गते सार्वजनिक गरेको अपील अनुसार स्थानीय तहले आफ्नो घोषणापत्र जारी गर्न सक्ने तर केन्द्रले निर्वाचनका लागि घोषणापत्र नबनाउने भएको छ ।

माओवादीको अपीलमा टोल टोलमा सहकारी र घर-घर रोजगारीको व्यवस्था, एक टोल एक उद्यम, एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रमहरू लागू गर्ने जस्ता मुद्दाहरू समावेश छन्।

भरतपुरको मेयरमा नेपाली काँग्रेसको तर्फबाट मोहित जङ्ग पाण्डेको स्वतन्त्र उम्मेद्वारी


आसन्न स्थानिय निर्वाचनमा सत्ता साझेदार पांच दलिय गठबन्धनले साझा उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको छ। तर पार्टीका शिर्ष नेताहरुले केन्द्रमा बसेर गरेको यो निर्णयले नेपाली काँग्रेसका तल्लो तहका आम कार्यकर्ताहरुलाई भने निराश बनाएको छ ।

यता हिजो उम्मेद्वारी दर्ता प्रक्रिया सुरुभएसंगै पार्टीको निर्णयप्रति असन्तुष्ट रहेका स्थानिय तहका नेता कार्यकर्ताहरुले भने देशभरबाटै स्वतन्त्र उम्मेद्दवारी दिन थालेका छन् । यसैबीच भरतपुर महानगरपालिकामा गठबन्धनले रेणु दाहाललाई मेयरमा उठाउने निर्णय गरेपछि असन्तुष्ट बनेका चितवन काँग्रेसका कार्यकर्ताहरुले पनि बागी उम्मेद्वारको रुपमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

उम्मेद्वारी दर्ताको पहिलो दिन हिजोनै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तरुणदल चितवनका सह सचिव मोहित जङ्ग पाण्डेले मेयरमा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। चार तारा झण्डा बोकेर र वि पी को नाम बेचेर मात्र काँग्रेस भइदैन। सच्चा काँग्रेसले त पार्टीको गलत कदमको विरोध गर्न सक्ने सामर्थ्य पनि राख्नुपर्छ भन्दै सभापतिको गलत निर्णयको खबरदारी र चितवन काँग्रेसलाई झक्झक्याउन आफुले स्वतन्त्र उम्मेद्वारी दिएको पाण्डेले बताउनुभयो।

mmmmmmmmmmmmm

आज साँझसम्म उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने

स्थानिय तह निर्वाचन २०७९ को लागि हिजो देखि सुरु भएको उम्मेद्वारी दर्ता प्रक्रिया आज साँझ ५ बजेसम्म रहनेछ।

हिजो पहिलो दिन देशभर १० हजार ५३३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको छ । त्यसै गरि वडाध्यक्षमा २९२१, वडा सदस्यमा ३३३८, महिला सदस्यमा १५७६, दलित महिला सदस्यमा १२०३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये ३५०६ जना महिला छन् ।
आज साँझ ५ बजे उम्मेदवारी दर्ता प्रक्रिया सकिए लगत्तै उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। उम्मेद्वारमाथि उजुरी दर्ता गराउने समय आयोगले भोलि दिनभरीको लागि तय गरेको छ भने वैशाख १४ र १५ गते उजुरीमाथि छानविन गरेर १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। त्यसैगरी १६ गते उम्मेद्वारी फिर्ता लिन सकिनेछ भने, १६ गते(अपराह्न) नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरि १७ गते सबै उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक


नेपाली काँग्रेसले स्थानीय निर्वाचन २०७९ को आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।


काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबिच पार्टी सभापति शेर बहादुर देउवाले पार्टीको घोषणापत्र ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गर्नुभएको हो।


नेपाली काँग्रेसको घोषणापत्रको पुर्णपाठ।

लियो क्लब अफ नारायणगढ चित्रवनको अध्यक्षमा विमोचन आचार्य निर्वाचित


लियो क्लब अफ नारायणगढ चित्रवनको १४औ साधारणसभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२-२३ को लागि विमोचन आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको छ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आचार्य, बेटर चितवन, माली दाई लगायत अन्य विभिन्न सामाजिक संघ-संस्थामा पनि आवद्द रही सामाजिक कामहरु गर्दै आइरहनुभएको छ ।

लियो सन्तोष सुवेदी (अध्यक्ष लायन बर्ष २०२१-२२) सभापति र लायन्स क्लब अफ नारायणगढ चितवन लायन बर्ष (२०२१/२२ ) का अध्यक्ष लायन केशवप्रसाद लामिछाने प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा ,लायन्स क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लायन हर्षमान श्रेष्ठ , लायन्स क्लव अफ नारायणगढ चित्रवनका नव निर्वाचित अध्यक्ष लायन प्रबिन कुमार श्रेष्ठ , लियो जिल्ला परिषद ३२५ आर, नेपालको ( ला. बर्ष २०२२/२३) को जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको लियो क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लियो पुरुषोतम सुवेदी ,क्लवका पूर्व अध्यक्षहरु प्रवेश गौतम , बिकास पाण्डे ,सन्दिप पाठक , प्रवेश बाबु खनाल , रमेश कडेल लगायतको उपस्थिति रहेको थियो ।
१४औ साधारणसभा तथा शाखा अधिबेशनमा ,मनोनयन अधिकृत लियो रमेश कडेल र निर्वाचन अधिकृत लियो सन्दिप पाठक रहनुभएको थियो।
१४औ साधारणसभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२-२३ को लागि निर्वाचित नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरु :
प्रथम उपाध्यक्ष: लियो बिनोद भण्डारी
दृतिय उपाध्यक्ष : लियो आशिस लामिछाने
सचिव : लियो सुमन श्रेष्ठ
कोषाध्यक्ष : लियो राजु भण्डारी
सह सचिव : लियो रुविशा अधिकारी
सह कोषाध्यक्ष : लियो बालकृष्ण भण्डारी
जन सम्पर्क अधिकृत : लियो दिक्षा शर्मा
टेर ट्विस्टर : अशिम कडेल

टामर : लियो रोशन ओझा

निर्देशक : लियो अमृत लामिछाने
निर्देशक : लियो धर्म नाथ यादव

मधेस प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

मधेस प्रदेशकी पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

उहांको आज बिहान काठमाडौंको रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो ।उहांको करिब डेढ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । झा प्रजातान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता तथा पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी हुन्।
झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत रहनुभएको थियो ।

पारिवारिक सदस्यका अनुसार अन्तिम श्रद्धाञ्जलीका लागि झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा लैजाने तयारी गरिएको छ।

गठबन्धन : नेपाली काँग्रेसको अवसान

२०७४ को स्थानिय चुनावमा नेपाली  काँग्रेसले माओवादीसंग चुनावी तालमेल गरेर चितवनमा रेणु दाहाललाई समर्थन गर्दै माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा मेयर उठायो। अन्त्यमा माओवादीले एमालेसंग बाम गठबन्धन गरेर संघिय चुनावमा काँग्रेसकै विरुद्द चुनाव लड्यो।  यो बीचमा काँग्रेसले धेरै  ठाउँमा आफ्ना कार्यकर्तालाई रुखमा भोट हाल्ने वातावरण बनाउन सकेन।  चितवनकै सवालमा पनि चितवनका काँग्रेसहरुले पहिले हँसिया हथौडामा भोट हाले र माओवादी जिताए  र प्रतिनिधि सभाको निर्वाचनमा हलोमा भोट हाले ।  कतिपय काँग्रेस भनेको मै हुँ भन्नेहरुले पनि, दिनभर विक्रम पाण्डेको झोला बोकेर हिंड्ने अनि रात परेपछि प्रचण्ड जिताउ अभियानमा हिंड्ने सुवर्ण मौका पाए। यो सुवर्ण अवसर पाएका केहि भाग्यमानि कांग्रेसीहरु त अहिलेको चितवन काँग्रेसमा पनि जिल्लाको चल्ति नेताहरुमा गनिन्छन्। अनि पार्टीको गलत कदमको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएर चुनावमा उठ्दा, मैले झन्डै डेढ दशक पुरानो क्रियाशील सदस्यता गुमाउनुपर्यो। पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीले मलाई कारवाही गर्यो। 

 जे होस् यी दुवै निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोग्नुपर्यो। काँग्रेसकै समर्थनमा गोरखाबाट चुनाव जितेका बाबुराम भट्टराईले त चुनाव जितेको महिना दिन नबित्दै एउटा कार्यक्रमको मञ्चबाट अब काँग्रेसलाई जरैदेखि ऊखेलेर फ्याँक्नुपर्छ सम्म भन्न भ्याए।  यता प्रचण्डले पनि बाम गठबन्धन पछि काँग्रेस अब सिद्दियो भन्ने जाने हुन्छ भनेर सार्वजनिक मञ्चमै आफ्नो अभिव्यक्ति दिए। यी सब घटनाक्रमहरुका बाबजुद पांच वर्षपछि आज आएर फेरी इतिहासको त्यहि शृंखला दोहोरिंदैछ ।  नेपाली काँग्रेसले फेरी आफ्नो बाटो विराएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादका खातिर झण्डै आधा शताव्दी भन्दा बढी  समयदेखि अनवरत रुपमा  संघर्ष  गर्दै आइरहेको पार्टिले चुनाव जस्तो प्रजातान्त्रिक अभ्यासमा एक्लै प्रतिस्पर्धा गर्न डराएर विचार र सिद्दान्त नै नमिल्नेहरुसंग गठबन्धन गरेर चुनाव लड्नु  जस्तो लज्जास्पद अरु के हुन सक्छ ? यदि साँच्चिकै वि पी को विचार र पार्टीको विधान, आदर्श र सिद्दान्तको कुरा गर्ने हो भने, काँग्रेसले हार्दै गर्दा पनि हरेक स्थानिय तहमा आफ्नो उम्मेद्वार उठाउने हैसियत राख्न सक्नुपर्छ । हार नै सहि, तर आजको हारबाट पाठ सिकेर भोलिको दिनमा आफ्ना कमीकमम्जोरीहरुको समिक्षा  गर्दै आफुलाई सुधार्ने प्रयास गरौँला । तर प्रचण्ड ओलीसंग मिलेर चुनाव लड्छन भन्ने डरले पार्टि सभापतिको मुटु काँपेको हो भने सभापति देउवाले  वि पी को विचार होइन प्रचण्डको झोला बोकेर सो कल्ड प्रचण्डपथमा लाग्दा राम्रो तर देउवाको सति गएर पार्टीको सिद्दान्त र कार्यकर्ताको आस्थामा दागबत्ती दिन सकिन्न ।

 अघिल्लो पांच बर्ष र यो बीचको पांच बर्षमा काँग्रेस भएरै पनि रुखमा भोट हाल्न नपाएकाहरुले के कसरि चित्त बुझाउलान थाहा छैन तर सिंगो एउटा दशकमा यसले पार्टीलाई ठुलो क्षति पुर्याउनेछ।  बर्षौं भरि पार्टीलाई संगठित गर्दै हिंड्यो अनि अन्त्यमा  आएर कहिले हँसिया हथौडा त कहिले हलोमा भोट हाल्नुपर्ने नियति काँग्रेस कार्यकर्ताले कहिलेसम्म झेल्नुपर्ने ? हँसिया हथौडामा भोट हालेर काँग्रेस जिताउ भन्दै हिड्नुपर्ने काँग्रेसको सिद्दान्त के बदलिएकै हो त ? २-२ पटकको निर्वाचनमा पनि रुखमा भोट हाल्न नपाएकाहरुलाई पार्टी भित्र संगठित गरेर समेटेर कसरि राख्ने ? उनीहरुमा आउन सक्ने सैदान्तिक विचलनको जिम्मा कसले लिन्छ ? सबै अट्ने देश र सबैलाई जोड्ने काँग्रेसको नारामा आज वि पी को विचार  नअटाउनु  र सबैलाई जोड्ने बहानामा  काँग्रेस प्रति आस्था राख्नेहरुनै पार्टीबाट  छुट्दै जानु विडम्बनापुर्ण छ।  भुँइको टिप्न खोज्दा पोल्टाको पोखिएको थाहा नपाउने पार्टीका शिर्ष नेताहरु निदाएका छन् कि निदाए जस्तो गर्दैछन ?   हँसिया हथौडामा भोट हालेर काँग्रेस जिताउँ भन्दै हिंड्नुपर्ने हो भने, भोलि सिला खोजेजसरि काँग्रेस खोज्नु पर्ने दिन नआउला भन्न सकिन्न।  अनि त्यो बेला के काँग्रेस खोज्न हामि डडेलधुरा जानुपर्ने हो ? 

सभापतिज्यु,कुनै एउटा अमुक व्यक्ति हार्दै गर्दा पार्टी  नहारोस तर पार्टी हार्दै गर्दा पनि मेरो देश नहारोस भन्ने वि पी र काँग्रेसको आदर्शलाई लत्याएर पदकै निम्ति तपाइले पार्टी फ़ुटाएको इतिहास पनि हामिले विर्सेको छैनौं। काँग्रेस भएकै कारण हिजो माओवादीले खेदेर घर छोड्न बाध्य भएकाहरु, अनि तिनको कुटाइले घाइते भएकाहरुलाई  तपाई कुन नैतिकताले  हँसिया हथौडामा भोट हाल नत्र कारवाही गर्छु भनेर धम्क्याउनुहुन्छ ? नेपाली  काँग्रेस बुढानिलकण्ठ दरबारको  विरासत होइन।   त्यसैले पार्टीको विधान र सिद्दान्तलाई अङ्गीकार गरेर अगाढि बढ्ने सामर्थ्य तपाईमा छैन भने, पार्टी सभापतिबाट राजिनामा दिनुहोस।  पार्टीलाई सुदृढ बनाएर सहि नेतृत्व दिन सक्ने सक्षम व्यक्तिहरु काँग्रेस भित्र अझै  पनि जीवित छन्। टाउकाको मुल्य तोकेकाहरुसंग टाउको जोडेर अगाडी बढ्न तपाइलाई कुन स्वार्थले अभिप्रेरित गरेको छ ?  अन्य कुनै अमुक राजनीतिक दलसंग तपाइको निजि विचार मिल्छ भने तपाइलाई हँसिया हथौडा बोकेर हिंड्ने छुट छ, तर पार्टीको विचार र सिद्दान्तै नमिल्नेहरुसंग कुम जोडेर हिंड्दै गर्दा चार ताराको झण्डामुनि बसेर नेपाली काँग्रेसको राजनीति गर्ने छुट तपाइलाई छैन। पार्टीको विधान र सिद्दान्त अनि कार्यकर्ताको आस्थाको धज्जी उडाएर प्रधानमन्त्रीको कुर्सिमा बसिरहनकै निम्ति काँग्रेसको बलि चढाउने छुट तपाइलाई छैन। जय नेपाल !

प्रवेश अधिकारी
प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र न.३, स्वतन्त्र उम्मेद्वार(नेपाली काँग्रेस)

तस्विर : माई रिपब्लिका, नागरिक नेटवर्क

स्थानीय निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु हुँदै

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले आज र भोलि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म देशभरका निर्वाचन कार्यालयमा मनोनयनको दर्ता गर्न सकिने बताएको छ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।

त्यसैगरी देशभरका स्थानीय तहमा ६७४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारी दिएको दलको चुनाव चिन्ह मात्र मतपत्रमा छापिने


निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने निर्णय गरेको छ। निर्वाचन आयोगको यो निर्णय भने ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको हकमा मात्र लागु हुनेछ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

राष्ट्रिय दलहरुले जुन जुन पदमा जुन ठाउँबाट आफ्नो उम्मेदवारी दिन्छन्, त्यहाँको मतपत्रमा सम्बन्धित दलको चुनाव चिह्न रहन्छ भने उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र अमेरिकी सांसदको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल–अमेरिका मित्रता र सरकार, संसद र जनता सम्मिलित बहुआयामिक साझेदारीका उपायका बारेमा विचार आदानप्रदान भएको र जलवायु परिवर्तनलगायतका विश्वव्यापी समस्याका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र परराष्ट्र मन्त्री खड्कासंगको भेट्पछी नेपाल भ्रमणमा रहेको अमेरिकी सांसद टोली र नेपाल–अमेरिका संसदीय मैत्री समूहहबीच काठमाडौंस्थित होटल मेरिएटमा अहिले भेटवार्ता भइरहेको छ।

नेपाल अमेरिका संसदीय समूहका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता डा. मिनेन्द्र रिजालले अमेरिकी सांसदको टोलीलाई स्वागत गर्नुभएको थियो ।

भेटमा शक्ति बस्नेत, जीवनराम श्रेष्ठ, बिन्दा पाण्डे र नवराज सिलवाल लगायत नेपाली सांसदहरू रहेका छन्। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी एवम् दूतावासका अधिकारी पनि बैठकमा सहभागी छन्।

अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किर्स्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस , कोरी बुकर , मार्क केली र तल्लो सदन प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स नेपाल भ्रमणका लागि हिजो साँझ काठमाडौं आइपुगेका हुन्।

नेकपा एमालेको घोषणापत्र सार्वजनिक

प्रमुख प्रतिपक्ष एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पढेर सुनाउनुभएको थियो।

नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्र पूर्णपाठ।

जिम्बावे विरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि २३ सदस्यीय टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान ) ले जिम्बावे विरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि आज २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।

नेपाल र जिम्बाब्वे ए टोलीबीच तीन एकदिवसीय र तीन टी–२० खेल हुनेछ ।एकदिवसीय शृंखला वैशाख १७ बाट सुरु हुनेछ । पहिलो खेल वैशाख १७ गते, दोस्रो खेल वैशाख १९ गते र तेस्रो खेल वैशाख २१ गते हुनेछ ।

त्यस्तै टी–२० सिरिजको पहिलो खेल वैशाख २३ , दोस्रो खेल २४ र तेस्रो खेल २६ मा हुनेछ ।जिम्बावेले नेपाल भ्रमणका लागि बिहीबार टोली घोषणा गरिसकेको छ । जिम्बावे ए टोली वैशाख १५ मा नेपाल आउनेछ ।

nepali cricket team

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

यसपटक परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन् । यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइईमा सहभागिता जनाउने छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ विद्यार्थी र ग्रेड बढुवामा ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पछिल्लो दुई वर्षमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको हुँदा ग्रेड वृद्धिको अवसर नभएकाले यो पटक २ बर्ष अघि ग्रेडवृद्धिको परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुनेछन । प्राविधिक कक्षा सञ्चालन गर्दै आएका देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसइई दिनेछन् ।
साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।परीक्षा र समीक्षाको काम सम्पन्न गरी उत्तरपत्रिका प्रदेशलाई पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेश बोर्डले प्रदेश कार्यालयसँग समन्वय गरी काम गर्नेछ। सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहनेछ ।

तस्विर : दिपेन श्रेष्ठ

५३ जिल्लाका लागि कुल १ करोड १९ लाख मतपत्र छापियो

स्थानीय तहको निर्वाचनका लागि ११ करोड १९ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।

आज नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजसम्म ५३ जिल्लाको लागि मतपत्र छपाइसकेको जानकारी दिनुभएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ ।

आयोगले स्थानीय निर्वाचनका लागि १९ करोड ४० लाख मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

