रुसमाथिको प्रतिबन्धका कारण युरोपको रगत बगिरहेको छ : हंगेरीयन प्रधानमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • April 20, 2023
hungarian pm viktor orban

युरोपेली संघले रुसमाथी लगाएको प्रतिबन्धहरूले रुसलाई कम्जोर पार्ने आशाहरू पूरा हुन नसकेको तर आर्थिक र सामाजीक लगायत विभिन्न क्षेत्रमा युरोपेली राष्ट्रहरुकै रगत बगिरहेको सँज्ञा दिँदै, हंगेरीका प्रधानमन्त्री विक्टर ओर्बनले बारम्बार “ब्रसेल्सको असफल नीति” परिवर्तन गर्न आह्वान गरेका छन्।

युक्रेन द्वन्द्वको जवाफमा दश चरणको प्रतिबन्धहरू घोषणा गरेको युरोपेली संघले पुन: मस्को विरुद्ध दण्डात्मक उपायहरूको एघारौं प्याकेजमा काम गरिरहँदा, रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने विकल्पहरू समाप्त भैसकेको उनले बताएका छन् ।ईयूका अधिकारीहरूले पनि रुसमाथी लगाइने थप प्रतिबन्धले ईयू राज्यहरू बाँच्न नसक्ने बताउँदै ति प्रतिबन्धहरुको समिक्षा गर्नुपर्ने बताएका छन्।

ईयू अधिकारीहरू मध्ये एकले भने कि “हामी सकिसकेका छौं, “यदि हामीले थप प्रतिबन्धहरू गर्छौं भने, यसका परिणामहरु भयानक हुनेछन्।” ईयू अधिकारीहरूले, प्रतिबन्धले मस्को भन्दा ईयू र पश्चिमलाई बढी नोक्सान पुर्‍याउने तथ्य पनि स्वीकार गरेका छन् ।

नयाँ नियोजित प्रतिबन्धहरूले कथित रूपमा रूसको आणविक ईन्धन र सेवाहरूको निर्यातलाई लक्षित गर्न सक्छ, तर फ्रान्स, हंगेरी र अन्य केही सदस्य-राष्ट्रहरूले यसको विरोध गर्ने सम्भावना रहेको पनि एक ईयू अधिकारीले बताएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५