सुरुमा दुर्गम जिल्ला र पछि पहुँचयोग्य जिल्लाका लागि मतपत्र छाप्ने काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरुमा सुरक्षाका साथ ढुवानी गर्नुपर्ने आयोगले जनाएको छ ।
मतपत्र संवेदनशील सामग्री भएकाले त्यसको ढुवानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रवक्ता पौडेलले निर्वाचनका अन्य सामग्रीको सुरक्षा भने प्रहरीले गर्ने बताउनुभएको छ । जमिनबाट मतपत्र पठाउन नसकिने जिल्लामा हेलिकप्टरबाट मतपत्र पठाउने तयारी भइरहेको आयोगले जनाएको छ ।

आयोगले अन्य निर्वाचन सामग्री ढुवानीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको र प्रहरीले आवश्यक समन्वय गरी सुरक्षा व्यवस्था गर्ने जानकारी दिएको छ । प्रवक्ता पौडेलले जीपीएस मार्फत निर्वाचन सामग्री ढुवानीको अनुगमन गरिने बताउनुभएको छ। प्रवक्ता पौडेलले भन्नुभयो,”आयोगका कर्मचारी निर्वाचन सामग्री ढुवानी गर्न जान्छन, कर्मचारीको मोबाइलमा जीपीएस ट्र्याकिङ सिस्टम छ” ।

ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएपछि एक जनाको प्लान्टभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन।
विस्फोटका कारण प्लान्टभित्र जान असम्भव भएकाले घाइते के कति छन् भन्ने यकिन नभए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानले ५ जना घाइते भएको पुष्टि गरेको छ । घाइतेहरुलाई उपचारका लागि पाटन र बीएण्डबी अस्पताल लगिएको छ।

नेपालमाथि नाकाबन्दीको आरोप निराधार : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमाथि नाकाबन्दीको आरोप निराधार भएको बताउनुभएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले कोरोना महामारीका बावजुद नेपाल र चीनबीचको व्यापार पनि गत वर्षको तुलनामा ६३ प्रतिशतले बढेको भन्दै नाकाबन्दी निराधार रहेको बताउनुभएको हो।

कोरोना महामारीका कारण चिन – नेपाल सिधा उडान अवरुद्ध भएको र पुनः सञ्चालनका लागि छलफल भइरहेको र तातोपानी र रसुवागढी नाका हुँदै सीमापार व्यापार सुधार गर्न नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक बस्ने राजदूत यान्छीले बताउनुभयो ।

सत्ता गठबन्धनले टुंगो लगायो उम्मेदवारको भागवण्डा

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको टुंगो लगाएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकले सहमतिमा नै उमेद्द्वारको टुंगो लगाएको छ।

सहमति अनुसार कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

त्यसैगरी धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा काँग्रेसकै तर्फबाट उम्मेदवारी दिने सहमति भएको छ।

नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा ,जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा ,हेटौंडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेको पत्रमा सम्बन्धित समितिहरुलाई सहमति अनुसार उम्मेदवारहरुको चयन गर्न निर्देशन गरिएको छ। साथै सहमति हुन नसकेको खण्डमा गठबन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने पनि उल्लेख गरिएको छ।

यता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने थालेका छन् । जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका छन् ।

gath1
gath

काममा फर्किए गभर्नर अधिकारी

सर्वोच्च अदालतको अल्पकालीन अन्तरीम आदेशसँगै नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्।

व्यक्तिगत कारणहरुको आधारमा गैर कानुनि रुपमा आफुलाई निलम्बन गरिएको भन्दै गभर्नर अधिकारीले सरकार विरुद्द दाएर गरेको रिटमा सुनुवाई गर्दै, सर्वोच्चले
मन्त्रिपरिषद्को र अर्थ मन्त्रालयको चैत २५ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन भनि आदेश दिएको हो।

सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अदालतले आदेश दिएको छ। नेपाल राष्ट्र बैंक, मौद्रिक नीति तथा समग्र स्थायित्वसँग गाँसिएको विषय देखिएकाले अन्तरिम आदेश जारी गर्ने/नगर्ने सम्बन्धमा दुवै पक्षलाई झिकाई छलफल गरी निर्णयमा पुग्नुपर्ने देखिएको भन्दै वैशाख १३ गते पेसी तोकी दुवै पक्षलाई जानकारी दिन पनि आदेश गरिएको छ।

उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ ।

सर्वोच्च अदालतले यसअघि निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

आजको सर्वोच्चको निर्णय अनुसार अब स्थानिय जनप्रतिनिधिले निर्वाचनमा मनोनयन दर्ता गर्नु अघि पदबाट राजिनामा दिनुपर्नेछ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध दायर गरेको रिट खारेज गर्दै सो निर्णय गरेको हो।

नेकपा (एकीकृत समाजवादी)को घोषणापत्र सार्वजनिक

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

“जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार” नारा दिएको घोषणापत्रमा समाजवादीका स्थानीय एजेण्डा र पार्टी विद्रोका कारण उल्लेख गरिएको छ।

घोषणापत्रमा,एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाउं लगायतका कार्यक्रमहरु समावेश गरिएको समाजवादीले जनाएको छ।

निलम्वित गभर्नर अधिकारीको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै

निलम्वित गभर्नर महाप्रसाद अधिकारीले आफु विरुद्द गरेको कारबाही फिर्ता गरि पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

आफुलाई पूर्वाग्रहि रुपमा प्रतिशोध राखेर निलम्बन गरिएको दावी गरेका गर्दै निलम्वित गभर्नर महाप्रसाद अधिकारीले आफूमाथिको निलम्बन फुकुवा गर्ने आदेश जारी हुनुपर्ने माग गरेका छन् ।

आफूमाथि छानविनका लागि गठित समितिमा रहेकाहरुको निष्पक्षतामा समेत उनले प्रश्न उठाएका छन् । आफूलाई सरकारको नीति तथा कार्यक्रममा सहयोग नगरेको भनी आरोप लगाइए पनि त्यसको प्रमाण पेश गर्न नसकेको भन्दै निलम्बित गभर्नर अधिकारीले त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कतिपय फाइलमा अर्थमन्त्री शर्माले हस्तक्षेप गर्न खोजेको र आफूले प्रतिवाद गरेको उनले रिट निवेदनमा उल्लेख गरेका छन् । त्यही कारणले निलम्बन गरिएको उनको दावी रहेको छ ।

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि देशभर सुरु गर्दैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार आज र भोलि ७५३ नगरपालिकामा राष्ट्रिय भिटामिन ए र जुकाविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

मन्त्रालयले देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ लाख बालबालिकालाई जुकाविरुद्धको औषधि दिने योजना बनाएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकैको स्वास्थ्य केन्द्रबाट औषधिको व्यवस्थापन गर्नेछ ।

विना निष्कर्ष टुङ्गियो सत्ता गठबन्धनको दोस्रो चरणको बैठक

स्थानिय निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबिच भएको आजको दोस्रो चरणको छलफल पनि विना निष्कर्ष टुंगिएको छ।

दोश्रो पटक बसेको बैठकले पनि उमेद्द्वार भागवण्डाको विषयमा सहमति जुटाउन नसकेपछि भोलि पुन बैठक बस्ने गरि आजको दोश्रो चरणको बैठक पनि टुङ्गिएको हो। बैठक भोलि बिहान ११:३० मा पुन बस्नेछ।

आजको बैठक मूलतः ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँडका विषयमा केन्द्रित रहेको बताइएको छ । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिट दाबी गरेपछि सहमति हुन नसकेको बताइएको छ ।

विना निष्कर्ष टुंगियो सत्तारुढ गठबन्धनको बैठक

स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँडका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठक साँझसम्मका लागि स्थगित भएको छ ।

सिट बाँडफाँडलाई टुंगो लगाउन बैठक साँझसम्मका लागि सारिएको गठबन्धनका नेताहरूले बताएका छन् ।

गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा–माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । गठबन्धनले समन्वयका लागि सात बुँदे मापदण्ड भने जारी गरिसकेको छ ।

आजको बैठक मूलतः ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँडका विषयमा केन्द्रित रहेको बताइएको छ । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिट दाबी गरेपछि सहमति हुन नसकेको बताइएको छ ।

सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने सरकारको निर्णय

सरकारले विदेशी मुद्रा सञ्चिति घट्दै गएको कारण सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्रालयका अनुसार इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारको सो निर्णय,अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा भने लागू नहुने उल्लेख गरिएको छ।
३० चैतको मन्त्रिपरिषद् बैठकले गरेको सो निर्णय आगामी असार मसान्तसम्म लागू हुने पनि बताइएको छ।

sarakaar

सरकार विरुद्ध मुदा लिएर निलम्बित गभर्नर सर्वोच्चमा:रिटको पेशी भोलि हुने

निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन्। सरकारले अवैध रुपमा आफुलाई कारबाही गरेको भन्दै आज उनले सर्वोच्च पुगेर रिट दायर गरेका छन्।

सरकारले योजना अनुरुप काम गर्न नसकेको र सुचना चुहाएको भन्ने आरोप सहित निलम्बन गरेर जाँचबुझ समिति समेत बनाएको थियो।

गभर्नर अधिकारी सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै हिजो सर्वोच्च अदालत पुगेका थिए । उनको रिट निवेदन अध्ययन गरेपछि आज सर्वोच्च प्रशासनले उनको रिट दर्ता गरेको हो ।

नेकपा एमालेको केन्द्रिय कमिटि र सचिवालय बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणापत्रलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

बैठक आज साँझ ६ः३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ । पार्टीले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र जारी गर्ने जनाएको छ ।पार्टी पदाधिकारीका अनुसार निर्वाचन घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सचिवालय बैठकअघि आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकमा महानगर र उपमहानगरपालिकाको नेतृत्वका विषयमा पनि छलफल हुनेछ ।

गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल:महानगरको उमेद्द्वार भोलि टुंगो लगाउने

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनको उम्मेदवारीको विषयमा स्थानिय तहमा विवाद देखिनथालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। उम्मेदवारकै विषयमा प्रधानमन्त्री र नेता नेपाल बीच पनि छलफल भएको छ।

विवादित महानगर र पालिकामा उमेद्द्वार टुंगो लगाउने विषयमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको छ।

पछिल्लो समय विभिन्न जिल्लाका कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरेपछि गठबन्धनबीचको उमेद्द्वारी विवादित बनेको छ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र समेत निर्माण गरिसकेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई रुस प्रवेशमा प्रतिबन्ध

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतका उच्च कुटनीतिज्ञहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ। बेलायती अधिकारीहरूले रुसविरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ। त्यसैगरी रुसविरुद्ध लड्नका लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ।

युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन्। धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेलामा रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।

रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ। रासस

(एसईई)माध्यमिक शिक्षा परीक्षा वैशाख ९ गते शुक्रबारदेखि सुरु हुँदै

राष्ट्रिय परीक्षा बोर्डको अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

यसपटक परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन् । यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइईमा सहभागिता जनाउने छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ विद्यार्थी र ग्रेड बढुवामा ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पछिल्लो दुई वर्षमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको हुँदा ग्रेड वृद्धिको अवसर नभएकाले यो पटक २ बर्ष अघि ग्रेडवृद्धिको परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुनेछन । प्राविधिक कक्षा सञ्चालन गर्दै आएका देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसइई दिनेछन् ।

चुनावको मिति सार्न खोजे देश ठुलो दुर्घटनामा जान्छ : निर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्थगित भए देशमा ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिनुभएको छ ।

जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ को सञ्चार अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो , ‘चुनावको मिति र गन्तव्य तय गरेर मिसाइल प्रक्षेपण गरिएको हो । यसलाई उल्टो, वरपर वा कुनै पनि तरिकाले परिवर्तन गर्न खोज्नु दुर्घटना हुनु हो । ‘

निर्वाचनको मिति तय हुँदा संविधान/कानूनमा छलफल र बहस भएको समेत उहांले बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रक्रियामा बाधा पु¥याउन आवश्यक नरहेको बताउँदै स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुने बताउनुभयो । उहांले यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने समेत दाबी गर्नुभएको छ ।

उहांले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

चितवनमा पहिलोपटक यु–२० राष्ट्रिय रग्वी प्रतियोगिता हुँदै

वैशाख २,चितवन –नेपाल रग्वी संघको आयोजना र चितवन रग्वी संघको व्यवस्थापनमा ‘अंकुरम अण्डर २० राष्ट्रिय रग्वी प्रतियोगिता भोलि बिहान ६ बजेदेखि चितवनको कृष्णपुर स्पोर्ट्स मैदानमा सुरु हुंदैछ ।

एकदिन मात्र हुने सो प्रतियोगिता वैशाख ३ गते विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म हुनेछ। चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ भने खेलाडीहरु चितवन आइसकेका छन् ।

rugby1

प्रतियोगितामा महिला र पुरुष गरि १० वटा क्लव तथा जिल्ला टिमहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक विनोद तामाङले जानकारी दिनुभएको छ ।

आगामी वर्ष नेपालमै हुने यु १८ एशियन ट्रफी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप १८ वर्षसम्मका खेलाडीहरुको राष्ट्रिय टिम छनोटका लागि लक्षित गरेर प्रतियोगिता सुरु गरिएको संयोजक तामाङले जानकारी दिनुभएको छ ।

rrugby

केन्द्रको निर्णय उल्लंघन नगर्न कांग्रेसको निर्देशन

२ वैशाख, काठमाडौँ। नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आज बसेको निर्वाचन परिचालन समितिको बैठकले स्थानीय तह निर्वाचनमा केन्द्रको निर्णय उल्लंघन नगर्न निर्देशन दिएको छ।

समितिले केन्द्रले गरेको निर्णय अनुसार तालमेल गरेर स्थानीय तह निर्वाचनमा सहभागी हुन मातहतका सबै संरचनालाई निर्देशन दिएको छ ।

आज बसेको बैठकले तालमेल गरि चुनावमा जाने क्रममा गठबन्धनको मर्म विपरीत जान नहुने भन्दै निर्वाचनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ ।

राप्रपाले आफ्नै सामर्थ्यमा एक्लै चुनाव लड्ने: लिङ्देन

२ वैशाख, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा कुनै पनि राजनीतिक दलसंग गठबन्धन नगरी राप्रपाले आफ्नै सामर्थ्यमा एक्लै चुनाव लड्ने बताउनुभएको छ।

आज पार्टीको कार्यक्रममा चितवन पुग्नुभएको लिङ्देनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुनै पनि राजनीतिक दलसंग गठबन्धन गरेर चुनाव लड्ने तयारी नभएको र कसैसंग पनि गठबन्धन गर्ने बारे औपचारिक छलफल नभएको बताउनुभएको हो।

स्थानिय तहलाई नै उमेद्द्वार छनौट र सम्पुर्ण चुनावी जिम्मा दिएका छौं तर कुनै पनि दलसंग गठबन्धन नगरी राप्रपाले आफ्नै सामर्थ्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने लिङ्देनले बताउनुभयो।

१८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण र करिब ८० अर्ब अनुदान लिने मन्त्रिपरिषदको निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था बाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साे कुराको जानकारी दुनुभएको हो।

त्यसै गरि सरकारले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलियन डलर अर्थात करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

आज सिन्दुर जात्रा:सुथः सिया

आज बिहानदेखि नै मध्यपुरथिमी क्षेत्रका स्थानिय बासिन्दाले सिन्दुर जात्रा मनाएका छन् । एक आपसमा सिन्दुर दलेर मनाइने यो जात्रालाई स्थानीय भाषामा सुथः सिया भनिन्छ । यो जात्रा प्रत्येक वर्ष वैशाख-२ गते मनाइन्छ ।

सिद्धिकालीको खट ल्याएर गणहरुसहित बालकुमारी प्रवेश गराएपछि सुरु हुने जात्रामा, बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराउने परम्परा रहीआएको छ ।यसका साथमा विभिन्न देवदेवीहरूको नाममा ३२ वता खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै जात्रा मनाइन्छ ।

पर्यवेक्षणका लागि ६५ संस्थाको निवेदन: २०४६७ पर्यवेक्षक प्रस्तावित

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ। हाल दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिइयो।

स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकामा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको आयोगले जनाएको छ।

ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार ४६७ रहेकामा पुरुष ११ हजार ६९४, महिला आठ हजार ४८२ र अन्य २९१ रहेको छ। उक्त निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमतिसम्बन्धी निर्णय गर्नेछ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन सुरु गरेको छ। बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ। यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने आयोगले विश्वास लिएको छ।

स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको जानकारी दिइएको छ।

यस्तै प्रशिक्षण कार्यक्रम जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने र प्रशिक्षणपछि आयोगले सोही स्थानबाट निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराउनेछ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरण कायम गर्न, निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पुर्‍याउने हेतुले विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रासस

निर्वाचनबारे भ्रमपूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचनबारे भ्रमपूर्ण अभिव्यक्ति नदिन राजनीतिक दलका नेतालगायत सबै सरोकारवालालाई आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका नेता कार्यकर्ताले तोकिएकै समयमा स्थानीय निर्वाचन गराउने तयारी पूरा भएकाले निर्वाचनमा शंका उत्पन्न गराउने खालका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको बताए । अन्तिम चरण।

उनले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाको अनुगमन आयोगले गरिरहेको र उल्लंघन गर्नेलाई आवश्यक कारबाहीका लागि पत्राचार र समझदारीबाट अनुसन्धान गरिरहेको बताए ।

सम्बत २०७८ को चर्चित सामाजिक र राजनीतिक घटनाक्रम

आज नयाँ वर्ष, विक्रम सम्बत २०७९ साल बैशाख महिनाको १ गते।  नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना ।  आउनुहोस सम्बत २०७८ मा नेपालमा भएका केहि चर्चित सामाजिक र राजनीतिक घटनाक्रमहरुलाई हेरौं।

 कोरोना महामारी

सम्बत २०७८ मा पनि कोरोना महामारीले देशलाई आर्थिक रुपमा निकै कम्जोर बनायो।  धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउन पुगे।  सरकारको अदुरदर्शिता र कम्जोर नीतिका कारण जनताले पटक पटक अभाव र  लकडाउनको शास्ती खेप्नु पर्यो।  धेरै व्यापार  व्यवसायहरु बन्द भए।  बर्षको सुरुमा कोरोनाको विभिन्न भेरियन्टहरु देखा परेर जनताले त्राश भोगेको  भएपनि अन्त्यमा आइपुग्दा भने कोरोना महामारी लगभग शुन्यसरिनै भयो।    

संसद  विघटन र के पी ओली सरकारको अन्त्य

२०७४ को निर्वाचनमा एक भएर चुनाव लडेको देशको दुई ठुला बामपन्थी पार्टीहरु नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टीको गठन भएपनि सत्ता स्वार्थमा अल्मलिंदा यि दुई पार्टिहरुबिचको एकिकरण लामो समय टिक्न सकेन । पार्टीभित्रै बाट असहयोग भएपछी तत्कालिन प्रधानमन्त्री के पी ओलीले संसद  विघटन गरे।  प्रतिनिधिसभा विघटनविरुद्ध  प्रमुख प्रतिपक्ष नेपालि काँग्रेस र पार्टी भित्रै बाट पनि प्रधानमन्त्रीको सो कदमको विरोध गर्दै माधव नेपाल, प्रचण्ड लगायतका सांसदहरुले राष्ट्रपति समक्ष बहुमतको सरकार बनाउने भन्दै हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई बुझाए र अन्त्यमा  प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट निवेदन दर्ता गराए।  अन्तत राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्यो। सर्वोच्चको निर्णयसंगै के पी ओली नेतृत्वको सरकारको अन्त्य भयो र  अन्तत पार्टीका शिर्ष नेताहरुको खिचातानीका कारण दुई बाट एक भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, माओवादी केन्द्र र नेकपा एमाले गरि तिन टुक्रामा विभाजन भयो। 

शेर बहादुर देउबा पाँचौं पटक प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र तत्कालिन नेपाल कम्युनिष्ट पार्टीभित्रकै सांसदहरुले मिलेर सर्वोच्चमा रिट निवेदन दर्ता गरे। सर्वोच्चले प्रधानमन्त्री ओलीबाट भएको निर्णयलाई असंवैधानिक ठहर गर्दै  शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्यो। सर्वोच्चको आदेशसंगै २०७८ असार ३० गते गठबन्धन सरकारको नेतृत्व गर्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा पाँचौं पटक प्रधानमन्त्री भए। 

नेकपा एमालेको संसद अवरोध

के पी ओली आफु प्रधानमन्त्री पदबाट हटेर देउवा नेतृत्वको गठबन्धन सरकार बनेदेखि नै नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ।  माधव नेपाल सहित १४ सांसदहरुको बर्खास्ती र सभामुखको राजिनामा माग गर्दै संसद अवरोध गरेको एमालेले आफ्नो माग पुरा नभएसम्म संसद चल्न नदिने भन्दै  संसद अवरोध गर्दै आइरहेको छ। 

मधेश प्रदेश

देशले संघियता पाएको धेरै लामो समय पश्चात मात्र सम्बत २०७८ मा आएर प्रदेश २ ले आफ्नो नाम पायो।  प्रदेश २ को नामाकरण  “मधेश” भयो र राजधानी “जनकपुरधाम”। 

महाभियोगमा  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

प्रधानन्यायाधीश जबरा जब न्यायालय विर्सेर राजनीतिक भागवण्डामा केन्द्रित हुन थाले तव बार एसोसियनले उनीविरुद्ध आन्दोलन नै सुरु गर्यो।  त्यसो त उनले विभिन्न मुद्दामा कानुननै प्रभावित हुनेगरि असंवैधानिक र गैर न्यायिक फैसला गरेको भनेर उनको संवैधानिक आचरणमाथि नै प्रश्न गर्दै  न्यायाधिशहरु मात्र नभएर  नागरिक समाजनै उनिविरुद्द आन्दोलनमा उत्रिए।  न्यायाधीशहरू बेन्चमा अनुपस्थित भए र प्रधानन्यायाधीश जबरासहितको इजलासमा बस्न अस्वीकार गरे। तर जसको परमादेशले गठबन्धनको सरकार बनायो त्यहि गठबन्धन सरकारले उनि विरुद्द महाभियोग प्रस्ताव पेश गरेर उनलाई निलम्बन गर्यो। ज्यान मुद्दामा सभामुख सापकोटा र ललिता निवास काण्डमा माधव नेपाललाई कारवाही गर्ने जबराको तयारि रहेको भन्ने थाहा पाएपछि एमसीसी पास गर्न देउबालाई सहयोग गर्ने शर्तमा नेपाल र प्रचण्डको आग्रहमै जबरालाई महाभियोग लगाइएको हो भन्ने कुराले समेत निकै चर्चा पाएको थियो। 

एमसीसी र नागरिकमाथि भएको सरकारको दमन

अमेरिकी  शैन्य रणनीति र छिमेकी चिन विरुद्दको भूराजनितिक घेराबन्दी भनेर नेपाली राजनीतिमा व्याख्या र विश्लेषण गरिएको एमसीसी परियोजनाले देशमा एक खाले अस्थिरता नै सिर्जना गरिदियो।  एमसीसीले नेपालको नेताहरुको चरित्र उदाङ्ग त पारिदियो नै तर यसले देशको कुटनीतिलाई भने तहसनहस पारिदियो। जनताहरुले एमसीसीको विरुद्दमा करिब करिब पुरै वर्ष भरिनै देशभरि विभिन्न चरणका आन्दोलन गरिरहे।  देशभरका मिडियामा  एमसीसीको बहस गुञ्जियो।  अमेरिकाले सरकारलाई एमसीसी अनुमोदन गर्न दवाव दीइनै रहयो भने उता एमसीसीको विरुद्ध सडकमा उत्रिएका नागरिकले भने पुलिसको लाठि, अश्रुग्यास र पानीको फोहोरो भेटे। संधै मानव अधिकार र स्वतन्त्रताको कुरा गरिरहने अमेरिकाले एमसीसीको विरुद्द सडकमा यो देशका नागरिकहरु कुटिएर रगताम्मे हुंदा समेत मुकदर्शक बनेर तमासा हेरेर बसिरह्यो। अन्तत सरकारले एमसीसी संसदबाट अनुमोदन गर्यो। 

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि भारत हुंदै नेपाल आइपुगे।  नेपालमा एमसीसी पास भएपछी चिनिया तर्फ बाट भएको यो निकै उच्च राजनीतिक र कुटनीतिक तहको भ्रमण रहेको थियो।  भ्रमणको क्रममा यीले राष्ट्रपति र प्रधानमन्त्री लगायत नेपालका राजनीतिक दलका शिर्ष नेताहरुसंग पनि भेट गरे।  भ्रमणको क्रममा चिन र नेपाल बीच आपसी समझदारी र साझेदारीका विभिन्न ९ वटा विषयमा सम्झौता समेत भयो।  तर लामो समय देखि अल्झिएको बिआरआइको विषयले भने औपचारिक रुपमा कुनै प्राथमिकता पाउन सकेन। 

त्रिपाल ओढेर बसेको रेल सञ्चालन

लामो समयदेखि त्रिपाल ओढेर  बसेको रेल  बर्षको अन्त्यमा आएर चल्न थालेको थियो ।  प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीले संयुक्त  रुपमा रेल सेवा उद्घाटन गरेका थिए।  दिनमा दुई पटक सेवा दिने गरि जयनगर–कुर्था रेल सेवा सञ्चालनमा आएको हो । 

निलम्बनमा गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद्ले निलम्बन गरेको थियो ।  अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहको खाताबाट अमेरिकाबाट आएको ४० करोड छुटाउन राष्ट्र बैंकलाई दवाव दिएको भन्ने खबर सार्वजनिक भएपछी गभर्नरलाई निलम्बन गरिएको थियो।  अर्थमन्त्रीले  व्यक्तिगत रिसिवी र आफ्नो गल्ति लुकाउन गभर्नरलाई निलम्बन गरेको भन्ने आरोप उनीमाथि लागेको छ। 

उम्मेदवारीका लागि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने मुद्दाको वैशाख ४ मा सुनुवाइ हुने


निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटको सुनवाइ बैशाख ४ गते हुने भएको छ ।

बाहलवाला जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवारी दिँदा आफू बहाल रहेको पदबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता विरुद्ध सर्वोच्चमा रिट परेपछी, आयोगको आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न यसअघि अदालतले अन्तरिम आदेश समेत जारी गरेको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले आज महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएपछी,न्यायाधिशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलाशले आयोगको निवेदनमाथि बैशाख ४ गते सुनुवाइ गर्ने आदेश गरेको छ ।

आयोगले स्रोत र साधनको दुरुपयोग हुन सक्ने भन्दै स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै निर्वाचनमा उम्मेदवार बन्न पाउने आचारसंहिता लागू गरेको थियो ।

लेटाङ घटनामा संलग्न १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

लेटाङ घटनामा संलग्न भएको आरोपमा १५ जनाविरुद्ध आज जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। कर्तव्य ज्यान मुद्दाका १० जना अभियुक्त पक्राउ परेको तर ५ जनाको भने खोजी जारी राखिएको छ।

लेटाङ घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ६७ जनालाई पक्राउ गरेर अनुसन्धानको गरेको छ। पक्राउ परेर अभियुक्त बनाइएकामध्ये १५ जना नाबालकविरुद्ध भने अदालतमै अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ।

छुट्टै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका १ जना बालकलाई भने थुनछेक बहसपछि अदालतले मंगलबार नै अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो।अन्य २५ जना अभियुक्तविरुद्ध भने जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दा दर्ता गरिने भएको छ।

विधार्थी माथि भएको यौन दुर्ब्यबहारको घटनालाई लिएर विवाद बढ्दा, लेटाङ-५ मा गत चैत ६ गते भएको हिंसात्मक झडपमा महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियारको प्रयोगले मृत्यु भएको भनिएपनि अनुसन्धानको क्रममा प्रहरीले गोलि लागि हत्या भएको भनि पुष्टि गरेको छ। छात्रामाथि दुर्व्यवहारको आरोप लागेका शिक्षक पौडेलमाथि भने जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन प्रहरीले मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको छ।

राष्ट्रिय जनमोर्चाको घोषणापत्रमा संघीयताको खारेजी

सत्तारुढ गठबन्धनको सदस्य राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा जनमोर्चाले संघीयता खारेजीको विषयलाई प्रमुखताका साथ उठाएको छ ।

जनमोर्चाले स्थानीय तहको निर्वाचनको मूल नारा ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ राखेको छ । स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने भएकाले जनताका लागि धेरै काम गर्न सकिने जनमोर्चाले घोषणापत्रमा विश्वास व्यक्त गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल सूर्य चिह्न लिएर चुनाबमा जाने

कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय निर्वाचनमा सूर्य चिह्न लिएर चुनाबमा जाने भएको छ।
नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच आज भएको चुनावी तालमेलको सहमति अनुसार राप्रपा नेपालले सुर्य चिन्ह लिएर चुनावमा जाने भएको हो । सहमति अनुसार आपसी तालमेल गरेर उम्मेदवार उठाउने निर्णय भएको छ ।

सहमति अनुसार आफ्नो उमेद्द्वार नभएको स्थानमा राप्रपा नेपालले एमालेलाई सघाउनेछ भने एमालेले राप्रपा नेपालको उमेद्द्वार उठेको स्थानमा राप्रपा नेपाललाई सहयोग गर्नेछ।
यधपी केन्द्रिय तहको अनुमति पश्चात मात्र सहमति कार्यन्वयन हुनेछ। सहमति कार्यन्वयनको लागि दुवै दलले आवश्यक समन्वय र सहजीकरण गर्ने पनि उल्लेख गरिएको छ।

uml raprapa election TxmYVMoGER

जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवारी दिंदा पदबाट राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगद्वारा सर्वोच्चमा निवेदन

निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिंदा पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

निर्वाचन आयोगको आचारसंहितामा जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा कायम रहीआएको पदबाट राजिनामा दिनुपर्ने उल्लेख गरेको छ। सोहि आधारमा आयोगले अदालतमा निवेदन दिएको हो।

आयोगको आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न यसअघि अदालतले अन्तरिम आदेश समेत ज्जारी गरेको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो ।

निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिंदा पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

निर्वाचन आयोगको आचारसंहितामा जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा कायम रहीआएको पदबाट राजिनामा दिनुपर्ने उल्लेख गरेको छ। सोहि आधारमा आयोगले अदालतमा निवेदन दिएको हो।

आयोगको आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न यसअघि अदालतले अन्तरिम आदेश समेत ज्जारी गरेको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो ।

वैशाख १५ गतेसम्म सूचना अद्यावधिक गर्न आयोगको निर्देशन

राष्ट्रिय सूचना आयोगले वैशाख १५ गतेसम्म सूचना अद्यावधिक गर्न सम्पुर्ण सार्वजनिक निकायलाई निर्देशन दिएको छ ।

सूचनाको हक ऐन, २०६४ को दफा ३ र ४ बमोजिम प्रत्येक तीन महिनामा स्वतः प्रकाशित हुनुपर्ने तेस्रो त्रैमासिकको विवरण सार्वजनिक गर्न आयोगले सार्वजनिक निकायलाई निर्देशन दिएको सूचना आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभएको छ ।

ऐनमा सार्वजनिक निकायले प्रत्येक तीन महिनामा आफ्नो कार्यालयको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ।

शैलेन्द्र खनाल गत सोमबारबाट अवकाशमा गएपछि मन्त्रिपरिषदको बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो। रामशरण पौडेल र केसी आईजीपीका प्रतिस्पर्धी भए पनि सरकारले वरियतामा अगाडी रहेका केसीलाई नै आईजीपी बनाएको हो।

केसीले वैशाख १८ गतेसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्ने छन्। वैशाख १९ देखि ३० वर्षे सेवाअवधिका कारण उनीअवकाशमा जाने छन्।सशस्त्र प्रहरी नियमावलीमा चार वर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

आज बस्ने कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा स्थानिय निर्वाचनको घोषणापत्र तयारिको विषयमा छलफल गर्नेछ। नेपालि काँग्रेसले बैसाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका रहेको पनि जानकारी दिएको छ।

स्वीकृति नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गरेमा कारबाही गरिने

  स्वीकृति नलिई  पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कारबाही गर्ने सूचना समितिले प्रकाशन गरेको छ ।

समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ ।

समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन् । नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन् । यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए ।

समितिका स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा गोरखा उद्योग वाणिज्य सङ्घ गोरखा, हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं महानगरपालिका-२५ टेङ्गाल, अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्युरोड, काठमाडौं, सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका-३ धादिङ, तिमल्सिना समाज केन्द्रीय कार्यालय काठमाडौं, धन प्राप्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्युरोड, काठमाडौँ, स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखा नगरपालिका–७, धापासी, काठमाडौँ, नोक्पिन हाउस, न्युरोड, काठमाडौँ र कृष्ण मोहना गौशाला सुदूरपश्चिम प्रदेशले समितिको गठन आदेश विपरीती स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गरेको पाइएको घिमिरेले जानकारी दिए ।

पहिलो चरणको अनुगमनमा तीन पात्रो र नौ भित्तेपात्रो स्वीकृति नलिई प्रकाशन भएको तथ्य अनुगमन उपसमितिले फेला पारेको हो । अनुगमन अहिले पनि जारी छ । अनुगमनपछि स्वीकृति नलिई प्रकाशन भएका अरू पात्रो र भित्तेपात्रोको सूची सार्वजनिक गरिने समितिले जनाएको छ ।

समितिसँग स्वीकृति लिएर हालसम्म १४ पात्रो र ८०० भन्दा बढी भित्तेपात्रो प्रकाशन भएका छन् । हाल दैनिक ५० भन्दा बढी भित्तेपात्रोले समितिसँग स्वीकृति लिएका छन् । राजधानी बाहिरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोले अनलाइनबाटै स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ ।

रासस

स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृतिका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्नुभएको जानकारी दिनुभएको थियो ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र अस्थायी प्रहरी परिचालन गरी ‘स्थानीय तहको निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८’ पारित गरेको हो । सोही अनुसार सुरक्षा निकायको एकीकृत र समन्वयात्मक कार्यका लागि खाका तयार गरिएको छ ।

सुरक्षा समितिको बैठकको निर्णयपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सोही निर्णयपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को स्वीकृति लिई निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति दिएसँगै ७५३ स्थानीय तहको सुरक्षाका लागि सेना परिचालनको बाटो खुलेको छ ।

AAAAAAAAAAAAAAAAAAAAAAAA

स्थानीय निर्वाचनलाई लक्षित गरी सिमावर्ती जिलाको सुरक्षा व्यवस्था कडा

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरीले भारतसंग सिमा जोडिएका सिमावर्ती जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

केन्द्रिय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार के.सी का अनुसार विशेषगरी सीमावर्ती क्षेत्रमा थप निगरानी बढाउने र सिमामा प्रवेश गर्ने व्यक्तिहरुको सुरक्षा जांच कडा गरेर सिमामा आउने जाने व्यक्तिहरुको गतिबिधिमा निगरानी राख्ने काममा पर्याप्त ध्यान दिइने बताउनु भएको छ। त्यस्तै चुनाव हुनुभन्दा ४८ घण्टा अघि सम्बन्धित पक्षहरुबिच छलफल गरेर सिमा नाकाहरु पनि सिल गरिने उहांले जानकारी दिनुभएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश बस्नेतले विशेषगरी जिल्ला प्रहरी कार्यालय मातहतका इकाइहरु परिचालन गरी शहरी तथा ग्रामीण क्षेत्रका सबै सीमावर्ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभएको छ ।

पोखराको मेयर दाबी गर्दै कांग्रेसको प्रतिनिधिमण्डल काठमाडौंमा

एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर दाबी गरेपछि नेपाली काँग्रेस र कास्कीका नेताहरु सहितको एक प्रतिनिधिमण्डल आज काठमाडौं आएका छन् ।

प्रतिनिधिमण्डलका लागि पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा जिल्ला नेताहरु काठमाडौं आइपुगेका हुन् । पोखराको मेयर पद नछाड्ने अडान लिएर काठमाडौं आइपुगेका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुसँग भेट गरेर मेयर नछाड्ने गरि गठबन्धन गर्न सुझाव दिने बताएका छन् ।

पोखरामा आफुहरुले जित्ने भन्दै केन्द्रिय नेतालाई भेटेर दवाव दिन प्रतिनिधिमण्डल काठमाडौँ आएको हो। पोखरामा गठबन्धन भएर मेयर काँग्रेसले नपाए गठबन्धनका अरु कुनै पनि दलले हार्नसक्ने पनि उनीहरुले बताएका छन्।

यता, सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरूले कांग्रेसलाई तीन महानगर र गठबन्धनमा रहेका अन्य दललाई तीन ठाउँ छोड्ने प्रस्ताव गरेका छन् । कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर, भरतपुर माओवादी, वीरगन्ज जसपा र पोखरा एकीकृत समाजवादीले लिने प्रस्ताव राखेका छन् ।

गत निर्वाचनमा पोखरा महानगरपालिकामा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए । कांग्रेस उम्मेदवार रामजी कुँवर ४६ हजार ४१६ मतले पराजित भएका हुन् ।

राष्ट्रियसभा सदस्यमा नारायण दाहालको सपथ ग्रहण

सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनित नारायण दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ।

गठबन्धनमा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित नारायण दाहालले आज राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सामु पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको हो।

विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सहज बनाउन गैरआवासीय नेपाली संघले सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकमा घट्दै गएको विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सहज बनाउन गैरआवासीय नेपालीसँग सहयोग गर्ने सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रियामा सरकारी अधिकारीहरुको पनि सहभागिता रहनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मुलुकमा देखिएको सम्भावित आर्थिक संकट समाधानका लागि सरकारसँग हात मिलाउने निर्णय गरेको एनआरएनएका प्रवक्ता शिव बरुवालले जानकारी दिए । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा भएको बैठकमा,वैदेशिक सञ्चिति घट्दै गएको अवस्थालाई सम्बोधन गर्न बुधबार अर्थमन्त्री, अर्थसचिव, नेपाल राष्ट्र बैंकका अधिकारी, अर्थशास्त्री लगायतको सहभागितामा बैठकले विस्तृत अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले कार्यक्रममार्फत सबै गैरआवासीय नेपालीलाई नेपालको जुनसुकै बैंकमा अमेरिकी डलरमा खाता खोल्न र सो खातामा कम्तीमा १ हजार अमेरिकी डलर जम्मा गर्न आग्रह गर्ने निर्णय गरेको एनआरएनए प्रवक्ताले जानकारी दिए ।

बैठकले डलर खाता खोल्दा, डलर पठाउन, सो खातामा रकम बचत गर्दा र आवश्यकताको समयमा खाताबाट पैसा निकाल्दा आउन सक्ने समस्याको अध्ययन गर्न एनआरएनएका उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै गैरआवासीय नेपालीलाई डलर खाता खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ ।

शहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित


करिब एक साता लामो राजनीतिक उथलपुथलपछि पाकिस्तानको संसदले इमरान खानको स्थानमा विपक्षी नेता शेबाज सरिफलाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
पाकिस्तानको संसदले ३४२ सिट भएको विधानसभामा १७४ मत दिएर शेबाज सरिफलाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । सरिफ पुर्व प्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।
कार्यवाहक सभामुख सरदार अयाज सादिकले, मियाँ मुहम्मद शहबाज सरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका थिए।

नवनिर्वाचित प्रधानमन्त्रीले अब नयाँ सरकार गठन गर्नेछ जुन अक्टोबर २०२३ सम्म रहनेछ।


यता इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई)का नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् भने पिटिआइका सांसदहरुले सामुहिक रजिनामा दिएका छन् ।

अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन :अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रमा ठूलो सङ्कट नरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले गभर्नरमाथि भएको कारबाही पनि कानूनी भएको बताउँदै छानबिन समितिको प्रतिवेदन आएपछि धेरै कुरा स्पष्ट हुने बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले वर्तमान अवस्थालाई अर्थ मन्त्रालयल गायत सम्बन्धित निकायले नजिकबाट नियालिरहेको र सात महिनायता अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मुख्य सचिवको नेतृत्वमा अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावमाथि काम भइरहेको पनि बताउनुभएको छ।

व्यापार घाटा नियन्त्रण गर्न पेट्रोलियम पदार्थको आयातलाई नियमन गर्ने तयारी भइरहेको पनि अर्थमन्त्री शर्माले बताउनुभयो । सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको र सोहि अनुसार कार्य गरिने पनि शर्माले बताउनुभयो । यसैगरी विलासिताका बस्तुहरुमा भन्सार महशुल वृद्धि गर्ने तयारी भइरहेको पनि शर्माले जानकारी दिनुभएको छ।

सात दिनभित्र स्पष्टीकरण दिन शशांक कोइरालालाई आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग चुनावी खर्चको विषयलाई लिएर स्पष्टीकरण मागेको छ।

७४ सालको निर्वाचनमा ६ करोड खर्च गरेको कोइरालाको सार्वजनिक अभिव्यक्ति पछि निर्वाचन आयोगले कोइरालालाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

२५ लाखसम्म खर्च गर्न पाउने सीमा रहेकोमा कोइरालाले आफ्नो निर्वाचन खर्च विवरणमा २१ लाख ७५ हजार पेस गरेकाे तर नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा आफूले ६ करोड खर्च भएको बताएका थिए।

त्यसैगरी आयोगले समाजवादी पार्टीले २०७८-१२-२६ को दिन भृकुटीमण्डपमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको गुनासो आएकोले ३ दिनभित्र स्पष्टिकरण माग गरेको छ ।

aaanirwachan

नेप्से परिसूचक ४४ दशमलव ५६ अंकले घट्यो

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४४ दशमलव ५६ अंकले घटेर २४१९ दशमलव ८० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.८७ अंकले घटेको छ । कारोबार रकम रु दुई अर्ब नाघेको छ । दिनभर ४० हजार ५०७ कारोवारबाट २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ शेयर कारोबार भएको छ । जसमध्ये कारोबार रकम रु. २ अर्ब २६ करोड 7 लाख ८६ हजार ६२८ रुपैयाँ छ ।

तरलताको अभाव भएकाले केही समय धैर्य गर्नुपर्छ :कार्यवाहक गभर्नर

नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप रहेकाले केही समय धैर्य गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर ढुंगानाले लघुवित्त र समग्र बैंकिङ क्षेत्र तरलता संकटबाट गुज्रिरहेको अवस्थामा सबैले केही समय धैर्यता अपनाउनु पर्ने बताउनुभएको हो । बैंकिङ क्षेत्रमा मात्र नभई लघुवित्तमा पनि तरलता र ब्याजदरको समस्या रहेको उहांले बताउनुभयो ।

कार्यवाहक गभर्नर ढुंगानाले तरलता र ब्याजदरमा आएको उतारचढावका कारण समग्र अर्थतन्त्र र जनता मारमा परेको दाबी गर्दै व्यापार चक्र पनि चक्रवर्ती हुने भएकाले क्रमशः सबैमा सुधार हुँदै जाने बताउनुभएको थियो । गरिबी र वित्तीय पहुँचभन्दा बाहिर रहेका नेपालका २० प्रतिशत जनताका लागि लघुवित्त संस्था प्रभावकारी औजार बनेको भन्दै नेपालमा समावेशी आर्थिक विकासका लागि विभिन्न प्रयास भए पनि नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशत अझै पनि गरिबीको रेखामुनि रहेको पनि उहांले प्रष्ट पार्नुभयो । उहांले गरिब तथा लक्षित समुदायको आर्थिक उत्थान, लैङ्गिक हिंसा र महिला सशक्तिकरणमा सहयोग र आर्थिक असमानता घटाउनमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो।

अर्थमन्त्रीलाई असहयोग गरेकोले गभर्नरलाई कारबाही गरिएको हो :प्रधानमन्त्री देउवा

अर्थमन्त्रीलाई सहयोग नगरेको भन्दै गभर्नरलाई कारबाही गर्नुपरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

गभर्नर अधिकारीलाई निलम्बन गरे लगत्तै सरकारले शुक्रबार सर्वोच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।गभर्नरविरुद्धको कारबाहीको चौतर्फी आलोचना भइरहेको बेला आज बसेको सत्तारुढ दलको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आर्थिक संकट र गभर्नरमाथि भएको कारबाहीबारे प्रश्न उठाएका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई सहयोग नगरेको भन्दै कारबाही गरिएको बताउनुभएको हो ।

अर्थमन्त्रीले आफूले काम गर्न नपाएको र गभर्नरले सहयोग नगरेको गुनासोको आधारमा गभर्नर अधिकारीलाई कारबाही गरिएको बताइएको हो।

ठाउँं र अवस्था अनुसार चुनावी तालमेल गर्न गठबन्धनका शिर्ष नेताको अपिल

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले ठाउँं र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न कार्यकर्तालाई आहृवान गरेका छन् ।

बैठकले हिजोको सबै आपसी मतभेदलाई पन्छ्याउंदै अगाडि बढ्ने पनि बताएको छ ।
गठबन्धनका शिर्ष नेताहरुद्वारा हस्ताक्षरित अपिलमा गठबन्धनलाई सहयोग गर्न समेत आग्रह गरिएको छ।

satta gathabandhan apple

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चुनावी मोडालिटीबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनको शीर्ष नेताहरूको बैठक चलिरहेको ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले हिजो सबै दलको स्थानीय तहमा भएको पछिल्लो अवस्थाबारे संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत नेताहरुको उपस्थिति रहेको छ।
त्यस्तै गरि नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङ छन् । नेकपा एसबाट सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव विजय पौडेल ,जसपाबाट अशोक राई, रेणुकुमारी यादव र जनमोर्चाबाट दुर्गा पौडेलको सहभागिता रहेको छ।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा कार्यकारिणी परिषद्का अध्यक्ष उपेन्द्र यादव भने छैनन्।

बैंकहरुले लेटर अफ क्रेडिट (एलसी) नखोल्ने

नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको निर्देशनबमोजिम देशका वाणिज्य बैंकहरूले अत्यावश्यक बाहेकका वस्तुको पैठारीका लागि लेटर अफ क्रेडिट (एलसी) नखोल्ने सहमति गरेका छन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । यो व्यवस्था लागू भएसँगै बैंकहरूले निजी सवारी साधन, चुरोट र मदिरा, ड्राईफ्रुट्स, फर्निचर, सजावटका सामान, सौन्दर्य प्रसाधन लगायतका सामान पैठारी गर्न एलसी खोल्ने छैनन् ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैंकले गत साता वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर अत्यावश्यक वस्तुबाहेकका सामानको एलसी नखोल्न निर्देशन दिएको थियो ।

नेपालले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ७० अर्बको सवारी साधन तथा पार्टपुर्जा आयात गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मुलुकसँग ६ दशमलव ५ महिनाका लागि मात्र वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको छ ।

प्रदेश सभा सदस्य विजय सुबेदीलाई भरतपुरको मेयर बनाउने एमालेको निर्णय

नेकपा एमाले भरतपुरले विजय सुबेदीलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा सम्पन्न महानगर कमिटिको आजको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बागमती प्रदेश सभाका सदस्य समेत रहेका सुबेदीलाई उम्मेदवार बनाउन देवी ज्ञवाली र कृष्णभक्त पोख्रेलले प्रस्ताव गरेको बताइएको छ।
ज्ञवाली २०७४ सालको स्थानिय निर्वाचनमा पराजित मेयर हुन् भने पोख्रेल चितवनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

सरकारले समग्र देशको आर्थिक प्रणाली भत्काउन हस्तक्षेप गरेको छ:विष्णु पौडेल

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको भन्दै सरकारको यस्तो निर्णयले मुलुकको अर्थतन्त्र थप धरासायी हुने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनुभएको छ।

देशको अर्थ व्यवस्थाबारे एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भन्नुभयो,” मुलुकको आर्थिक अवस्था कमजोर भएको र अर्थतन्त्र सुधार्न लागिपर्नुपर्ने बेलामा गभर्नरलाई निलम्बन गरेर सरकारले समग्र देशको आर्थिक प्रणाली भत्काउन हस्तक्षेप गरेको छ”।

सरकारको यो कदमको सकारात्मक हस्तक्षेप नगर्ने हो भने देशलाई श्रीलंकाको जस्तो आर्थिक संकटमा धकेल्ने पनि उहांले बताउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै, प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै वर्तमान आर्थिक संकट रोक्न नसक्ने पनि उहांले बताउनुभएको छ ।

सुनको मूल्य बढेर एक लाख नाघ्यो

स्थानीय बजारमा आज सुनको भाउ एक लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज तोलामा ८ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ३ सयमा कारोबार भएको छ ।

त्यसैगरी, आज तेजावी सुन तोलाको ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ शुक्रबारको भाउभन्दा १० रुपैयाँले घटी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।

ऐतिहासिक तथा साँस्कृतिक महत्वको बिस्का जात्रा आजबाट सुरु

भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक महत्वको बिस्का जात्रा आजबाट सुरु हुँदैछ । नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरु गरिन्छ। जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ।

रथ तान्‍नुअघि भैरवनाथको पूजा गरिन्छ र तीर्थयात्रीहरूले डोरीको सहायताले रथलाई तानेर आ-आफ्नो टोलमा लैजान्छन्। जात्राको मुख्य आकर्षण रथ तान्ने हो, जुन टोल वा बस्तीका मानिसहरुले प्रतिस्पर्धाका रूपमा समेत लिने गरेका छन्।

बिस्का जात्रा हेर्नाले शत्रु नाश हुने धार्मिक विश्वास रहिआएकोले यो जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ ।बिस्का जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिंगो ढालिन्छ । लिंगो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ । लिंगो ढालिसकेपछि भैरवनाथ र भद्र्रकालीको रथलाई गाहिटी पु¥याई एकापसमा जुधाइन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्याई जात्रा सम्पन्न गरिन्छ ।

गठबन्धनको ‘स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक आज बस्दै

आगामी स्थानीय निर्वाचनमा आपसी समन्वयका लागि सत्तारुढ गठबन्धनले गठन गरेको ‘स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक आज बस्दैछ ।

प्रदेशबाट प्राप्त प्रतिवेदन अध्ययन र विश्लेषण गर्न समितिको बैठक बस्नेछ ।बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचन तयारी तथा अनुगमन समिति गठन भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भए पश्चात संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। ।

यसअघि गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएका थिए।

अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन समेत गरेका थिए।

तर पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गर्दै पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको थियो।

प्रधानमन्त्री खानले अमेरिकी इशारामा सरकारविरूद्ध षडयन्त्र भएको आरोप समेत लगाएका छन्।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसदमात्रै रहेको अवस्थामा उनलाई गठबन्धन दलका सांसदले समर्थन फिर्ता लिएका थिए भने केहि आफ्नै सांसदले पनि उनि विरुद्ध मतदान गरेको बुझिएको छ।

देशभर आज रामनवमी पर्व मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो। त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए। ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गारेका थिए।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ। सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका हुन्। रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताए।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ। आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने जनाइएको छ। रासस

रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

सरकारले रामनवमी पर्वको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आइतबार देशभरका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

home ministry notice

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेहरूका लागि स्वघोषणा अनिवार्य

सरकारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेका लागि स्वघोषणा फारम अनिवार्य भर्नुपर्ने व्यवस्था गरेको छ । धेरै नेपाली विदेशमा अलपत्र परेकाले सरकारले स्वघोषणा फारम अनिवार्य गर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिनेलाई विदेशमा अलपत्र पारिएको , विभिन्न बहानामा ठगीएको र सरकारले तोकिएको भन्दा बढी रकम तिर्नुपर्ने प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा फारम भर्ने व्यवस्था गरेको छ ।

हाल साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्याण्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, मोल्डोभा र बेलारुस जाने र व्यक्तिगत श्रम स्वीकृति लिन चाहनेहरूले स्वघोषणा फारम भर्नुपर्नेछ।

वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिएपछि मात्र त्यस्तो स्वघोषणा फारम भर्नुपर्नेछ । वैशाख १ गतेदेखि व्यवस्था लागू हुने विभागले जनाएको छ ।व्यक्तिगत श्रम स्वीकृति–२०६९ को निर्देशिका बमोजिम विभागले सो व्यवस्था लागू गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारले जारी गरेको प्रवेश स्वीकृतिको प्रतिलिपि, रोजगार सेवा, शर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौताको प्रतिलिपि पेश गर्नुपर्नेछ।

निजी कामदारको हकमा रोजगारदाताको लाइसेन्स दर्ता प्रमाणपत्रको प्रतिलिपि वा प्रायोजकको परिचयपत्रको प्रतिलिपि, रोजगारदाताको ट्रेड लाइसेन्सको प्रतिलिपि वा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि र संक्षिप्त विवरण पेश गर्न विभागले आग्रह गरेको छ।

व्यक्तिगत श्रमको लागि जाने व्यक्तिहरूले प्रमाणिकरणको लागि रोजगारदाता कम्पनी वा प्रायोजक मार्फत अंग्रेजीमा अनुवाद गरिएका कागजातहरू दूतावासमा पेश गर्नुपर्नेछ।

वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातको भाडा बढाइएको छ । वाग्मती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्लामा सार्वजनिक यातायातको भाडा बढाएको छ ।

मन्त्रालयको निर्णयअनुसार बागमती प्रदेशभित्र सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको हो ।वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटरको आधारमा भाडा बढाएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा शून्यदेखि पाँच किलोमिटरका लागि २० रुपैयाँ, १० किलोमिटरका लागि २५ रुपैयाँ, १५ किलोमिटरका लागि ३० रुपैयाँ, २० किलोमिटरका लागि ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीका लागि ३८ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर सञ्चालित यात्रुवाहक सवारी साधनको भाडा कार्तिक १ २०७८ देखि १० प्रतिशतले बढाइएको थियो ।

प्रदेशमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा प्रत्येक ५० मिटरमा रु ५० र प्रति २०० मिटरमा १० रुपैयाँ र विधुतीय ट्याक्सी सेवाका लागि प्रति २०० मिटर ९ रुपैयाँ तोकिएको छ ।

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही (चैत २७ देखि २९) गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ। 

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो। स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई  सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जानकारी दिए ।  

स्वास्थ्यसम्बन्धी विविध  विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको उनले बताए।  

सम्मेलनको पहिलो दिन पूर्व–सम्मेलन गरिनेछ। जसमा सङ्घीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९, दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्थाजस्ता विषयमा प्रस्तुतीकरण र छलफल  हुने जनाइएको छ।

प्रस्तुतकर्तामध्येबाट एक/एक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ। यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबैभन्दा बढी लेख प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ। 

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कारलगायत स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान  कार्यान्वयन र आविष्कारमा महत्वपूर्ण योगदान पुर्‍याउने  ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाइफ टाइम एचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिनेछ। परिषद्ले हरेक वर्ष स्वास्थ्य वैज्ञानिक सम्मेलन गर्दै आइरहेको छ। रासस

सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो खुल्यो

सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासम्म पुग्ने बाटो निर्माणको जिम्मा लिएको आइसफल डाक्टरको टोलीले आधार शिविरदेखि दोस्रो क्याम्पसम्म सडक निर्माण गरेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को अनुसार आइसफल डाक्टर, अनुभवी स्नोम्यानले संकेत, भर्याङ र डोरीहरू राख्ने काम गरिरहेका छन्।

दोस्रो शिविर जाने बाटो खुलेसँगै आरोहीलाई त्यहाँ जान दिइने एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनुभएको छ । एसपीसीसीले अनुमति दिएपछि मात्र आरोहीहरूले दोस्रो शिविरमा जान पाउनेछन्। आरोही दोस्रो आधार शिविरमा पुगेर आरोहणका लागि आफूलाई अनुकूल बनाउन फर्किनुपर्ने भएकाले छिट्टै दोस्रो आधार शिविरमा शिविर स्थापना गरिने पनि बताइएको छ ।

यसपटक आधार शिविरदेखि दोस्रो क्याम्पसम्म १५ वटा सीढी प्रयोग गरिएको उनले जानकारी दिएका छन् । यसअघि २०१८ मा ३२ वटा भर्याङको प्रयोग भएको थियो तर २०१९ मा २० मात्रै प्रयोग भएको थियो ।

सगरमाथासहित ल्होत्से, नुप्तसे हिमाल पनि दोस्रो शिविरमा जाने बाटो प्रयोग गरी आरोहण गरिन्छ । आधार शिविरमा प्रत्येक समुहले हिमालमा पाइला टेक्नुअघि बुद्ध परम्पराअनुसार पूजा गर्ने र क्षमायाचना गर्ने चलन समेत रहेको छ ।

सभामुखद्वारा तातोपानी नाका व्यवस्थित गर्न चीनलाई आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित रुपमा विस्तार गर्न चीनलाई आग्रह गर्नुभएको छ ।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) को स्थायी समितिका अध्यक्ष ली चाङसुसँग उहांले तातोपानी र केरुङ बन्दरगाहलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको हो । कोरोना महामरीपछी पनि नाकाबाट आयात निर्यात सामान्य अवस्थामा फर्किन नसकेको बताउंदै सापकोटाले यसमा सुधारको आवश्यकता रहेको बताउनुभएको हो ।

तातोपानीको लिपिङ्गमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतीक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

सभामुख सापकोटाले आर्थिक विकास, सांस्कृतिक जागरण र प्रविधिको विकासबाट चीनको समग्र राष्ट्रिय शक्ति निर्माणमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालको विकास र समृद्धिका लागि पनि मार्गदर्शक हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

उहांले कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाममा चीनको सफलता विश्व समुदायका लागि अनुकरणीय भएको बताउनुभएको थियो । सभामुख सापकोटाले नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सुरुदेखि नै चीन सरकारको सहयोग र भ्याक्सिन तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अर्थमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ        

देश अहिले गम्भिर आर्थिक संकटको दिशामा अघी बढीरहेको छ । कोरोनाको महामारीले वर्षौं अघीदेखी ठप्प जस्तै बनेको र पछील्लो समय रुस युक्रेन द्वन्दले बढाएको महंगीले थलिएको देशको अर्थतन्त्र स्वार्थपूर्ण नेपालको राजनीतिले गिजोलिदिंदा देश अब कुन दिन श्रीलंकाको अवस्थामा पुग्ला भनेर आत्तिनुपर्ने भएको छ । जम्मा ६ देखी ७ महिनाको वस्तु वा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति मात्रले हामी आर्थिक संकटको कुन मोडमा छौं भन्ने कुरा प्रष्ट पार्दछ । यस्तो आर्थिक संकटको स्थितीमा हिजो एक्कासी अर्थ मन्त्रालयले गभर्नर महाप्रशाद अधिकारीलाई निलम्बन गरेको खबर सार्वजनिक भएपछी सामाजिक सञ्जालहरुमा देशको आर्थिक अवस्था र अर्थमन्त्रीप्रती विभिन्न टिक्का टिप्पणी सुरु भएको छ ।

अर्थ मन्त्रालयले गभर्नर अधिकारीमाथि राष्ट्र बैंकको  गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र  उद्देश्य अनुसार तोकेको  जिम्मेवारी पूरा नगरेको भन्ने आरोप लगाएर निलम्बन गरेको छ । तर विहिबार मात्रै अर्थमन्त्रीद्वारा अछामका पृथ्वीबहादुर शाहको खातामा विदेशबाट आएको ४० करोड  छुटाउन राष्ट्र बैंकलाई दवाव दिएको भन्ने खबर सार्वजनिक हुनु र भोलिपल्टै अर्थ मन्त्रालयले गभर्नर अधिकारीलाई निलम्बन गर्नु संयोग मात्र नभएर अर्थमन्त्रीले व्यक्तिगत रिसरागको कारण र आफ्नो छबी बचाउनकै निम्ती गभर्नरलाई निलम्बन गरिएको भन्ने टिक्का टिप्पणी सुनिन थालेको छ । राष्ट्र बैंक र अर्थ मन्त्रालय मिलेर संकटको समाधान निकाल्नुपर्ने अवस्थामा गभर्नर निलम्बन गर्ने निर्णयले देशको चरम आर्थिक संकटलाई कसरी सम्बोधन गर्नसक्ला ?

त्यसो त प्रमुख प्रतिपक्ष नेकपा एमालेले हिजो नै अर्थमन्त्रीले आफ्नो असक्षमता लुकाउन अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निशाना बनाएको टिप्पणी गरेको छ ।सरकारले अपेक्षित रुपमा पुंजिगत खर्च गर्न नसकेको बिषयमा होस या पुंजी बजारमा आएको गिरावटको बिषयलाई लिएर होस अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच पछिल्लो समय राम्रो सम्बन्ध नरहेको कुरा बेलाबखत चर्चाकै विषय बन्ने गरेको छ । तर अर्थमन्त्रीलाई ४० करोडको मामिलामा जोडेर समाचार आउनु र त्यसैको भोलीपल्ट गभर्नर निलम्बनमा पर्नु भने संयोग मात्र नभएर अर्थमन्त्रीले सांच्चिकै आफ्नो असक्षमता लुकाउन गभर्नरलाई बलिको बोका बनाएको हुनसक्ने अड्कलबाजिहरु चलिरहेको छ । त्यसो त केही समय अघी मात्र कांग्रेसको केन्द्रिय समितीमा अर्थमन्त्री असक्षम भएको र देशको अर्थ व्यवस्था सम्हाल्न नसक्ने भन्दै अर्थमन्त्रीको रजिनामा समेत माग गरिएको थियो ।

हुनत अर्थमन्त्री शर्मा अर्थव्यवस्था सम्बन्धी त्यती राम्रो ज्ञान भएका र अर्थशास्त्रमा दख्खल भएका व्यक्ती पनि होइनन । अर्थ व्यवस्था सम्बन्धी ज्ञान भन्दा पनि राजनीतिक भगवण्डाको विराशतको रुपमा उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका हुन् । त्यसो त बिषयगत ज्ञान नहुंदै गर्दा पनि शर्मा उर्जा मन्त्री हुंदा उनले देशलाई लोडसेडिङ मुक्त गराउन जुन भुमिका खेले त्यो प्रशंसनीय छ । शायद उर्जा मन्त्री हुंदा उनले गरेको कामको कारण जनताले उनको अर्थमन्त्री कार्यकालमा देशले आर्थिक रुपमा पनि फड्को मार्नेछ भन्ने अपेक्षा  गर्नु स्वभाविक नै थियो । तर अर्थ मन्त्रालयमा मन्त्री शर्माले उद्देश्य अनुरुप र देश र जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको भन्ने कुरामा कुनै दुई मत रहेन ।

अर्को कुरा अर्थमन्त्रि र गभर्नरबीच कतिपय कुरामा मतभेद रहनु सामान्य कुरा हो। तर आपसी मतभेदकै आधारमा राजनीतिक प्रतिशोध राखेर अर्थमन्त्रीले गभर्नर निलम्बन गर्दै बस्ने हो भने यसले दिने प्रतिफल कस्तो होला ? भोलि आउने गभर्नरले निलम्बन परिएला भन्ने त्राशमा अर्थमन्त्रीको निजि राजनीतिक स्वार्थको निम्ति काम नगर्ला भन्न सकिएला र ? अहिले नै अनुसन्धानको प्रक्रियामा रहेको बैक खाताको रकम छुटाउन राष्ट्र बैंकलाई दबाव दिने अर्थमन्त्रीले भोलि आफु अनुकुलकै मान्छे नियुक्ति गरेर आर्थिक अपचलन गर्दैनन् भन्ने विस्वाश गर्ने आधार के छ ?

त्यसैले व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र  उद्देश्यअनुसार तोकेको  जिम्मेवारी पूरा नगरेको भन्ने जुन आरोपको आधारमा गभर्नर अधिकारीलाई निलम्बन गरिएको छ तिनै आधारमा टेकेर अर्थमन्त्री जनादर्न शर्माले पनि नैतिकताको आधारमा रजिनामा दिनुपर्छ । होइन भने ४० करोड छुटाउन राष्ट्र बैंकलाई दबाब दिएको भन्ने जुन आरोप छ त्यही आरोपको आधारमा अर्थमन्त्री जनार्दन शर्मालाई निलम्बन गरिनुपर्छ। किनकि फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले रकम जफत गर्न भनि पत्राचार गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको विषयमा अनुसन्धान नै प्रभावित हुने गरि अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिले राष्ट्र बैंकजस्तो संस्थालाई दबाब दिनुपनि कानुनि अपराध हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनालाई राष्ट्र बैंकको कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले उनलाई किन निलम्बन गर्ने निर्णय गरेको हो भन्ने तत्काल खुल्न सकेको छैन । अधिकारीमाथि सञ्चारमाध्यमलाई गोप्य सूचना सार्वजनिक गरेको आरोप लागेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच पछिल्लो समय राम्रो सम्बन्ध नरहेको स्रोतले जनाएको छ ।

यसअघि अर्थमन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहको खाताबाट करोडौं अमेरिकी डलर निकाशा गरिदिने भन्दै नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका एक सदस्यले बार्गेनिङ्ग गरेको आरोप सार्वजनिक गरेका थिए । अर्थमन्त्री शर्माले रकम निकासा गर्न राष्ट्र बैंकलाई अनावश्यक दबाब दिएको सञ्चारमाध्यममा आएपछि यस्तो भएको हो ।

राष्ट्र बैंकले आयोजना गरेको ‘राष्ट्रिय अर्थशास्त्र तथा वित्त सम्मेलन’ विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीले गोप्य सूचना सञ्चारमाध्यममा चुहावट गरेको आरोप समेत लगाएका थिए ।

सामाजिक सञ्जालमा प्रचार गर्न पाउने गरि निर्वाचन आचारसंहितामा परिमार्जन

सामाजिक सञ्जालमा प्रचार गर्न पाउने गरि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ परिमार्जन गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार , ‘आधिकारिक पेजबाट पार्टीले आफ्ना विचार, सिद्धान्त राख्न पाउने छन्। तर, कुनै उमेदवारलाई होच्याउन पाइने छैन। चैत्र २५ गतेबाट निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता २०७८ लागु हुने छ।’

नेकपा एमालेले निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति जनाउंदै आयोगलाई पत्र समेत लेखेको थियो। त्यसैको आधारमा आयोगले सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाउने विषयलाई परिमार्जन गरिएको हुनसक्ने बताइएको छ।

निर्वाचन आचारसंहिता २०७८ आज मध्यरातबाट लागू हुने

आयोगले पत्रकार सम्मेलन गरी आज मध्यरातबाट आचारसंहिता लागू हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज रातिदेखि आचारसंहिता लागू हुने र त्यसको पूर्ण पालना गर्न आह्वान गर्नुभएको छ । आयोगले आचारसंहिताको परिपालनाको नजिकबाट अनुगमन गरिने पनि शर्माले बताउनुभएको छ ।

शर्माका अनुसार आचारसंहिताले चुनावी प्रचार प्रसारमा सीमा तोकेको छ । तदनुसार, राजनीतिक दल वा उम्मेदवारले चुनावी चिन्ह अंकित कुनै पनि ज्याकेट, सर्ट, भेस्ट, टिसर्ट, टोपी वा टोपी लगाउन पाउने छैनन्।

आयोगले जारी गरेको आचारसंहितामा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र निर्वाचन कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।

स्थानीय प्रशासनको अनुमति लिएर मात्र राजनीतिक दल र तिनका भ्रातृसंगठनले सार्वजनिक स्थानमा र्‍याली, जनसभा, कोण सभा वा सभा गर्न पाउनेछन् ।

आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले चुनावी चिन्ह अंकित ज्याकेट, टोपी, स्कार्फ, टिसर्ट, सर्ट, म्याक्स लकेट र चुनाव चिन्हसहितको कुनै पनि वस्तु उत्पादन र प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ ।

आचारसंहितामा उम्मेदवारले बैंक वा वित्तीय संस्थामार्फत निर्वाचनसम्बन्धी खर्च गर्नुपर्ने र निर्वाचनसम्बन्धी खर्चको जिम्मेवारीको लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने पनि आचारसंहितामा उल्लेख गरिएको छ।

निर्वाचनका लागि उम्मेदवार दर्ताको मिति वैशाख १० गतेको लागि तोकिएको छ भने दावी, विरोध र फिर्ताका लागि समय दिई वैशाख १५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारले वैशाख २८ गतेसम्म प्रचारप्रसार गर्न सक्ने आयोगले जनाएको छ ।

आयात प्रतिस्थापन गरेर अगाडि बढ्नुपर्छ :गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा मुलुकको आर्थिक अवस्थाबारे बोल्दै नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके अवस्था झनै चुनौतीपूर्ण हुने बताउनुभएको छ ।

बढ्दो आयात र चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै जानुको कारण विदेशी मुद्राको सञ्चिति घटेकोले सोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको बताउनुभएको छ। गभर्नर अधिकारीले हाल नेपालसँग ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु वा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम रहेको आँकडा प्रस्तुत गर्दै उपभोग्य वस्तुको आयातलाई प्रतिस्थापन नगर्दासम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको सुरुवातदेखि सोधानान्तर स्थिति तथा चालु खाता घट्दै गएको र ८ महिनाको अवधिमा कुल वस्तुको निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड पुगेको उनले बताए । कुल वस्तु आयात ३८.६ ले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको उनले जानकारी दिए ।

गभर्नर अधिकारीले बाह्य क्षेत्र व्यवस्थापनलाई सुदृढ तुल्याउन आन्तरिक उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, विप्रेषण आप्रवाह, वैदेशिक लगानी र वैदेशिक सहायतामा वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट भर्खरै ३९ करोड ५९ लाख अमेरिकी डलर विस्तारित कर्जा सुविधा (ईसीएफ), करिब ४७ अर्ब बराबरको शून्य ब्याजदरको ऋण स्वीकृत भएको पनि गभर्नर अधिकारीले जानकारी दिनुभएको थियो ।

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । अध्यक्षमा व्यापक लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका घिमिरे ४ हजार ४ सय ३३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे । यस्तै बारको महासचिवमा घिमिरे समूहकी अञ्जिता खनाल विजयी भएकी छन् । खनालले ३६८२ मत प्राप्त गरेकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९८९ मत ल्याएका छन् ।

अन्य पदाधिकारी तथा सदस्यमा पनि घिमिरे प्यानल विजयी भएको छ । निर्वाचनमा नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा व्यावसायिक कानुन व्यवसायी समूह र व्यापक लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको थियो ।
अध्यक्षसहित ११ पदाधिकारी र सदस्य रहेको २५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको छ ।

बतास समूहको होटलमा सरकारले लगायो ताला

पशुपतिको धर्मशालामा सञ्चालित होटल आनन्दमा पशुपति क्षेत्र विकाश कोषले ताला लगाएको छ।

होटेल खालि गर्न सूचना लिएर धर्मशाला पुगेको सरकारी टोलिलाई होटेलका कर्मचारीले भित्र प्रवेश नै गर्न नदिएपछि पशुपति क्षेत्र विकाश कोषले गेट बाहिरै बाट ताला लगाइदिएको छ। बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेको भएपनि झन्डै २ घण्टा लामो भनाभन पछि पनि सरकारी टोलिलाई धर्मशालामा संचालित होटेलमा प्रवेश गर्न नदिएपछि कोषले गेट बाहिर बाटै ताला लगाइदिएको हो।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको र बतासले सरकारले पठाएको पत्र समेत बुझ्न नमानेपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।

pashupati tala

के के छन् मन्त्रिपरिषदले गरेका निर्णयहरु ?

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न २३ निर्णयहरु गरेको छ।

सरकारले गरेका निर्णयहरुमा राजदूत नियुक्ति, आयोगका कर्मचारी नियुक्ति देखि,सरकारको योजना र विभिन्न राष्ट्रिय महत्वका आयोजनाका विषयहरु समेत परेका छन्।

सरकारले गरेका ति सबै निर्णयहरु सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको छ।

मन्त्रिपरिषदले गरेका निर्णयहरु निम्नानुसार छन्।

cabinet nirnaya page 0001
cabinet nirnaya page 0002

उपकार माइक्रोफाइनान्सद्वारा आईपीओ जारी

उपकार माइक्रोफाइनान्स फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गरेको छ । कम्पनीले रु १०० अंकित मूल्यमा २ लाख ३६ हजार २५० प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गरेको छ ।

कम्पनीले जारी पुँजीको ०.५ प्रतिशत वा ३ हजार २ सय ८१ कित्ता कर्मचारीलाई र पाँच प्रतिशत वा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषमा निकासा गरेको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले चैत्र २९ गतेसम्म न्यूनतम १० र बढीमा १००० कित्ताका लागि आवेदन दिन सक्ने भए पनि सो अवधिसम्म माग नआए वैशाख ९ गतेसम्म निष्कासन खुला गरिने कम्पनीले जनाएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छनोट भएको छ ।इक्रा नेपाल लिमिटेडले धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङको व्यवस्थाअनुसार धितोपत्रको रेटिङ गर्दा कम्पनीलाई ‘बीबी माइनस’ ग्रेडिङ दिएको छ ।

वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट संस्थागत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय, काठमाडौंले अनलाइन प्रणालीबाट मात्रै संस्थागत श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्रै संस्थागत श्रम स्वीकृत गर्ने निर्णय भएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभएको छ ।

कार्यालयले श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिमा काम गरिरहेको छ । संस्थागत श्रम स्वीकृतिका लागि कार्यालयमा जनशक्ति उद्यमी वा तिनका प्रतिनिधि उपस्थित हुनुपर्ने पुरानो व्यवस्थालाई परिमार्जन गरि कार्यालयमा भौतिक उपस्थिति नगरी अनलाइन प्रणालीबाट संस्थागत श्रम स्वीकृति दिने प्रक्रिया अघि बढाएको हो।

श्रम स्वीकृतिलाई फेसललेस, पेपरलेस र नगदरहित बनाउन र छिटो, छरितो र पारदर्शी रूपमा सेवा उपलब्ध गराउन अनलाइन प्रणाली लागू गरिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रुपमा सेवा दिने नीतिअनुरुप अनलाइन प्रणालीबाट श्रम स्वीकृत गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।

अर्यालले आधुनिक प्रविधिको प्रयोग गरी सरल र छिटो गुनासोरहित सेवा उपलब्ध गराउन मन्त्रालयले दिएको निर्देशनअनुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट भइरहेको बताउनुभयो ।

कार्यालयले कागजपत्र जाँच गर्न समय लाग्ने र कहिलेकाहीँ सर्भरमा समस्या आउन सक्ने भएकाले संस्थागत श्रम स्वीकृतिका लागि तीन दिन अगाडि नै अनलाइन आवेदन दिन इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी र सरोकारवालालाई अनुरोध गरेको छ ।

राजदूत देखि आयोगका कर्मचारीसम्म राजनीतिक भागवण्डा :एकै दिन सय बढी नियुक्ति

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत देखि रिक्त सबै सरकारी पदमा राजनीतिक भागवण्डाको आधारमा नियुक्ति गरेको छ ।

निर्वाचन आचारसंहिता लाग्ने भएकाले रिक्त सबै पदमा नियुक्तिको निर्णय गरिएको बताइएको छ। अपराह्न ४ बजे सुरु भएको मन्त्रिपरिषद्बै बैठक साँझ करिब ८ बजेसम्म चलेको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुँदा सेक्युरिटी प्रेस खरिद प्रकरणको विवादमा मुछिएको भनिएका सुनील पौडेललाई पनि मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ। त्यसैगरि नेपाल वायुसेवा निगममा दुई सञ्चालक सदस्यमा सुधीर राई र संगिन बिसी नियुक्त भएका छन् भने हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्तकुमार पाण्डे नियुक्त भएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष काशीराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्त गरिएको छ । त्यस्तै सत्तारुढ गठबन्धनले भागबन्डाका आधारमा ७७ जिल्लामै भूमि आयोग गठन गरेको छ ।

त्यसैगरि परराष्ट्र सेवाका आठजना सहसचिव सहित राजनीतिक भागबन्डाबाट १२ जनालाई मन्त्रिपरिषदको हिजोको बैठकले राजदूतमा सिफारिस गरेको छ  । विभिन्न मुलुकमा नेपालका ३० राजदूतावास, तीनवटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास रहेको छ ।
हाल परराष्ट्र सेवाका १० जना सहसचिव राजदूतका रूपमा कार्यरत छन्। राजदूत सिफारिसमा परेका परराष्ट्रका सहसचिवमा दुर्गाबहादुर सुवेदी (जापान),घनश्याम भण्डारी (बंगलादेश), हरिश्चन्द्र घिमिरे (बहराइन), तीर्थराज वाग्ले (म्यानमार), डोरनाथ अर्याल (ओमान), सुशीलकुमार लम्साल (इजिप्ट), भरतकुमार रेग्मी (अस्ट्रिया), निर्मलराज काफ्ले (ब्राजिल) छन् । हिजो भएको राजनीतिक भागवण्डाका आधारमा नियुक्ति पाएका राजदूतहरु भने निम्नानुसार रहेका छन्।

विष्णुपुकार श्रेष्ठ (चीन)
दानबहादुर तामाङ (दक्षिण अफ्रिका)
शर्मिला पराजुली ढकाल (स्पेन)
वासुदेव मिश्र (श्रीलंका)
मिलन तुलाधर (रसिया)
कैलाश पोखरेल (अस्ट्रेलिया)
डिल्लीराज पौडेल (मलेसिया)
शान्ता रिजाल (इजरायल)
ज्योति प्याकुर्‍याल (दक्षिण कोरिया)
प्रा.डा. रामसुरज राय यादव (डेनमार्क)
नवराज सुवेदी (साउदी अरब)
नरेशविक्रम ढकाल (कतार)

नागढुंगा सुरुङमार्गमा ३५ प्रतिशत मात्र प्रगति

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ३५ प्रतिशतको हाराहारीमा पुगेको छ भने आर्थिक प्रगति ४३ प्रतिशत रहेको छ ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाले ७६ प्रतिशत सडक निर्माण सम्पन्न भएको र बाँधको ३७ प्रतिशत प्रगति भएको जनाएको छ । हालसम्म ओभरपास निर्माण सम्पन्न भई फ्लाईओभर निर्माणाधीन छ । तीनमध्ये दुई अन्डरपासको विकास भइसकेको छ भने तीनवटा बक्स कल्भर्ट पनि निर्माण भएका छन् । त्यसैगरी तीनमध्ये दुईवटा पुल पनि सम्पन्न भइसकेका छन् ।

अहिलेसम्म मुख्य सुरुङको २.६ किलोमिटर लम्बाइमध्ये १.१ किलोमिटर पूरा भएको छ।

आयोजनाले कुल २ हजार ५ सय ५७ मिटरमध्ये १ हजार ३ सय ८४ मिटर निकास सुरुङको निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ । आयोजनाले कामको अडिट समेत गरिसकेको छ ।

त्यसैगरी १२८ मिटर क्रस प्यासेजमध्ये ४८ मिटर सकिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा देशकै पहिलो नागढुंगा सुरुङमार्ग निर्माण हुन लागेको हो ।

राप्रपाले शक्ति प्रदर्शन गर्न काठमाडौँमा र्‍याली गर्ने

संवैधानिक राजतन्त्र र सनातन हिन्दु धर्म सँस्कृतीको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा पार्टीको विस्तारित बैठक गरेको छ । बैठकपछि बागमती प्रदेश कार्यसमितिले भोलि काठमाडौंमा राजनीतिक सभा तथा र्‍याली गर्ने र पार्टीको शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको बताएको छ ।

पार्टीका महासचिव भुवन पाठकले निर्वाचन प्रचारप्रसारका लागि देशका विभिन्न भागमा राजनीतिक गतिविधि गरिएको बताउनुभएको छ । पार्टीका सबै भातृ संगठनलाई चुनावी प्रचारप्रसारका साथै संगठन विस्तारको जिम्मेवारी दिइएको पनि पार्टिले जानकारी दिएको छ ।

सबै जिल्लामा जिल्लास्तरीय बैठक गर्ने पार्टीको कार्यतालिका अनुसार चैत्र २६ गते झापाको दमक, चैत्र २७ गते मकवानपुरको हेटौँडा, चैत्र २८ गते बाराको कलैया र २९ गते पर्साको वीरगन्जमा बैठक बस्नेछ । यी सबै बैठकमा केन्द्रीय अध्यक्ष र शीर्ष नेता सहभागी हुने बताइएको छ । अधिकांश जिल्लामा भने पार्टीको बैठक र भेला भइसकेको छ ।

स्थानीय तहको निर्वाचनमा कुनै दलसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धा गर्ने राप्रपाले देशभरबाट उम्मेदवार छनोट गरिरहेको छ । पार्टीका अनुसार चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाइनेछ।

निर्वाचन आचारसंहिताप्रति नेकपा एमालेको असन्तुष्टि

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखदै नेकपा एमालेले आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सो विषयलाई लिएर एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।

UML
UML 1
UML 2

निर्वाचन आयोगद्वारा सुरक्षा निकायलाई आधारभूत स्रोत-सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि सुरक्षा निकायले माग गरेका आधारभूत स्रोत र सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा अधिकारीले पाँच वर्षअघिको निर्वाचनमा प्रयोग भएको स्रोतसाधनबाट निर्वाचन गराउन गाह्रो हुने गुनासो गरेपछि आयोगले यस विषयमा छलफल गरी अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो ।निर्वाचन आयोग स्रोतका अनुसार केही दिनअघि केन्द्रीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा अधिकारीहरूले आफूसँग आधारभूत स्रोतसमेत नभएको गुनासो गरेका थिए ।

पाँच वर्षअघि निर्वाचनका बेला खरिद गरिएका सवारीसाधनको सङ्ख्या घटेको छ भने त्यसबेला सञ्चालनमा रहेका केही सवारीसाधन अहिले जीर्ण अवस्थामा छन् । अहिलेको निर्वाचनमा ठूला सुरक्षा चुनौती नदेखिए पनि आगामी दिनमा अकस्मात सुरक्षा जोखिम हुने र यस्तो अवस्थामा सवारी साधन अत्यावश्यक हुने सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन् ।

निर्वाचनका क्रममा मतदान केन्द्र वरिपरि तीन तहको सुरक्षा घेरा रहनेछ । मतदान केन्द्रको पहिलो घेरामा म्यादी र नेपाल प्रहरीको टोली तैनाथ हुनेछन् । दोस्रो घेराबन्दीलाई सशस्त्र प्रहरीले पहरा दिनेछ। नेपाली सेनाले मतदान केन्द्रबाहिर गस्ती गर्नेछ ।

विगतको तुलनामा यसपटक अस्थायी प्रहरीको संख्या नबढेकाले सुरक्षा घेरामा असर पर्ने गरी निर्वाचनको तयारी भइरहेको भन्दै सुरक्षाकर्मीले आयोगका पदाधिकारीलाई स्रोतसाधनबारे जानकारी गराएका थिए । त्यसपछि निर्वाचन आयोगको टोलीले स्रोतको अभाव रहेको र त्यसलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

अघिल्लो निर्वाचनको तुलनामा यसपटक करिब ४० लाख मतदाता थपिएका छन् । तर अस्थायी प्रहरीको संख्या भने पाँच वर्षअघिको जस्तै छ । त्यसबेला चरणबद्ध निर्वाचन भएकाले एक प्रदेशबाट अर्को प्रदेशमा सुरक्षाकर्मी परिचालन गरेर व्यवस्थापन गर्न सहज भएको थियो । तर यसपटक एकै चरणमा निर्वाचन हुने भएकाले त्यो सम्भव छैन ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका अधिकारीले पनि यो विषय उठाएका थिए । एक आयुक्तका अनुसार मुख्य प्रश्न सुरक्षाकर्मीले आवतजावत गर्न चाहिने सवारी साधनको हो । त्यसपछि आयोगले ‘सुरक्षाकर्मीलाई सवारी साधनको अभाव हुन नदिन र स्रोत उपलब्ध गराउन’ अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

स्रोतका अनुसार निर्वाचनको सुरक्षामा प्रश्न नउठ्नका लागि आयोगले स्रोतसाधन अभावमा ध्यानाकर्षण गराएको थियो । जवाफमा अर्थमन्त्री जनार्दन शर्माले भने, ‘अहिलेको संकटमा सवारीसाधन किन्न सक्ने क्षमता नभएकाले सवारीसाधनको अभाव हुन नदिने तर भाडामा वा अन्य सरकारी निकायसँगको समन्वयमा व्यवस्थापन गर्नेछौ’ ।

गैर साँसद कानूनमन्त्रिको लागि सिफारिस

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गोविन्द प्रशाद शर्मा (कोइराला )लाई कानूनमन्त्रिको लागि सिफारिस गर्नुभएको छ।

अधिवक्ता गोविन्द प्रशाद शर्मा (कोइराला )ले आज दिउँसो २ बजे कानून मन्त्रीको रुपमा सपथ लिने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था रहेको भएपनि त्यस्ता मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने अन्यथा मन्त्री पद स्वत खारेज हुने कानुनि प्रावधान रहेको छ ।

शर्मालाई कानूनमन्त्री बनाएपछि हाल कायम रहेका कानून मन्त्रि दिलेन्द्र प्रसाद वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ ।

president 1

पेचिलो बन्दै भरतपुर महानगरको चुनावी माहोल

स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा देशभर चुनावी माहोल बढेको छ। सत्ता गठबन्धनले साझा उम्मेद्द्वार उठाएर चुनावमा अघि बढ्ने रणनिति अघि सारेको बेला चितवन जिल्लाको भरतपुर महानगरपालिकामा भने गठबन्धन दलबीच नै विवाद बढेको छ।
सबै स्थानिय तहमा गठबन्धन गरेर अघि बढ्ने सहमतीमा सत्ता गठबन्धनका दलहरुले सहमति गरेको भएपनि मेयर पद भने आफुले पाउनु पर्ने भन्दै काँग्रेस र माओवादीले अडान लिएर बसेका छन्। यस अघि काँग्रेसको समर्थनमा माओवादीबाट रेणु दाहाल भरतपुरको मेयर बनेकोले यो पटक माओवादीले काँग्रेसलाई मेयर पद छाड्नु पर्ने चितवन काँग्रेसको धारणा रहेको छ। त्यसो त काँग्रेसको समर्थनमा मेयर बनेको भएपनि जिल्लामा काँग्रेसलाई पाखा लगाउन कोशिस गरेको भन्दै यस पटक माओवादीलाई सहयोग गर्न नसकिने चितवन काँग्रेसका नेताहरुले बताएका छन्।

यसैबीच आज चितवन काँग्रेसका नेताहरुले गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब समेत दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल,निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेल लगायतले नेता पौडेललाई भेटेर भरतपुर महानगरको मेयर कुनै पनि हालतमा नछाड्ने कांग्रेस जिल्ला कार्यसमिति चितवनको सर्वसम्मत निर्णय बुझाएका छन्।

त्यसो त केन्द्रले जबर्जस्ति माओवादीलाई समर्थ गर्ने निर्णय गरेमा आफु बागी लड्न तयार भएको काँग्रेस चितवनका पुर्व सभापति कृष्णलाल सापकोटाले बताउनुभएको छ। काँग्रेस चितवनको अस्तित्व जोगाउन भने पनि आफुले बागी दिने नेता सापकोटाले बताउनुभएको छ।

यता मेयर रेणु दाहालले भने काँग्रेसले समर्थन नगरे आफुहरु एक्लै चुनाव लड्ने अभिव्यक्ति समेत दिनुभएको छ। केहि समय अगाडि प्रचण्डले चितवन कांग्रेसले भनेर केहि हुदैन , गठबन्धन केन्द्रबाट हुन्छ भनि दिएको अभिव्यक्तिले चितवनका काँग्रेसहरु आक्रोशित बनेका थिए।

बीबीसी मास्टर शेफ सन्तोष साहसहितको टोली आज काठमाडौं आउँदै

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्यको प्रवर्धन गर्न ‘बीबीसी मास्टर शेफ’ सन्तोष साहसहितको टोली आज काठमाडौं आउँदैछ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको निमन्त्रणामा ‘बीबीसी मास्टर शेफः द प्रोफेशनल २०२०’ का फाइनलमा परेकाहरु आज नेपाल आउँदैछन् ।पाटा नेपाल च्याप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो सन्तोष साह ‘बीबीसी मास्टर शेफ’ लगायतका टोलीलाई स्वागत गर्ने तयारी गरेको जनाएको छ ।।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले कोरोना महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत मौलिक खाद्य संस्कृति र गन्तव्यको प्रवर्धनमा सहभागी हुन शेफ साहसहितको टोलीलाई नेपाल निम्तो गरिएको बताउनुभएको छ ।

७१ निर्वाचन अधिकृतको नियुक्ति खारेज गर्दै आयोगले सार्वजनिक गर्यो नयाँ अधिकृतको सूची

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले १० दिन नबित्दै हटाएको छ ।

निर्वाचन आयोगले पुराना अधिकृतलाई हटाएर सट्टामा नयाँ कर्मचारीलाई निर्वाचन अधिकृतको जिम्मा समेत दिएको छ।

आयोगले जारी गरेको सूचनाअनुसार, यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ चैत्र २३ गतेको मिति देखि हटाइएको उल्लेख गरेको छ। आयोगले नयाँ नियुक्त निर्वाचन अधिकृतहरुको सूची समेत सार्वजनिक गरेको छ। नियुक्त नयाँ अधिकृतहरुलाई चैत्र २९ गते भित्र तोकिएको स्थानमा उपस्थित हुन समेत निर्देशन दिएको छ।

चैत्र २६ सम्म निर्वाचन समन्वयको अवस्था टुंग्याउन जिल्ला समितिलाई गठबन्धनको निर्देशन

सत्तारुढ दलको निर्वाचन तयारी तथा अनुगमन समितिले चैत्र २६ गतेसम्म निर्वाचन समन्वयका विषयमा निर्णय गर्न जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको पहिलो बैठकले निर्वाचनको समन्वय र अवस्थाको मूल्याङ्कन गर्ने योजनाअनुसार काम भए नभएको समीक्षा गरेको छ ।

आजको बैठकले चैत्र २६ भित्र जिल्लामा निर्वाचन समन्वयको अवस्था टुंग्याउन जिल्ला समितिलाई निर्देशन दिएको छ ।

आयल निगमलाई सरकारी कोषबाट ४ अर्ब २० करोड प्रदान

सरकारले मूल्य स्थिरीकरण कोषबाट नेपाल आयल निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई तिर्ने पर्याप्त रकम नभएपछि सरकारले उक्त रकम उपलब्ध गराउने भएको हो । निगमले आगामी शुक्रबार इन्धन खरिदका लागि आईओसीलाई १९ अर्ब ४७ करोड रुपैयाँ तिर्नुपर्नेछ भने निगमसँग हाल १३ अर्ब रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।

एनओसीले प्रत्येक १५ दिनमा आईओसीलाई भुक्तानी गर्दै आएको छ । निगमले हरेक महिना ९ अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको छ भने चालु आर्थिक वर्षमा मात्र ३३ अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।

बलात्कारको जाहेरी दिने किशोरीलाई कैद तोकिएको फैसलाविरुद्ध पुनरावेदन

बलात्कारविरुद्ध जाहेरी दिएकी किशोरीलाई नै कैद सजाय गर्ने जिल्ला अदालत अछामको फैसलाविरुद्ध पुनरावेदन निवेदन परेको छ। जिल्ला सरकारी वकिल कार्यालय अछामले हुलाकमार्फत उच्च अदालत दिपायलमा पुनरावेदन निवेदन पठाएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कौशलप्रसाद ढुंगानाले बताउनुभएको छ ।

सहमतिको यौन सम्बन्धलाई बलात्कारको आरोप लगाउँदै जाहेरी दिएको आरोपमा जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीले चैत १३ गते फैसला गर्दै जाहेरी दिने किशोरीलाई नै साढे तीन वर्ष कैदको सजाय सुनाएका थिए। पुर्पक्षका लागि डेढ महिनादेखि थुनामा रहेका युवकलाई भने निर्दोष ठहर गर्दै थुनामुक्त गरिएको थियो।


आफूमाथि बलात्कार भयो भन्दै जाहेरी दिएकी किशोरीले अदालतमा सहमतिमै यौन सम्पर्क भएको र विवाह नगर्लान् भनेर आवेशमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएको बताएकी थिइन्। बकपत्रका आधारमा उनलाई कैद तोकिएको भएपनि निस्क्रिय भइसकेको कानुनको आधारमा फैसला गरिएको भन्दै पुनरावेदन गरिएको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार भने पीडितले झुटो आरोप लगाएमा वा निर्दोषलाई फसाउन खोजेमा ३ महिना कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

अदालतले कैदको फैसला गरे पनि किशोरीलाई परामर्शका लागि भन्दै सुरक्षित गृहमा राखिएको छ। उच्च अदालतको आदेश नआउन्जेल उनलाई कारागार चलान नगरिने सल्लाह भएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

लोसपा अध्यक्ष ठाकुरलाई स्वास्थ्यमा समस्या

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उहांलाई आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

पार्टीको कार्यक्रमका लागि भैरहवा पुग्नुभएको ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतालका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो ।

छातीमा समस्या देखिनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएपछि थप उपचारका लागि ठाकुरालाई काठमाडौं ल्याइएको छ । काठमाडौँको मेडिसिटी अस्पतालमा ठाकुरको उपचार भैरहेको छ।

तस्विर:कान्तिपुर

लागुऔषध नियन्त्रणका लागि गृह मन्त्रालयको पाँच वर्षे गुरुयोजना

गृह मन्त्रालयले लागुऔषध नियन्त्रण तथा नियन्त्रणका लागि पञ्चवर्षीय गुरुयोजना तयार गरेको छ । लागुऔषध नियन्त्रण सम्बन्धी विभिन्न रणनीतिसहित लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना २०७९-०८४ तयार पारिएको छ । पहिलो पटक तयार पारिएको गुरुयोजना मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले पारित गरेको हो जसमा आज सम्बन्धित सबै निकायसँग छलफल भएको छ ।

गृह मन्त्रालयका अनुसार नेपालमा लागुऔषधका घटना बढ्दै गएका छन् । यसको भण्डारण, खपत, बिक्री र वितरण पनि बढेको छ । हाल नेपालका विभिन्न कारागारमा रहेका २१ प्रतिशत कैदी लागुऔषध दुव्र्यसनी छन् । त्यस्तै ९ प्रतिशत अपराध लागुऔषध सेवनका कारण हुने गरेको छ ।

गुरुयोजना कार्यान्वयनका लागि तीन तहका सरकार, प्रहरी र समुदायलाई साझेदारी गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा

टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल टेलिकम वर्कश युनियनले प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गर्दै आज टेलिकमको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । टेलिकममा संस्था बुझेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियनको मागलाई वेवास्ता गर्दै सरकारले बाहिरबाट मान्छे ल्याएर रिक्त पदमा नियुक्ति गर्ने तयारि गरिरहेको बेला आज टेलिकमका कर्मचारीहरुले खबरदारी स्वरुप आन्दोलन गरेका छन्।

टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै बाह्य हस्तक्षेपबाट मुक्त गराउन र नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ।

तस्विर: नागरिक

नेपाल बार एसोसिएशनको अध्यक्षमा घिमिरेको अग्रता कायमै

नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा अध्यक्षका प्रत्याशी गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ।

घिमिरेले हालसम्म गणना भएका मध्ये ९०५ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्दी विष्णुमणि अधिकारीले ४४७ मत प्राप्त गरेका छन्। नेपाल बार एसोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ। 

तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो। हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा हालसम्म अन्जिता खनालले ८१३ र केदारप्रसाद कोइरालाले ५३१ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा भरतबहादुर राउतले ८७० र जगतबहादुर कार्कीले ४८६ मत प्राप्त गरेका छन्।

मङ्गलबार बिहानदेखि मतगणना सरु भएको थियो भने बेलुका स्थगित गरेर आज ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिएको हो। बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० मतदाता रहेका थिए। सात हजार ४२९ मत मात्र खसेको थियो। रासस

मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने

मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हाे। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो।  

सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो।

हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ। सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ। एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारीसाधनका हकमा सहजीकरण गरिने छ।

मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ। एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताए।  

कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दैआएको छ। विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो। विसं २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण बनेको छ। रासस

एआईजी बढुवाको निर्णयमा कारण देखाउ आदेश जारी

तीन जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सरकारलाई कारण सोधेको हो । सर्वोच्चको यो निर्णय अन्तिम होइन । तत्कालका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न रिट निवेदकले अस्वीकार गरेका छन् ।

सर्वोच्चले कनिष्ठलाई बढुवा गरेको १५ दिनभित्र लिखित कारण माग गर्दै अन्तरिम आदेशमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिने वा नगर्ने निर्णय गर्नेछ ।

सरकारले बढुवा गर्ने निर्णय गरेकै दिन गत बिहीबार सर्वोच्चमा रिट दायर भएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले सिनियरको सट्टा जुनियरलाई बढुवा गर्ने निर्णय गलत भएको भन्दै अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

उक्त निर्णयविरुद्ध डीआईजी ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन् । सोही दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले पांचवटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले यौन हिंसा सम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश–२०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि–२०७८ सम्बन्धी कतिपय ऐनलाई परिमार्जन गर्ने अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ प्रमाणीकरण गर्नुभएको हो ।

त्यसैगरी एसिड तथा खतरनाक रसायन (नियमावली)–२०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (सञ्चालन, सुपरिवेक्षण तथा समन्वय) प्रथम संशोधन–२०७८ प्रमाणीकरण गर्नुभएको राष्ट्रपती कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

ahyadesh

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिनको मौसमी विवरण

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन देशभरीको मौसम निम्नानुसार रहने अनुमान गरिएको छ ।

हाल मौसमको अवस्था 

हाल देशको प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहेको छ।   

२०७८ चैत्र २३ गते  (बुधबार)  

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई  स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ चैत्र २४ गते (बिहिबार)  

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ चैत्र २५ गते (शुक्रबार) 

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली , बाँकी प्रदेशका पहाडी भू-भागमा अंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका  केही  स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भाका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश नं १ का पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दललाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन ६० बुँदे निर्देशन जारी गरेको छ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलको प्रतिबद्धता लिएपछि आयोगले दललाई निर्वाचन (कसुर तथा सजाय)  ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवं निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न  निर्देशन दिएको हो।

 निर्देशनमा निर्वाचनमा उम्मेदवारी दिने, प्रचारप्रसार गर्ने, मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने, थुनछेक गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, धाकधम्की वा डरत्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने, सामाजिक वहिष्कार गर्ने, प्रलोभन देखाउने र धर्म भकाउने वा प्रतिज्ञा गराउनेलगायत जस्ता काम गर्न नहुने उल्लेख छ।

निर्देशनमा भनिएको छ, ‘मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र वकसका रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज भतेरको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोज भतेरमा सहभागी हुन नहुने।’

निर्देशनमा निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्‍याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पुर्‍याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने उल्लेख छ।

निर्देशनमा भनिएको छ, ‘निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने।’

आयोगले निर्देशनमा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्न वाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग नगर्न वा नगराउन भनेको छ।

मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन नहुने निर्देशनमा उल्लेख छ।

निर्देशनमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी र्‍याली गर्न वा गराउन नहुने विषय उल्लेख छ।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने तथा निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानूनविपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने निर्देशनमा उल्लेख छ।

निर्देशनमा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न नहुने तथा रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट प्राप्त गर्न नहुने उल्लेख छ।

राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउन भनिएको छ।

जुलुस वा आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने विषयमा ध्यानाकर्षण गराउँदै आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने निर्देशन दिएको छ।

दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने तथा कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग नगर्न निर्देशन दिएको छ।      

निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचनसम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्न वा कुनै किसिमले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन नहुनेतर्फ राजनीतिक दलको ध्यानाकर्षण गराएको छ।

आयोगले मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिह्न वा सङ्केत मेट्न, केर्न, सच्याउन, कीर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पुर्‍याउन वा दुरूपयोग गर्न वा गराउन नहुने विषयतर्फ सचेत गराएको छ।

जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने विषयमा ध्यानाकर्षण गराउँदै आयोगले स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला नगर्न पनि भनेको छ।

मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने तथा मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ।

निर्देशनमा दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सङ्घ, संस्था, व्यक्ति वा निकायले प्रयोजन गरी वा नगरी कुनै आम सञ्चारमाध्यम वा सामाजिक सञ्जाल वा यस्तै माध्यमको प्रयोग गरी कुनै लेख, रचना, अन्तर्वार्ता, जीवनी, सन्देश, सूचना, विज्ञप्ति वा यस्तै प्रकृतिका सामग्री छाप्न, छपाउन वा प्रकाशन, प्रसारण र वितरण गर्न गराउन नहुने उल्लेख छ।

आयोगले  राजनीतिक दलहरूबाट आफ्ना सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्दा राखिएका दलका झण्डा, चिह्न वा अन्य प्रचारप्रसार सामग्री निर्वाचन आचारसंहिता विपरीत हुने कुनै कार्य भइरहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्न पनि भनेको छ। रासस

ग्यास र पेट्रोलियम पदार्थको मुल्य वृद्धि

हिजो राती १२ बजेदेखी लागु हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

रसिया र युक्रेन युद्धको कारण इन्धनको मुल्य बढी भएको र निगमले निरन्तर घाटा बेहोरिरहेको भन्दै नयाँं खरिद मुल्य अनुसार मुल्य समायोजन गरेर निगमले इन्धनको मुल्य बढाएको छ ।
निगमले डिजेल,मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

petrol price increase

स्थानीय निर्वाचनका लागि १५ जिल्लामा चुनावी तालमेलको टुँगो लाग्यो

सत्तारुढ पाँच दलको गठबन्धनले आगामी स्थानीय निर्वाचनका लागि अहिलेसम्म १५ जिल्लामा समन्वय गर्ने निर्णय गरेको छ ।

गठबन्धन दलका जिल्ला नेताहरुको बैठकको सहमति अनुसार ललितपुर, भक्तपुर, चितवन, कास्की, तनहुँ, सिन्धुपाल्चोक, बाग्लुङ, अर्घाखाँची, उदयपुर, रोल्पा, धनकुटा, तेह्रथुम, कञ्चनपुर, अछाम र लमजुङमा चुनावी तालमेल गर्ने निर्णय गरिएको छ । ।

१५ जिल्लाका जिल्ला सभापतिहरुले चुनावी गठबन्धन गर्ने अन्तिम निर्णय टुँगो लगाइसक्दा अन्य जिल्लाहरुमा भने चुनावी तालमेलको लागि प्रयास अघी बढीरहेको गठबन्धनका शिर्ष नेताहरुले बताएका छन् ।

नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सोमबार बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिको निर्वाचनमा समन्वय गर्ने निर्णय गरेको हो ।

चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा

काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्मित बन्दरगाहको उद्घाटन गर्नुभएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताउनुभएको छ। आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

चोभार बन्दरगाह सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।

चोभारको सुख्खा बन्दरगाह नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको हो ।

नेप्से दोहोरो अंकले गिरावट

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ६ अंकमा बन्द भएको छ। यो साताको लगातार तीन दिन नेप्से दोहोरो अंकले घटेको छ ।

२ हजार ४९८ दशमलव ५३ अंकमा खुलेको बजार इन्ट्राडे कारोबारमा सिधै ओरालो लागेको थियो । लगानीकर्ताको आत्मविश्वास घट्दै गएपछि साताको पहिलो तीन दिन देशको दोस्रो बजार झन्डै ९२ अंकले घटेको छ ।

एकै दिनको कारोबार भने सोमबार १ अर्ब ५८ करोड रुपैयाँबाट २ अर्ब ६७ करोड पुगेको छ । व्यक्तिगत कम्पनीहरूमध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा बढी ९६.७९ करोड रुपैयाँको शेयर कारोबार गरेको छ ।

होटल र पर्यटन बाहेक अन्य १२ व्यापार समूहको सेयरको औसत मूल्य घटेका कारण रातो पोष्ट भएको छ । जीवन बीमा र निर्जीवन बीमा क्रमशः ४३२.२८ अंक र ३४६.८४ अंकले घटेको छ ।

यस दिन इमर्जिङ नेपाल लिमिटेड सबैभन्दा धेरै अंकले घटेको छ भने नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था सबैभन्दा धेरै अंकले बढेको छ ।

स्थानीय निर्वाचनको उम्मेदवार तुरुन्तै टुंगो नलगाउन कांग्रेसको परिपत्र

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि तत्काल उम्मेदवार टुंगो लगाउन मातहतको कार्यसमितिलाई परिपत्र गरेको छ ।

पार्टीको वडा, नगरपालिका, क्षेत्रीय तथा जिल्ला कार्यसमितिले आगामी निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको बेला कांग्रेसले मौखिक परिपत्र जारी गरेको छ ।

नेपाली कांग्रेसको संवैधानिक व्यवस्था अनुसार वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार प्रतिनिधिसभाको क्षेत्रीय संसदीय समितिले छनोट गर्नेछ । त्यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला समितिले छनोट गर्नेछ ।

नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार प्रदेश कमिटीले र महानगरका मेयर र उपमेयरको छनोट केन्द्रीय कार्यसमितिले गर्नेछ ।

निर्वाचन आयोगले बोलाएको बैठकमा राजनीतिक दलका नेताहरुबीच विवाद

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुबीच चर्को विवाद भएको छ ।

आयोगले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन ७९ राजनीतिक दलसँग बैठक बोलाएको थियो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आयोगले दलहरुलाई कुनै छलफल नगरी आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गराउने प्रयासको विरोध गरेका थिए ।

दलका प्रतिनिधिले आपत्ति जनाउन थालेपछि बैठक केहीबेर प्रभावित भएको थियो । आयोगले दलका प्रमुखलाई छलफलका लागि आमन्त्रण गरेको भएपनि केही दलका प्रतिनिधिले बैठकमा केही दलका केन्द्रीय सदस्यसमेत रहेको भन्दै आपत्ति जनाएका थिए ।

स्थानीय निर्वाचनमा लमजुङ जिल्लामा पनि चुनावी गठबन्धन गर्ने सहमती

लमजुङ जिल्लामा सत्ता गठबन्धनका दलहरुले आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् ।

गठबन्धन दलको जिल्ला नेतृत्वबिच आज बसेको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिन जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति डा. टकराज गुरुङ, नेकपा माओवादी केन्द्रका संयोजक मधु अधिकारी (गुरुङ), एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारी र जसपाका अध्यक्ष गमबहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम गर्न, गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न, सामाजिक सन्जाल लगायत सञ्चारका माध्यमबाट गालीगलौज नगर्न आ–आफ्ना दलका नेता–कार्यकर्ताहरुलाई अपिलसमेत गरेको छ ।

Lamjung Talmel 814x1024 1

गठबन्धनको बैठकमा चुनावी तालमेलबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने र कसरी चुनावमा जाने भन्ने मोडालिटीबारे छलफल भएको बताइएको छ।
साथै स्थानीय तह निर्वाचनमा तालमेलका लागि निर्वाचन तयारी तथा अनुगमन समिति समेत गठन गरिएको छ। बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।

बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी बनेको र तयारी तथा अनुगमन समितिको बैठक बुधबार बस्ने जानकारी दिएको छ ।

देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ पनि गर्नुभएको थियो । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।

नेपालको बिजुली औपचारिक रुपमा भारतीय बजारमा प्रवेश

इतिहासमा पहिलो पटक नेपालको विधुत औपचारिक रूपमा भारतीय बजारमा प्रवेश गरेको छ ।

सरकारको निरन्तर कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली किन्न भारत तयार भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरोकारवाला निकायसँगको वार्ता, मन्त्रालयस्तरमा द्विपक्षीय र बहुपक्षीय वार्ता र कूटनीतिक पहल सार्थक भएको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी मनसुनमा करिब ३६० मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने बाटो खुलेको छ । यसले वर्षायाममा खेर जाने बिजुली भारतीय बजारमा प्रवेश गर्ने र नेपाली लगानीकर्तालाई बजार अन्वेषण र विस्तारमा थप सहयोग पु¥याउने छ ।

सरकारले नेपाल विधुत प्राधिकरणको सहायक कम्पनीलाई बिजुली व्यापार गर्न अनुमति दिएको छ । निजी क्षेत्रले पनि क्षेत्रीय बजारमा विधुत आपूर्ति गर्न अनुमति मागेको छ ।

प्राधिकरणका अनुसार गत मनसुनमा मात्रै करिब ५०० मेगावाट बिजुली खेर गएको थियो । यसको बजार मूल्य करिब रु. ५ अर्ब। पछिल्लो भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा सञ्चित बिजुली प्रयोग र खरिद गर्न आफू तयार रहेको बताएको थियो । भारतीय बजारमा नेपालको प्रवेशको प्रभाव रणनीतिक हुनेछ भन्ने सरकारले बुझेको छ ।

नेपालले झण्डै ८ सय मेगावाट बिजुली निर्यातको माग गर्दै आएको थियो । आन्तरिक रूपमा खपत बढाउने र निर्यात गर्दा क्रमशः विस्तार गर्ने लक्ष्य भएकाले ३६० मेगावाटसम्म निकासीको बाटो खुला गर्नु आफैमा उपलब्धि भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

स्थानीय निर्वाचनबारे छलफल गर्न सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।


सत्तारुढ गठबन्धनका पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय गरिसकेका छन् । आजको बैठकमा समन्वयको मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

यसअघि बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा समन्वय गर्ने र त्यसका लागि प्रदेश, जिल्ला र नगरपालिका तहको समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिले आजै प्रतिवेदन बुझाउनेछ । सत्तारुढ गठबन्धनको आजको बैठकमा सोही समितिको प्रतिवेदनमाथि छलफल हुने नेताहरूले बताएका छन् ।

देशैभर कुखुरामा बर्डफ्लु तीव्र गतिमा फैलिरहेको छ:पशु सेवा विभाग

पशु सेवा विभागले बर्डफ्लु तीव्र गतिमा फैलिन थालेपछि देशभर कुखुरा उत्पादनमा ठूलो असर परेको जनाएको छ ।

पशु सेवा विभागका महानिर्देशक रामनन्दन तिवारीले देशभर एभियन फ्लु नियन्त्रणबाहिर गएको बताउनुभएको छ । विभागले आयोजना गरेको अन्तरक्रियामा तिवारीले यो वर्ष मुख्यतया प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका कुखुरा, टर्की, काग लगायतमा विभिन्न प्रजातिमा फ्लुको असर परेको बताउनुभएको थियो ।

विभागका अनुसार मुख्यतया मोरङ, सुनसरी, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा, मकवानपुर, धनुषा र बारा जिल्लामा कुखुरा उत्पादनमा यो रोगले प्रभाव पारेको छ ।

बर्डफ्लु रोकथामका लागि सरकारी निकायले कुखुराजन्य उत्पादनको ढुवानीमा कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता प्रमाणपत्रसम्बन्धी समस्या छिट्टै समाधान गरिने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले बाराको कलैयामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले मधेसमा नागरिकताको विषय ठूलो समस्या भएको स्वीकार गर्दै मधेसमा जन्मेर हुर्केका नेपाली नागरिकता बिहिन हुन नहुने बताएका हुन् .

कानुन नहुँदा नागरिकताको प्रमाणपत्र वितरणमा समस्या भएको खाँणले बताएका छन् । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव संसदमा रहेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकतासम्बन्धी ऐन बनाउन राष्ट्रिय सहमति कायम गर्नेतर्फ काम गरिरहेको जानकारी दिए ।

उनका अनुसार ऐन बनेपछि सरकारले नगरपालिकाबाट नागरिकताको प्रमाणपत्र वितरण गर्ने सोच बनाएको छ ।

उनले मधेशी जनतालाई ‘वास्तविक देशभक्त’ जनताको रुपमा प्रशंसा गर्दै देशको माटो र सिमानाको रक्षा गरेकोमा कृतज्ञता व्यक्त गरे ।

सो अवसरमा खाँणले सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिमादेवी कुशबाहा र तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका नेता मोहन महतो कोइरी, ओमप्रकाश ठाकुरलगायतका केही नयाँ अनुहारलाई कांग्रेसमा स्वागत गरेका थिए ।

मन्त्री खाँणले जिल्लाको ऐतिहासिक पोखरी झारौखरमा स्वर्गीय भागवतप्रसाद यादवको शालिक अनावरण गरेका हुन् । नेपाली कांग्रेस राष्ट्रियताको जगमा उभिएको बताउँदै उनले सबै भूगोल, वर्ण र धर्मका नेपालीलाई एकताबद्ध गरेर नेपाल बलियो र सक्षम बन्ने विश्वास व्यक्त गरे ।

उनले मधेस प्रदेशलाई देशकै बलियो प्रदेश बनाउन काङ्ग्रेसले नेतृत्व लिने विश्वास दिलाए ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा सम्पत्ति शुद्धीकरण विरुद्ध ९५ वटा उजुरी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा सम्पत्ति शुद्धीकरणमा संलग्न व्यक्तिविरुद्ध ९५ उजुरी दर्ता गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगको अभिलेखले कुल मुद्दामध्ये १७ नेपाल राष्ट्र बैंकको वित्तीय सूचना इकाईबाट प्राप्त भएको र बाँकी ६९ मुद्दा अन्य निकायबाट सङ्कलन भएको देखाएको छ । आरोपितमाथि अनुसन्धान थालेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

२०२१ को जुलाईको मध्यमा र २०२२ को मार्चको मध्यमा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भारतीय नागरिकहरू विरुद्ध विशेष अदालतमा ९.५ मिलियन नगद जम्मा गरेको आरोपमा दुईवटा मुद्दा दायर गरेको थियो। त्यसैगरी सबैभन्दा ठूलो घोटाला भनेको नेपाल इन्जिनियरिङ कलेजका आठ सरोकारवालाविरुद्ध आठ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

एक दशकअघि स्थापना भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हालसम्म २ हजार ५०८ मुद्दा दर्ता भएको छ । तीमध्ये ६२ मुद्दामा मात्रै फैसला भएको छ भने १ हजार ७ सयभन्दा बढी मुद्दामा अनुसन्धान भइरहेको छ ।

समयमै ठेक्का पूरा नगरेको ६ निर्माण कम्पनी कालोसूचीमा

समयमै ठेक्का पूरा नगरेको भन्दै सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले आइतबार सार्वजनिक सूचना जारी गर्दै टीबीई इनर्जी (इण्डिया) प्रालि कन्सोर्टियम (लिडर) र पीपी इन्डस्ट्रिज प्रालिलाई आगामी तीन वर्षसम्म निर्माण कार्यमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ ।

यस्तै चिराग कन्स्ट्रक्सन, कर्णाली बिल्डर्स, फैसल एन्ड अफजल कन्स्ट्रक्सन, कुशल देव निर्माण सेवा र टिटुङ कन्स्ट्रक्सन प्रालिलाई आगामी एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद ऐन, २००७ को दफा ६५ बमोजिम यस्तो निर्णय गरिएको पीपीएमओले जनाएको छ । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारले आह्वान गरेको खरिद तथा निर्माण सेवामा सहभागी हुन पाउने छैनन् ।

नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालाई भारतले विदेश सचिवमा नियुक्त गरेको छ।

सोमबारको मन्त्रिपरिषद्को नियुक्ति समितिले राजदूत क्वात्रालाई भारतको विदेश सचिवको पदमा नियुक्त गरेको हो । क्वात्रा मार्च २०२० देखि नेपालका लागि भारतका राजदूतका रूपमा कार्यरत छन्।

नेपालका लागि भारतीय राजदूतलाई नयाँ परराष्ट्र सचिवमा नियुक्त गरेपछि दुई देशबीच रहेका विभिन्न द्विपक्षीय समस्या समाधान गर्न सहयोग पुग्ने अनुमान गरिएको छ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि नेपाललाई

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर नेपालले पिएनजीलाई १६९ रनको चुनौती दिएको थियो । सुरुदेखि नै दबाबमा रहेको पीएनजी ११८ रनमा अलआउट भयो ।

टस हारके नेपालले पीएनजीलाई १६९ रनको चुनौती दिएको थियो ।सुरु देखिनै नेपाली दबाबमा परके पीएनजी ११८ रनमै समेटियो।

डीआईजी बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन हेर्न नमिल्ने सूचीमा

नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त मुद्दा हेर्न नमिल्ने भए पनि उनी सुनुवाइमा उपस्थित थिए ।

डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआईजीको बढुवाविरुद्ध रिट दायर गरेका थिए ।

मन्त्रिपरिषद् बैठकले डीआईजी धिरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

१४ दशमलव ८८ अंकले घटेर बन्द भयो शेयर बजार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि १४ दशमलव ८८ अंकले घटेर २४९८ दशमलव ५३ अंकमा बन्द भएको छ ।

२ हजार ५१३ दशमलव ४१ बिन्दुमा खुलेको बजार अधिकतम २ हजार ५२५ दशमलव २५ बिन्दुमा पुगेर २ हजार ४९८ दशमलव ५३ बिन्दुमा झरेर बन्द भएको थियो ।

आजको दैनिक कारोबार रकम १ अर्ब ५८ करोड रहेको थियो भने अघिल्लो दिनको कारोबारमा १ अर्ब ४६ करोड मात्रै थियो ।
१३ कारोबारी समूहमध्ये जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचक तीन अंकले घटेको छ भने अन्य आठ समूहको परिसूचकमा दुई अंकको गिरावट आएको छ ।

इमर्जिङ नेपाल लिमिटेडको सबैभन्दा ठूलो ६३ करोड ९१ लाख रुपैयाँको शेयर कारोवार भएको छ भने नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै अंकले बढेको छ ।

स्थानीय निर्वाचनमा चितवनमा चुनावी गठबन्धन गर्ने सहमती

स्थानीय निर्वाचनमा चितवनमा पाँचवटै राजनीतिक दलहरुले गठबन्धन गरेर अगाडी बढ्ने भएका छन्।

कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लाका सातै स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गर्ने निर्णय लिएको हो। यधपी कांग्रेस भरतपुर महानगर कमिटीले चुनावी तालमेल गर्ने भए मेयर पद आफुहरुले पाउनुपर्ने अडान सार्वजनिक गरेको छ।

बैठकले जिल्लास्थित ७ वटै पालिकामा गठबन्धनका दलबीच बैठक बसी चुनावी तालमेलबारे संयुक्त संयन्त्र निर्माण गरी छलफल अगाडी बढाउने निर्णय गरेको छ। संयुक्त संयन्त्रको संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने समेत निर्णय उनीहरुले गरेका छन्।

संयुक्त वक्तव्यमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जनता समाजवादीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन्।

माछा मार्ने क्रममा तमोर खोलाले बगाएर एक जना बेपत्ता


ताप्लेजुङको मिकवाखोला गाउँपालिका वडा नं २ का एक युवक माछा मार्ने क्रममा तमोर खोलाले बगाएर बेपत्ता भएका छन् ।

बहादुर खोक्लिङका २० वर्षीय छोरा पार्वत बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईले बताएका छन् ।

माछा मार्ने क्रममा तमोर खोलामा चिप्लिएको उनको साथीले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

मधेश प्रदेशमा चुनावी तालमेलका लागि छलफल गर्दै सत्तारुढ गठबन्धन

सत्तारुढ गठबन्धन दलहरूले मधेस प्रदेशका सबै नगरपालिका र गाउँपालिकाको समीक्षा गरी आगामी स्थानीय निर्वाचनमा सम्भावित निर्वाचन गठबन्धनका लागि प्रतिवेदन बुझाउन आफ्नो जिल्लास्थित पार्टी नेतृत्वलाई परिचालन गर्ने निर्णय गरेका छन् ।

आगामी स्थानीय निर्वाचनमा गठबन्धन गर्ने तयारी तीव्र बनाउन बसेको सत्तारुढ गठबन्धनका साझेदारहरुको बैठकले आठ वटै जिल्लास्तरीय गठबन्धनलाई व्यक्तिगत नगरपालिकाको समीक्षा गरी वैशाख २५ गतेसम्म प्रतिवेदन बुझाउन पत्र पठाउने निर्णय गरेको जनता समाजवादी पार्टी मधेस प्रदेशले जनाएको छ ।

जनकपुरधामस्थित नेपाली काँग्रेसको प्रदेश कार्यालयमा भएको भेटमा चुनावी तालमेल कसरी गर्ने र प्रदेशका विभिन्न स्थानीय तहमा कुन दलले उम्मेदवार दिने भन्ने विषयमा छलफल भएको यादवले जानकारी दिए । प्रदेशका प्रत्येक नगरपालिका र गाउँपालिकाको अवस्थाबारे प्रतिवेदन प्राप्त गरेपछि थप छलफल हुने उनले बताए ।

बैठकमा सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका गठबन्धन दलका प्रदेश अध्यक्ष तथा वरिष्ठ नेताहरुको सहभागिता रहेको थियो ।

सत्तारुढ गठबन्धनले आगामी वैशाख ३0 गते हुने निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

निर्णयपछि मधेस प्रदेशका सत्तारुढ गठबन्धन दलहरूले पनि चुनावी तालमेलका लागि छलफललाई तीब्रता दिएका छन् ।

मधेस प्रदेशमा एक महानगरसहित १३६ स्थानीय तहका सरकार छन् ।

पशुपति क्षेत्र विकास कोषद्वारा बतास समूहको होटल आनन्दसँगको सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्दै आएको होटल आनन्दसँगको सम्झौता रद्द गरेको छ ।

होटल आनन्द प्रालिले सम्झौताका सर्तहरू पालना नगरेको भन्दै उक्त सम्झौता रद्द गरिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिको बैठकले बतास समूहसँग भएको सम्झौता खारेज गर्ने निर्णय गर्दै सोही सूचना जारी गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले ट्रष्ट र होटल आनन्दबीच भएको सम्झौता खारेज गर्ने सम्बन्धमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीले पठाएको पत्र बतास समूहले लिन अस्वीकार गरेको बताए । सञ्चालक समितिको बैठकले पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता पालना नगरेको होटेल आनन्दको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

बतास समूहले सम्झौता रद्द गर्ने पत्र प्राप्त गर्न अस्वीकार गरे पनि पशुपति क्षेत्र विकास कोषले समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनअनुसार बिहीबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्दलाई पत्राचार गरी सम्झौता खारेज गरेको थियो ।

द्विपक्षीय सहयोग अभिवृद्धि गर्न प्रधानमन्त्रीको भ्रमण फलदायी : परराष्ट्रमन्त्री खड्का

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किनुभएको छ ।

प्रधानमन्त्री देउवा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्री देउवाको तीनदिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चस्तरीय नेतृत्वसँग भएको द्विपक्षीय भेटवार्ताले आपसी सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको हो । भेटमा दुई प्रधानमन्त्रीले दुई देशबीचको घनिष्ट र सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले जलविद्युतमा दीर्घकालीन सहयोगलाई थप मजबुत बनाउनका लागि ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल–भारत संयुक्त भिजन वक्तव्यमा दुवै पक्ष सहमत भएका छन् । उनीहरुले सडक, रेलमार्ग, पाइपलाइन, प्रशारण लाइन र हवाई सेवाको निर्माण गरी कनेक्टिभिटी र पूर्वाधार प्रवद्र्धन गर्ने विषयमा छलफल गरेका थिए ।

मन्त्री खड्काले नेपाल र भारतबीच देहायका महत्वपूर्ण दस्तावेजहरूमा हस्ताक्षर आदानप्रदान भएको जानकारी दिनुभयो: रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने एमओयू; अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको फ्रेमवर्क सम्झौता; एनओसी र आईओसीबीच ५ वर्षका लागि इन्धन आपूर्ति गर्ने सम्झौता र प्राविधिक विशेषज्ञता आदानप्रदानका लागि एनओसी र आईओसीबीच सम्झौता। त्यसैगरी दुवै प्रधानमन्त्रीको उपस्थितिमा जयनगर–जनकपुर क्रस बोर्डर रेल लिंक परियोजना, १३२ केभीडीसी सोलु करिडोर प्रसारण लाइन आयोजना, १३२ वटा स्वास्थ्य संस्थाको निर्माण र रुपे कार्डको शुभारम्भ भएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटका लागि भारतीय समकक्षीसँग आग्रह गरेका थिए । मन्त्री डा खड्काले नेपाल र भारतबीचको विकास र आर्थिक साझेदारीका विभिन्न प्रस्तावमा भारतका प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिए ।

दुई प्रधानमन्त्रीले हालै भारतबाट नेपाललाई युरिया र डीएपी आपूर्ति गर्ने जी–टु–जी व्यवस्थासम्बन्धी समझदारीपत्रमा भएको हस्ताक्षरको स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाले आगामी मनसुनअघि १ लाख ५० हजार मेट्रिक टन मलको पहिलो खेप नेपाल पठाउन आग्रह गरेका छन् । उनले नेपाललाई कोभिड–१९ भ्याक्सिन, औषधि, तरल अक्सिजन र अन्य मेडिकल सामाग्रीमा भारतले गरेको सहयोगका लागि आफ्ना भारतीय समकक्षीलाई धन्यवाद दिए।

प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुनर्निर्माणमा भारतले गरेको सहयोगप्रति नेपालले कृतज्ञता पनि व्यक्त गरे । भेटमा व्यापार तथा पारवहन, संस्कृति तथा पर्यटन, कृषि तथा उखु जर्मप्लाज्म क्षेत्रमा सहयोग र आपसी हित र लाभका अन्य द्विपक्षीय विषयमा पनि छलफल भएको थियो । दुवै प्रधानमन्त्रीबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि तनहुँको राष्ट्रिय श्वासप्रश्वास रोग केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा छलफल भएको थियो ।

दुई नेताबीच सीमा विवादबारे छलफल भएको थियो । स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले सदियौं पुरानो, समयसापेक्ष र बहुआयामिक सम्बन्धलाई बलियो जन सम्पर्कमा जोड दिँदै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताए ।

सो अवसरमा भारतले नेपाललाई LOC-IV प्रस्ताव अन्तर्गतको ५० करोड अमेरिकी डलरको खर्च नगरिएको रकम उपयोग गर्न नयाँ प्रस्ताव राख्न नेपाललाई अनुरोध गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै प्रधानमन्त्रीले पञ्चेश्वर जलविद्युत् आयोजनाजस्ता ऐतिहासिक आयोजनामा ​​आर्थिक र विकास साझेदारीलाई तीव्रता दिने ठूलो सम्भावना रहेको उल्लेख गरे । दुवै पक्षले पञ्चेश्वर जलविद्युत् आयोजनाको डीपीआरलाई छिट्टै अन्तिम रूप दिनुपर्नेमा जोड दिएका छन् जसले गर्दा आपसी हितमा आयोजना कार्यान्वयनमा लैजान्छ ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।

श्रीलंकाका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

आर्थिक संकटका बीच श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।

चरम आर्थिक संकटका कारण श्रीलंकाली नागरिकको आक्रोश बढ्दै गएको छ । सरकार विरोधी प्रदर्शन र लुटपाट बढेपछि देशव्यापी कर्फ्यू लगाइएको छ । श्रीलंकाका नागरिकले कर्फ्यूको विरोध गरेका छन् । आन्दोलनलाई नियन्त्रण गर्न सडकमा सेना परिचालन गरिएको छ ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंका सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। डलरको अभावका कारण श्रीलंकाले अत्यावश्यक खाद्यवस्तु, औषधि, इन्धन र अन्य वस्तु आयात गर्न सकेको छैन। यसअघि नक्कल र मसी किन्न पैसा नहुँदा विद्यालयको परीक्षा स्थगित भएको थियो । पेट्रोल पम्प र खाना पसलमा मानिसको लामो लाइन देखिन्छ ।

जयनगर–कुर्था रेल सेवाको पहिलो दिन

जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालनमा आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार भारतको नयाँ दिल्लीबाट रेल सेवाको उद्घाटन गरेका हुन् ।

आइतबार बिहान ८.३० बजे छुटेको रेल १०.१५ बजे जनकपुर स्टेशन पुगेको थियो ।

पहिलो दिन जयनगरदेखि कुर्था र कुर्थाबाट जयनगरसम्मको रेल सामान्य र एसी दुवै डिब्बामा यात्रुले खचाखच भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

निर्धारित समय अनुसार नियमित रेल चल्न थालेको उनले बताए ।

उनका अनुसार दिनमा दुई पटक सेवा दिने तालिका रहेको छ । उनले जयनगरबाट बिहान ८ः३० र ३ बजे र अर्को रेल १०ः३० र ५ः१५ बजे कुर्थाबाट छुट्ने जानकारी दिए ।

इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा वृद्धि

सरकारले प्रदेशभित्र लामो दुरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिपरिषदको निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार पहाडमा १३ प्रतिशत र तराई क्षेत्रमा १५ प्रतिशत भाडा बढाइएको हो । यात्रु तथा मालवाहक लगायत पहाडी तथा तराई क्षेत्रको भूगोलका आधारमा १० देखि १५ प्रतिशत भाडा बढाउने निर्णय गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पनि इन्धनको मूल्यमा कम्तीमा ५ प्रतिशतले परिवर्तन आएपछि मात्रै गाडीको भाडा समायोजन गर्ने निर्णय गरेकी छन् ।

अब चैतमा सवारी साधनका पार्टपुर्जालगायत अन्य पक्षको मूल्यवृद्धिको समीक्षा गरी भाडा समायोजन गरिने भएको छ । सवारीसाधनको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य परिवर्तन भएपछि भाडा समायोजन गर्नुपर्ने थियो । तर, व्यवस्था प्रभावकारी नभएकाले इन्धनको मूल्यमा ५ प्रतिशतले परिवर्तन आएपछि मात्रै भाडा समायोजन गर्ने व्यवस्था विभागले गरेको छ ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीद्वारा संसद विघटन

प्रधानमन्त्री इमरान खानको आग्रहमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका छन्।

आफ्ना राजनीतिक विपक्षीहरूले आफ्नो सरकारलाई ध्वस्त पार्न अमेरिकासँग मिलेर काम गरेको आरोप लगाउँदै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति समक्ष संसद विघटनको लागि आग्रह गरेका थिए।

प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव उपसभामुख कासिम सुरीले खारेज गरेका थिए ।संसदबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका थिए । उनले सरकार हटाउने वा नहटाउने अधिकार जनताको रहेको पनि बताएका छन् ।

विपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावलाई सत्तारुढ गठबन्धनले साथ दिएपछि प्रधानमन्त्री खानको सरकार संकटमा परेको थियो ।

नेप्से परिसूचक दोहोरो अंकले गिरावट

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५१३ दशमलव ४१ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ४४ अंकले घटेको छ ।

आजको बजारमा कारोबार रकम पनि घटेको छ । दिनभर २८ हजार ११३ कारोवारबाट २२५ धितोपत्रको ३ लाख २५३ हजार ८१६ कित्ता कारोबार भएको छ । जसमध्ये रु. १ अर्ब ४६ करोड ७३ हजार ७२९ रुपैया बराबर रकमको मात्र कारोबार भएको छ।

कोरोना खोप लगाएको ३ महिनाभित्र बुस्टर डोज दिइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको पहिलो शृङ्खला पूरा भएको तीन महिनापछि बुस्टर खोप दिने व्यवस्था गरेको छ ।

यसअघि कोभिड–१९ को खोपको पहिलो शृङ्खला बनेको ६ महिनापछि मात्रै बुस्टर डोज दिने सरकारको नीति रहेको भएपनि, परिवार कल्याण महाशाखाले प्रदेशका सबै स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोपको पहिलो शृङ्खला पूरा भएको तीन महिनाभित्र बुस्टर डोज उपलब्ध गराउन आग्रह गरेको छ ।

corona booster dose

श्रीलंकामा कर्फ्यू : विरोधका बीच सामाजिक सञ्जाल प्लेटफर्महरू अवरुद्ध

श्रीलंकाली सरकारले देशको आर्थिक संकटबाट उत्पन्न सार्वजनिक अशान्तिलाई नियन्त्रण गर्न कर्फ्यू लगाएपछि प्रदर्शन हिंसात्मक बनेको छ। स्थिति तनाबग्रस्त बनेपछि हिंसात्मक गतिबिधीलाई थप बढावा दीन सक्ने भन्दै सामाजिक सञ्जालहरु अवरुद्ध गरेको छ।

ट्विटर, फेसबुक, व्हाट्सएप, यूट्यूब र इन्स्टाग्राम लगायत प्लेटफर्महरूमा पहुँच प्रतिबन्धित गर्दै व्यापक विरोधको बीचमा आपतकालिन अवस्था घोषणा गरिएको थियो। रक्षा मन्त्रालयले भने यो अस्थायी प्रतिबन्ध मात्र भएको बताएको छ।

देशका युवा तथा खेलकुद मन्त्री नमल राजापाक्षेले भने सामाजिक सञ्जालमाथि रोक लगाउने कुरालाई कहिल्यै पनि माफ नगर्ने बताएका छन्।

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएपनी पेट्रोल पम्पहरुमा भिड उत्तिकै

पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुने आशंकामा शनिबारदेखी बढेको भिड आज पनि उत्तिकै देखिएको छ ।

चैत ६ देखि ग्यासको पीडीओ खरिददेखि इन्धन लोडअनलोड बन्द गरेका पेट्रोलियम व्यवसायीले आयल निगमसँग शनिबार राति चारबुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका थिए ।सहमति पछि पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रमहरु स्थगन गरेको भए पनि पेट्रोल पम्पहरुमा सर्वसाधारणहरुको भीड भने उत्तिकै रहेको छ ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

पाकिस्तानका प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद भंग गर्न राष्ट्रपति आरिफ अल्वीलाई सिफारिस गरेका छन् । राष्ट्रको तर्फबाट बोल्दै प्रधानमन्त्री खानले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइएको छ ।

प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव उपसभामुख कासिम सुरीले खारेज गरेका थिए ।संसदबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका थिए । उनले सरकार हटाउने वा नहटाउने अधिकार जनताको रहेको पनि बताएका छन् ।

विपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावलाई सत्तारुढ गठबन्धनले साथ दिएपछि प्रधानमन्त्री खानको सरकार संकटमा परेको थियो ।

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाइ भएन

माधवकुमार नेपालसहित १४ सांसदलाई बर्खास्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन सकेन ।

माधव नेपालका तर्फबाट वकिलले सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । तर न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीले त्यसलाई अस्वीकार गरेका थिए ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुण्डलको इजलासले रिटलाई पूर्ण सुनुवाइ गर्ने निर्णय गर्दै आजै सुनुवाइ गर्ने आदेश दिएको भएपनि मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ हुन सकेन।

ओलीले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्ने नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न माग गरेका छन् ।